newsone

सुझाव संकलनअघि नै विधान संशोधन

newstwo सुझाव संकलनअघि नै विधान संशोधन

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सभापति सर्वाधिकार सम्पन्न हुने गरी विधान संशोधन मस्यौदा तयार गरेको छ । संविधान जारी भएपछि गरिएको राज्यको संरचना अनुसारको पार्टी विधान तर्जुमा गनुपर्ने आवश्यकता देखिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले गत भदौको पहिलो साता विधान संशोधन मस्यौदा समिति गठन गरेका थिए । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित उक्त समितिले भर्खरै सुझाव संकलन कार्य सम्पन्न गरेको छ । तर, सुझाव कार्य सम्पन्न नहुँदै सभापति देउवा निवास बुढानिलकण्ठमा असोजको पहिलो साता नै विधान संशोधन मस्यौदा तयार भइसकेको समाचारस्रोतले जनाएको छ ।  

 आफ्ना खास मान्छे लगाएर गोप्य रुपमा विधान संशोधन मस्यौदा तयार गरिसक्ने र त्यसपछि सुझाव संकलनको नाटक गर्ने संस्थापन पक्षको रवैयाका विरुद्ध वरिष्ठ नेता पौडेल पक्ष आक्रोसित भएको छ । सुझाव संकलन गर्नुभन्दा पहिले नै विधान संशोधन मस्यौदा बनाइसकिएको समाचार वरिष्ठ नेता पौडेल पक्षले ढिलो प्राप्त गरेको हो । पौडेल पक्षका एक केन्द्रीय सदस्यले भने– ‘पहिले नै संशोधित विधान मस्यौदा देउवा निवासमा बनिसकेको थाहा पाएको भए हामी सुझाव संकलनको नाटकमा सहभागी हुने थिएनौं, वहिस्कार गर्ने थियौं ।’  

सात प्रदेशका १२ ठाउँमा विधान संशोधनका विषयमा अन्तरक्रिया गरिएको थियो । त्यस बाहेक पार्टी केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा पनि सुझावका लागि डेस्क राखिएको थियो । सबै ठाउँमा विभिन्न खालका सुझाव आएका छन् । तर, देउवा निवासमा पहिले नै तयार भइसकेको मस्यौदा अनुकूलका सुझावलाई मात्रै रेकर्डमा राखिएको र अन्य सुझावहरु  नष्ट गरिएको पौडेल पक्षले जनाएको छ ।  

 सभापति  देउवा निवासमा संस्थापन पक्षले गोप्यरुपमा तयार पारेको विधान मस्यौदाको मुख्य विशेषता भनेकै सभापतिलाई सर्वाधिकार सम्पन्न बनाउनु हो । २००७ सालको राजनीतिक परिवर्तनको आसपासलाई छाडेर वीपी कोइरालाका पालादेखि नै नेपाली कांग्रेस सामुहिक नेतृत्वमा चल्दै आएको थियो । तत्कालीन सभापति मातृकाप्रसाद कोइरालालाई विशेष महाधिबेशनले पार्टीबाट निश्कासन गरेपछि नेपाली कांग्रेस सामुहिक नेतृत्वमा चल्दै आएको थियो । २००९ देखि २०१७ सालसम्मको ८ वर्षको अवधिमा वीपी कोइराला छ वर्ष र सुर्वणशमशेर राणा दुई वर्ष पार्टी सभापति बने । तर, निर्णय भने चार जनाको एउटा ‘बडी’ ले ग¥थ्यो, जसलाई ‘विगफोर’ भनिन्थ्यो । विगफोरमा वीपी, सुवर्ण शमशेर, गणेशमान सिंह र सूर्यप्रसाद ढुंगेल थिए ।  

 २०१७ सालको ‘कु’ पछि वीपी र गणेशमान जेल परे, ढुंगेल निस्क्रिय बसे । वीपी जेलबाट रिहा नभएसम्म सुवर्णको एकल नेतृत्वमा पार्टी चल्यो । वीपी जेलबाट रिहा भएपछि सुर्वण निस्क्रिय बसे । २०२६ लेखि २०३३ सालसम्म वीपी र गणेशमान सिंहको  नेतृत्वमा पार्टी चल्यो । २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीति लिएर स्वदेश फर्केपछि वीपीले गणेशमान सिंह सर्वमान्य नेता, कृष्णप्रसाद भट्टराई कार्यबाहक सभापति र गिरिजाप्रसाद कोइराला महामन्त्री रहेको एउटा त्रोइका बनाई दिए ।  निर्णायक भूमिका यही त्रोइकालाई सुम्पेर वीपी कोइराला राजनीतिक चिन्तन मननमा जुटे । २०५० सालसम्म यही त्रोइकाले पार्टी संचालन ग¥यो । २०५१ सालको मध्यावधि निर्वाचनसँगै गणेशमान सिंहले कांग्रेस छाडे । २०५९ सालसम्म भट्टराई र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा पार्टी अघि बढ्यो । २०५९ सालमा पार्टी विभाजनपछि भट्टराई निस्क्रिय बसे ।  दुई टुक्रामध्ये एउटा टुक्राको एकल नेतृत्व गिरिजाप्रसाद कोइरालाले र अर्को टुक्राको एकल नेतृत्व देउवाले गरे । २०६४ सालमा दुई पार्टीबीच एकीकरण भयो । एकीकरणपछि कार्यबाहक सभापति सुशील कोइराला र वरिष्ठ नेता देउवालाई सहमतिका आधारमा पार्टी अघि बढाउने अधिकार दिँदै गिरिजाप्रसाद कोइराला बिवाद भन्दा माथि बसे । 

२०६७ सालमा १२ औं महाधिबेशन भयो । सुशीलले जिते, देउवाले हारे । तर, पनि यी दुई जनाकै नेतृत्वमा पार्टी अघि बढ्यो । २०७२ सालमा सम्पन्न १३ औं महाधिबेशनमा देउवाले जिते, पौडेलले हारे ।  महाधिबेशनको भोलिपल्टै देउवा पौडेललाई वरिष्ठ नेता नियुक्ति गरिएको पत्र लिएर पौडेल निवासमा पुगे । विगतको जस्तै मिलेर पार्टी अघि बढाउने सहमति भयो । तर, यो सहमति भने संकटमा प¥यो । निर्णय प्रक्रियामा सहभागी हुन्, ४० प्रतिशत हिस्सा पनि लिने तर अपजश जति सभापतिको टाउकोमा थुपार्ने पौडेलको शैलीका कारण पनि संस्थापन पक्ष एकल  नेतृत्वको अभ्यासमा जुटेको हो । अल्पमत पक्षले महाधिबेशनमा प्राप्त मतका आधारमा भूमिका पाउने परिपाटी नै सामुहिक नेतृत्व हो । तर, भूमिका लिने जवाफदेहिता नलिने प्रवृत्तिका कारण सामूहिक नेतृत्वको अभ्यास संकटमा परेको हो ।  

 देउवाको कार्यकाल अब १७ महिना मात्रै बाँकी छ । तर, यो अवस्थामा सर्वाधिकार सम्पन्न सभापति रहने गरी विधान बनाउन देउवा किन हतारिए ? भन्ने प्रश्न संस्थापन पक्षबाटै उठेको छ । देउवा नेपाली कांग्रेसका स्थायी सभापति होइनन् । १७ महिनापछि  १४ औं महाधिबेशन हुँदा अर्कै व्यक्ति सभापति बन्यो भने देउवा कांग्रेसमा भूमिका विहिन भएर बस्लान त ? भन्ने  चर्चा पनि चलिरहेको छ । तर देउवा भने  अहिलेको कार्यकाल एक वर्ष थप्ने, त्यसपछि हुने महाधिबेशनमा जसरी पनि सभापति जितेर ४ वर्ष खाने अभियानमा छन् । त्यतिबेलासम्म देउवाको उमेर ८१ वर्ष भइसकेको हुनेछ । मलेशियामा ९२ वर्षको व्यक्ति प्रधानमन्त्री भएको उदाहरण देउवाले पछिल्ला दिनमा दिने गरेका छन् । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive