newsone

किन उठ्न सकेन ट्रेड युनियन आन्दोलन ?

newstwo किन उठ्न सकेन ट्रेड युनियन आन्दोलन ?

काठमाडौं । लामो समय ट्रेड युनियन आन्दोलनको नेतृत्व गरेका विस्णु रिमाल अहिले संसद्को दुई तिहाइको समर्थन रहेका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन् भने पछिल्लो समय मजदुर आन्दोलनको नेतृत्व गरेका शालिकराम जम्मरकट्टेल तीन नम्बर प्रदेशका आन्तरिक मामिला मन्त्री भएका छन् । उनले संगठनको नेतृत्व केही समयअघि मात्र छाडे पनि उनको प्रभाव, विरासत उनको संगठनभित्र अद्यावधि बलियो रहेको छ । मजदुर संगठनमा क्रियाशील कतिपय नेता राज्यका महत्वपूर्ण पदमा आसीन छन्, ठूलै व्यवसायमा समेत जोडिएर सामाजिक हैसियत प्रभावकारी बनाएका छन् तर नेपालमा ट्रेड युनियन आन्दोलन यतिवेला सिथिलमात्र होइन कि छैन कै बराबर छ । यस्तो किन भयो ?

कम्युनिस्ट पार्टी मुख्यतः श्रमिकको हित गर्न भनेर बनाइएको पार्टी हो । यसले श्रमिक पार्टी र आन्दोलनलाई प्राथमिकतामा राखेर काम गर्छ, गर्नुपर्ने हुन्छ । तर, बदलिएको अन्तर्राष्ट्रिय राजनीतिक÷आर्थिक अवस्था, श्रमिक आन्दोलनको दिशा र दशाका बारेमा नेपालका कम्युनिस्ट पार्टीमा खासै बहस भएको पाइदैंन ।  

 पछिल्लो दुई दशकमा आर्थिक उदारीकरणको प्रभावले औद्योगिक र सेवा क्षेत्रको परिदृश्य बदलिदिएको छ । श्रमको बढ्दो ठेकेदारी र करार प्रथाले श्रमिक आन्दोलनमा दूरगामी असर पारेको छ । यसले उद्योग र सेवा क्षेत्रका संगठित र असंगठित श्रमिकको पेशागत सुरक्षाको प्रश्नलाई एकै जस्तो बनाएको छ । असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरु ठूलो संख्यामा त छन् तर तिनलाई संगठित गर्न नसक्दा एक्लै वा ससाना समूहमा ती छिरोलिएका छन् । प्रभावकारी हुँदा पनि परिणाममुखी आन्दोलन सिर्जना हुन सकेको छैन । 

श्रमिक आन्दोलन पुनर्गठित गर्ने चुनौती एकातिर छ । ट्रेड युनियनको पुनर्गठन मुद्धाको उठान र आन्दोलन सँगैसँगै हुनसक्छ । श्रमिक वर्गलाई आन्दोलनमा जानका लागि बग्रेल्ती मुद्धाहरु असरल्ल रुपमा सडकमा छरिएका छन् । यसलाई केन्द्रीकृत र अभियानात्मक रुपमा लैजानका लागि राजनीतिक मुद्धा र चरित्र अनिवार्य हुन्छ । त्यो नै मियो मानिन्छ । तर, मौजुदा ठूला ट्रेड युनियनका नेतृत्वमा अर्थवाद र अराजनीतिकरण प्रवृत्ति हावी भएकाले आन्दोलन विकासको सम्भावना न्यूनमात्र होइन असम्भव जस्तो बनेको श्रमिक आन्दोलनमा लामो समयदेखि जोडिएकाहरु बताउँछन् ।   

श्रमिक आन्दोलनमा नयाँ प्रवृत्ति, मुद्धा बन्नु तर हस्तक्षेपकारी रुपमा अगाडि नआउनुले पुरानो विचार, संरचना र नेतृत्व हावी बनिरहेको देखिएको छ । पुरानो मुद्धा र नेतृत्वले नयाँलाई आत्मसात गरेर ठाउँ छाडेमा त्यसले विकास गर्ने सम्भावना प्रचुर छ । प्राविधिक रुपमा त पुरानै विचार, प्रवृत्ति नेतृत्वमा छ तर श्रमिकको दिलदिमागबाट नेतृत्वको एउटा हिस्सा विस्थापित हुँदै गएको छ । यस कुरालाई आत्मसात गर्न नसक्नुका कारण ठूलो समस्या बनेको छ । जसका कारण कम्युनिस्ट विचार, नेतृत्वको विकल्पमा गैरकम्युनिस्टतिर मान्छेको दिमाग लहसिएको छ । नयाँ नयाँ वैकल्पिक धार भन्दै पार्टी निर्माण गर्ने होड नेपालमा चल्नु यसैको परिणाम मानिएको छ ।  

स्वतः स्फुर्तताबाट विद्रोह निर्माण हुन सक्तैन । नेतृत्वमाथि अस्वीकृति, असन्तुस्टि छ तर नयाँ आन्दोलन निर्माण हुने अवस्था अझै बनेको छैन । संघर्षप्रति मजदुरको विश्वास घटेको छ । आन्दोलनको नयाँ मुद्धा र लक्ष्यप्रति मजदुरको अस्पष्टता छ । मजदुर आन्दोलनमा देखिएको नयाँ प्रवृत्तिलाई आत्मसात गर्नु र यसप्रति सही जवाफ तयार गर्ने क्षमता विकास गर्नु आवश्यकता छ । जसले मात्र आफ्नो स्वतन्त्र पहलकदमीको बाटो पत्ता लगाउन सक्छ । स्वतन्त्र संघर्षद्वारा आफ्नो व्यावहारिक धरातललाई फैलाउन सक्छ ।

मजदुरको सक्रियता, पहलकदमी उनको सामूहिकतामा निर्भर हुन्छ । क्रान्तिकारी मजदुर संगठन र अन्यबीचको अन्तर यही निर्भर हुन्छ । निरन्तर सक्रियताबाट मात्र आन्दोलन बन्नसक्छ । प्रचार, आन्दोलन र संगठनलाई नयाँ ढंगले विकसित गर्न आवश्यक छ । मजदुर आन्दोलनमा प्रभावी भएको अर्थवाद, उपभोक्तावाद, गैरराजनीतीकरणलाई नचिरी अब नयाँ ठाउँमा ट्रेड युनियन आन्दोलन उठ्नै सक्तैन । मजदुर आन्दोलनमा लागेको नेतृत्वको एउटा हिस्सा आईएनजीओकरण, कर्पाेरेटको सेवा गर्ने अवस्थामा पुगिसकेको छ । यसले सिंगो श्रमिक आन्दोलनलाई नराम्रो असर गरेको छ ।  

ट्रेड युनियनमा कार्यरत एक नेता भन्छन, ‘अबको ट्रेड युनियन आन्दोलनलाई पुरानो कार्यक्षेत्र र मुद्धामा केन्द्रित गरेर उठाउन सम्भव नै छैन । असंगठित क्षेत्रका मजदुरहरुलाई संगठित गर्ने कार्यभार मुख्य हो । ठेकेदारी र करार प्रथाका विरुद्ध सक्रिय हुन आवश्यक छ । ठेकेदारी र करारमा काम लगाउने भनेको सस्तो श्रममा काम लगाउने हो । यो भेदभावमात्र होइन कि मध्ययुगीन कार्य अवस्थामा फर्काइएको अवस्था हो ।’ 

उनी भन्छन, ‘व्यवसाय चलाउनेले मात्र होइन यो परिपाटी बलियो बनाउन कर्पाेरेट, माफिया, प्रहरी, ठेकेदारहरु मिलेका छन् । मजदुरहरुलाई कमजोर बनाउन योजनाबद्ध÷संगठित रुपमा लागेका छन् । मजदुरहरुको हित गर्ने ट्रेड युनियनका एक स्तरका नेता पनि तिनीहरुसँगको गठजोडमा छन् । यसै कारण असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुलाई संगठित गर्नका लागि नयाँ चुनौती झेल्नु परेको छ । ट्रेड युनियनका एक स्तरका नेताको कार्यशैलीले पनि उनीहरुलाई संगठन र आन्दोलनप्रति अविश्वास र अरुची पैदा भएको छ ।’ 

सामाजिक राजनीतिक भूमिकाको प्राथमिकतालाई ट्रेड युनियन आन्दोलनलाई व्यवहारमा स्थापित गर्न सकेमा समाजमा समृद्धि, प्रगतिशील रुपान्तरण सम्भव हुन्छ । ट्रेड युनियनवाद र कानुनवादको चपेटामा मात्र मजदुर आन्दोलन फसेको होइन कि यो कर्पाेरेट मालिक, एनजीओ÷आईएनजीओको सेवामा लम्पसार परेकाले पनि यथास्थितिवादी, प्रतिगामी शक्ति सोंच, प्रवृत्ति हावी हुँदै गएको छ । यसलाई तत्काल पुनर्गठन नगर्ने हो भने ट्रेड युनियन प्रगतिशील राजनीतिक पार्टी, आन्दोलनकै निम्ति अभिशाप बन्नसक्छ । आज कर्पाेरेट संस्था, मिडिया, त्यसको सोंच, कार्यशैली बलशाली बन्दै जानु र श्रमिक आन्दोलन, मुद्धा कमजोर हुँदै जानुको परिणाम भएको मजदुर आन्दोलनमा लामो समयदेखि क्रियाशील अधिकांश इमान्दार नेताहरु बताउँछन् । 

श्रमिक आन्दोलन पुरानो गल्ती÷कमजोरीबाट मुक्त भएर एकताबद्ध कार्वाहीको आवश्यकता रहेको धेरै कम्युनिस्ट नेताहरु बताउँछन् । संगठित क्षेत्रमा नयाँ ढंगले पुनर्गठन आवश्यक रहेको उनीहरुको भनाइ रहेको छ ।घिसेपिटे ट्रेड युनियन आन्दोलनबाट होइन नयाँ संरचना र मुद्धाका साथ स्वतन्त्र आन्दोलन विकास गर्न आवश्यक रहेको उनीहरुको निश्कर्ष छ । 

ट्रेड युनियनको अलावा पार्टी निर्माण र मजदुरका बीचमा राजनीतिक अभियान चलाउनका लागि कम्युनिस्ट पार्टीले विशेष पहल बढाउनु पर्र्ने उनीहरुको ठम्याइ छ । कम्युनिस्ट पार्टीको सचेतन पहलविना अहिलेको ट्रेड युनियन नेतृत्वबाट मात्र सम्भव नै नभएको धेरैको भनाइ छ । 

कार्यस्थलमा रहेर नै बदलिएको परिस्थितिलाई आत्मसात गरेर मजदुर वर्गको आन्दोलनलाई प्रांथमिकताका साथ लैजानुपर्ने मजदुर आन्दोलनलाई नजिकबाट बुझेकाहरुको भनाइ छ । उनीहरु भन्छन, ‘टाढाबाट निर्देशन दिएर अब मजदुर आन्दोलन उठ्नै सक्तैन । योजनाबद्ध र चरणबद्ध रुपमा जनराजनीतिक अभियान चलाएर मात्र सम्भव छ ।’   

मजदुर आन्दोलनलाई नयाँ उँचाइमा लैजानका लागि ट्रेड युनियनका नेतृत्व पूरै चुकेका छन् । पुरानामध्ये धेरै त वदनाम, अलोकप्रिय भइसकेका छन्, नयाँलाई विश्वास गरेर अगाडि बढाउने वातावरण अझै बनिसकेको छैन । मजदुरलाई राजनीतीकरण गर्नमा चुकिएको अवस्था छ । ससाना राजनीतिक घटनाक्रमको प्रतिक्रिया दिने अवस्थामा मात्र राजनीति सीमित भएको छ । यसका कारण सरकार पनि अप्ठ्यारो अवस्थामा पुगेको छ । पार्टीसँग जोडिएका र नजोडिएकालाई एउटै अभियानमा जोडेर नियमित रुपमा राजनीतिक अभियान चलाउँदा सरकारका प्रगतिशील कार्यक्रमलाई अभियानात्मक रुपमा लैजान सकिने सत्तारुढ पार्टीका नेताहरु बताउँछन् । 

मजदुरलाई नयाँ ढंगले आन्दोलनलाई विकसित गर्नका लागि नयाँनयाँ प्रयोगका साथ अघि बढ्नुको विकल्प छैन । नयाँ ऊर्जा र गति पुरानो संगठन र नेतृत्वबाट सम्भव नै छैन । वीसौं शताव्दिको क्रान्ति र परिणाम स्वरुप समाजवादलाई लागू गर्नमा अप्ठ्यारो प¥यो । समाजवादको भित्र पनि बुर्जुवा वर्ग पैदा हुनु, अवसर पाउने वित्तिकै पुरानो ढर्रामा समाजलाई लगेर पुरानो परिपाटी कायम गर्नु विडम्बना नै हो । 

अवसर पाउँदा पनि श्रमिक वर्गको पक्षमा लड्ने सोंच र चिन्तन भएका र नयाँलाई प्राथमिकता दिएर नयाँ शिराबाट मजदुर आन्दोलन उठाउन आवश्यक रहेको राजनीतिक विश्लेषकको भनाइ छ । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive