newsone

समयबद्ध पत्रिका अघिअघि देश पछिपछि

newstwo समयबद्ध पत्रिका अघिअघि देश पछिपछि

यस समयबद्ध पत्रिका कहिलेकाहीं पढ्ने मौका पाएको छु । यसले पस्कने विचार, समाचार र विश्लेषणदेखि म निकै प्रभावित बनेको छु । पत्रिका पढेर बनाएको धारणा अनुसार नै देश चलेको मैले गम्भीर रुपले मनन पनि गरेको छु । समयबद्धले चैत्र २२ गते छापिएको ४४ अंकमा सहमतिको बाधक अब कांग्रेस मुख्य समाचार र तीन पेजमा छापिएको महेश भट्टराईको निर्वाचन विथोल्न चौतर्फी घेराबन्दी दुई पटक पढेको थिएँ । अहिले त्यस्तै भइरहेको छ । समयबद्ध पत्रिका अघिअघि देश पछिपछि भइरहेको महसुस मैले गरिरहेको छु । अहिले कांग्रेसले मधेसी मोर्चाको मागलाई सम्बोधन गर्न देखाउनु पर्ने लचकता देखाउन सकिरहेको छैन ।

र, जसरी पनि चुनाव गर्ने र सत्ता आफ्नो हातमा पार्ने र आफ्नो सरकारले बजेट ल्याउने योजनामा कांग्रेस लागेको देखिन्छ । अहिले देशैभरि चुनाव नहुने हो कि भन्ने कालो बादल मडारिन थालेको छ । किनभने मधेसी गठबन्धनले अनिश्चितकालीन नेपाल बन्दको घोषणा गरेको छ ।

सीमापारीबाट नेपालमा जहिले पनि अस्थिरता निम्त्याउने खतरा भइरहेको बेला मधेसी दलहरुको यही आन्दोलनको मौका छोपेर अस्थिरता मच्चाउने खतरा त्यत्तिकै हुन्छ । ठूलो पार्टीको हैसियतले कांग्रेसले पहलकदमी लिन जरुरी छ । 

र अन्त्यमा, समयबद्ध पत्रिकाको निरन्तरताको कामना गर्न चाहन्छु साथै यस पत्रिकालाई र पत्रिकामार्फत् सम्पूर्ण नेपाली जनतालाई नयाँ वर्षको शुभकामना व्यक्त गर्न चाहन्छु । समयबद्ध पत्रिकालाई बजारमा सर्वसुलभ तरिकाले किन्न पाउने वातावरण मिलाइदिन अनुरोध गर्दछु ।
– शिवराम लोहनी 
जोरपाटी काठमाडौं ।  
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive