newsone

२ नम्बर प्रदेशमा माओवादी एक नम्बर बन्नसक्छ

newstwo २ नम्बर प्रदेशमा माओवादी एक नम्बर बन्नसक्छ

पहिलो चरणको चुनाब सपन्न भई सकेको छ भने दोश्रो चरणको चुनाव आगामी असार १४ गते हुँदैछ । पहिलो चरणको चुनाबमा उत्सापूर्ण ढंगवाट चुनाब सम्पन्न भएको छ । झट्ट हेर्दा माओवादी केन्द्र तेश्रो स्थानमा देखिएपनि दोश्रो संविधान चुनावको अनुपातमा भने सफल देखिएको अवस्था छ । राजपाको विरोधविच हुन गईरहेको दोश्रो चरणको चुनाबको परिप्रेक्षमा नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य मात्रिका यादवसंग यसै विषयमा गरिएको कुराकानी :

दोस्रो चरणको निर्वाचनको हामी संघारमा छौं । कस्तो छ चुनावी माहौल ? 
– पहिलो चरणको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रह्यो । दोस्रो चरणको निर्वाचनमा त्यसको पनि प्रभाव रहेको देखिन्छ । निर्वाचनको माहौल निकै राम्रो छ । सिंहदरबारको अधिकार जनतामा पु¥याउने जनयुद्धको मुद्दा नै हो । त्यसलाई यतिबेला अनुवाद गर्न लागिएको छ । आफैंले चिनेजानेको घरगाउँकै स्थानीय जनप्रतिनिधि छान्ने निर्वाचन भएकाले पनि होला स्थानीय जनता असाध्यै क्रियाशील रहेका छन । उत्साहित छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट तपाईंले दुई नम्बर प्रदेशको चुनावी कमाण्ड सम्हालिरहनु भएको छ । दुई नम्बर प्रदेशमा चाहिं निर्वाचनको वातावरण कस्तो छ ? 
– देशका अन्य ठाउँमा जस्तै यहाँ पनि जनता निर्वाचनको तिथिलाई आतुरतापूर्वक पर्खिरहेका छन् । निर्वाचनमा आफ्ना प्रतिनिधि छान्न जनता आतुर छन् । सचेत युवा, वुद्धिजीवीहरुले मधेस ठगिएको भनिरहेका छन् । त्यो यथार्थ पनि हो । उत्पीडित मधेसीहरुलाई अधिकार दिएर निर्वाचनमा जान पाएको भए हुन्थ्यो भन्नेमा जोड गरिरहेका छन् । तर, यस्तो मत राख्ने धेरै निर्वाचनमा मुद्धा बनाएर जान तयार भएका छन् । 
एकथरि राजनीतिक नेताहरु निर्वाचनको तयारी नपुगेकाले विभिन्न वहानामा निर्वाचनबाट भाग्न खोजिरहेका पनि छन् । चाहेर पनि यतिवेला अब संविधान संशोधन गर्ने समय छैन । निर्वाचन धकेलिरहँदा अनिश्चितता हुन्छ । मुद्धा लिएर जनताको बीचमा जाँदा नै राम्रो हुन्छ । 

राष्ट्रिय जनता पार्टीले निर्वाचनमा भाग नलिंदा दुई नम्बरमा कस्तो असर पार्ला ?
– केही पनि पर्दैन म भन्दिन । नेतृत्वको ठूलो हिस्सा द्विविधिामा हुनुहुन्छ । कार्यकर्ताहरु चुनावमा जान उत्साहित हुनुहुन्छ । आतुर बन्नुभएको छ । सरकारले सक्छ भने अझै सबैलाई ल्याउन विशेष पहल बढाउनुपर्छ । 

सरकारले चाहेर पनि संविधान संशोधनका लागि अहिले संसद्मा दुई तिहाई पुग्दैन । यो कुरा राजपाका नेताहरुले पनि बुझ्नुभएकै छ । तैपनि उहाँहरु निर्वाचनमा आउनुहुन्न भने निर्वाचनबाट भाग्न खोजेको अर्थ लाग्दैन ?                             – राजपालाई निर्वाचनमा जानका लागि समय चाहिएको छ । तयारी पुगेको छैन । संविधान संशोधनका लागि भनेर समय अलि पर धकेल्न पाइयो भने परिणाम आफ्नो पक्षमा ल्याउन सकिन्छ कि भन्ने लागेको देखिन्छ । 
अझै पनि राजपालाई ल्याउनका लागि बीचको कतै बाटो खोज्न सकिन्छ भने सरकारले गर्दा राम्रो हुन्छ । राजपाका नेताहरुले पनि आफ्ना मुद्धालाई जनताको बीचमा लैजान निर्वाचनमा जाने हिम्मत गर्नुपर्छ ।  

राजपाले निर्वाचनमा भाग नलिंदा बढी कसलाई फाइदा होला ?
– उसलाई निर्वाचनमा भाग लिनका लागि प्रोत्साहन गर्नुपर्छ । सहयोग गर्नुपर्छ । तत्काल कसलाई फाइदा र हानि हुन्छ भन्ने कुरा हेरिनु हुँदैन । ऊ निर्वाचनमा सहभागी हुँदा देशलाई फाइदा हुन्छ । 
क्षणिक फाइदा त सबैभन्दा बढी फोरमलाई होला । नेका, माओवादी केन्द्रलाई पनि होला । मत विभाजित हुन्छ । एकै ठाउँमा जाँदैन ।   

यो निर्वाचनमा तपाईंहरुले चुनावी तालमेल पनि गर्दै हुनुहन्छ ? 
– कोसिस गरिरहेका छौं । ठोस भएको छैन । 

बढी प्रतिस्पर्धा मधेसमा कसकसको बीचमा होला ? 
– मूलतः माओवादी केन्द्र र नेपाली कांग्रेसका बीचमा नै हुन्छ । राजमार्ग क्षेत्रमा एमालेसँग पनि हुन्छ । कतिपय ठाउँमा मधेसवादी दलसँग हुन्छ । केही ठाउँमा माओवादी प्रतिस्पर्धामा नै नआउन पनि सक्छ । फेरि पनि मधेसमा मुख्यतः नेका र माओवादी केन्द्रका बीचमा नै प्रतिस्पर्धा हुन्छ । 

मुख्य प्रतिस्पर्धी दलहरु नेका र माओवादी केन्द्रका बीचमा तालमेल होला त ? 
– सबै ठाउँमा दुई दलको प्रतिस्पर्धा हुँदैन । राजमार्ग क्षेत्रमा एमाले पनि प्रतिस्पर्धामा आउँछ । त्यस्ता ठाउँमा नेका र माओवादी केन्द्रको तालमेल हुनसक्छ । 

एमालेको अवस्था मधेसमा कस्तो छ ? 
– बाहिर त धेरै खस्किएको देखिएको छ । भित्रभित्र उसले पनि संगठन बनाएको छ कि ? राजमार्गमा उसको उपस्थिति राम्रै भए पनि राजमार्गको दक्षिणी भागमा उसको अवस्था कमजोर नै देखिन्छ । 

माओवादी केन्द्र एक नम्बर शक्ति हुनसक्छ दुई नम्बर प्रदेशमा ? 
– त्यसरी भविष्यवाणी नगरिहालौं । तर, हामी तीब्र प्रतिस्पर्धी हौं । राम्रो परिणाम आउँछ । 

संविधानसभामा माओवादीको अवस्था राम्रो देखिएन नि ? 
– कुन संविधानसभाको निर्वाचनको कुरा गर्नुभएको हो ? पहिलो संविधानसभामा राम्रो थियो । दोस्रोमा नराम्रो भएको हो । त्यो फुटेको बेला थियो । अहिले माओवादी मूलतः एकताबद्ध छ । उच्च मनोबलका साथ निर्वाचनमा गइएको अवस्था छ । हामीले जित्छौं, जित्नुपर्छ । 

उम्मेदवारी चयन गर्दा समस्या आउला नि ? 
– पार्टीलाई निजी स्वार्थको लागि प्रयोग गर्ने, व्यापारीकरण गर्ने, गुटगत स्वार्थको साधन बनाउने कि जनताको सेवाको, परिवर्तनको साधन बनाउने भन्ने संघर्ष अहिलेको राजनीतिक परिवेशमा भइहाल्छ । हाम्रो पार्टी यसबाट कसरी अछुतो होला र ? हामीले उत्पीडित वर्ग, समुदायको, परिवर्तनको साधन बनाउनेहरुलाई प्रात्साहित गर्नुपर्छ । आन्तरिक एकतालाई जोड दिदैें, जनताले पत्याएका उम्मेदवारलाई प्राथमिकता दिनुपर्छ । जित्नसक्नेलाई उम्मेदवार बनाउनुपर्छ ।

दुई नम्बरको निर्वाचनको मुख्य कमाण्ड सम्हालिरहनुभएको तपाईंको कुरा सुन्दा त माओवादी केन्द्रको परिणाम राम्रै आउने देखियो ? 
– सबै निर्वाचनको मुख्य कमाण्ड त अध्यक्ष प्रचण्डले सम्हालिरहनुभएको छ । हामी सहयोगी नै हौं । सामूहिक ढंगले पहल गर्दा, क्षणिक स्वार्थमा नअल्झी अभियानात्मक ढंगले जान सकियो भने दुई नम्बर प्रदेशको निर्वाचनमा हामी एक नम्बर पनि हुनसक्छौं । निर्वाचनमा उम्मेदवार व्यक्ति नभएर पार्टी अर्थात् हामी बनेर लड्नुपर्छ । व्यक्तिको हारजीत नमानेर पार्टीको हारजीतको प्रतिस्ठा बनाएर जनतामा सक्रियतापूर्वक जानुपर्छ । परिणाम अपेक्षा गरेअनुसार नै आउँछ । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive