newsone

स्वास्थ्य सेवा पदकबाट डा.सुनिल शर्मा सम्मानित      

newstwo स्वास्थ्य सेवा पदकबाट डा.सुनिल शर्मा सम्मानित      


बिराटनगर । स्वास्थ्य क्षेत्रमा बिशेष योगदान पु¥याएवापत नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मालाई स्वास्थ्य सेवा पदकबाट सम्मानित गरिएको छ । नेमो संघ केन्द्रीय समितिले राजधानीको राष्ट्रिय सभागृहमा कार्यक्रम गरी डा.शर्मालाई सम्मान एवं पुरस्कृत गरेको हो ।  
    
करिव डेढ दशक अघिदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील भई लाखौं बिरामीलाई निःशुल्क उपचार गर्नुका साथै सयौं बिपन्न बिद्यार्थीलाई निःशुल्क स्वास्थ्य शिक्षा अध्ययन गराई उनीहरुको उज्ज्वल भविस्य निर्माण गरेकाले डा.शर्मालाई सम्मान गरिएको संघका अध्यक्ष दिनेश राईले जानकारी दिए । 
    
निरन्तर सामाजिक सेवामा समर्पित डा.शर्मालाई केही दिनअघि पनि राजधानीमा मकालुखबर अनलाइनले सम्मान गरेको थियो । अत्यन्तै निम्न आर्थिक अवस्थाबाट कठिन संघर्ष गरी प्रतिष्ठित बनेका डा.शर्माले अहिले सामाजिक सेवालाई निरन्तरता दिदैं आएका छन् । जसका कारण उनी प्रसंसाको पात्र बन्नुका साथै सम्मानित हुने क्रम पनि बढ्दै गएको छ । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive