newsone

समकालीन चित्र–दर्शन र सिर्जना

newstwo समकालीन चित्र–दर्शन र सिर्जना

डा. ताराकान्त पाण्डेय

अनुकूल मौसममा छाला कन्याउँदै 

भोल्गाको किनारालाई आप्mनो गन्तव्य बनाउने

भीडहरू हिंडिरहेका छन्

कतै जालन्धरले रावडी बाँडिरहेको छ र

नर्वदाकै किनारामा स्थायी बसोबास गर्न

भीडहरू नर्वदालाई अर्जी लेखिरहेका छन्।

(‘चन्द्रमानका चित्रहरू’, गरिमा, भदौ २०६४)

    कवि पूर्णविरामका यी कविता पङ्क्तिमा एउटा कविले गरेको समकालीन परिवेशको चित्र–दर्शन छ । स्वायत्तता र आत्मनिर्णयको अधिकारका नाउँमा मुलुकलाई टुक्राएर नर्वदामा समाहित गर्न एकथरि लेण्डुपहरू अहिले कम्मर कसेर लागेका छन् र लास–खेती गरिरहेका छन् । यही विद्रूप चित्र पूर्णविरामको उपर्युक्त कवितामा छ । 

    पूर्णविराम अर्थात्् आप्mनो समय र संवेदनाका अन्वेषक र त्यसप्रति निष्ठावान कवि। मानव–मुक्तिको आकाङ्क्षा र आस्थालाई केन्द्रमा राखेर समकालीन परिवेशमा अँध्यारोविरूद्ध घटेको जनयुद्धजन्य वर्गसंघर्षको सौन्दर्यबिम्बको आलेख नै मात्र होइन, त्यसै समयमा व्याप्त विद्रूपताप्रति काव्यिक क्षेप्यास्त्रको प्रक्षेपण पनि उनका कविताको आप्mनो पहिचान हो। भन्नेले उनलाई ‘कवितामा बन्दुकको मात्र कुरा गर्ने’, ‘बन्दुकबाहेक कवितामा केही नलेख्ने’ भनी आलोचना पनि गरे तर त्यो त आ–आप्mनो वर्गदृष्टिको कुरा थियो। यथार्थ त के हो भने उनका कविता आप्mनो समय–सत्यका कलात्मक दस्तावेज बनेर आए । क्रान्ति र परिवर्तनको उद्दाम स्वप्न– पूर्णविरामका कविताको केन्द्र यही थियो– छ । 

    अहिले परिवेश फेरिएको छ। जनयुद्धको एउटा स्वरूप एउछा चरण समाप्त भएको छ। युद्धनायक पार्टीले क्रान्तिको स्वरूप र मोर्चा परिवर्तन गरेको छ । उत्पीडनको वटवृक्ष सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनाको सम्भावना देख्दै २२ बुँदे शान्तिसम्झौतापश्चात् तत्कालीन नेकपा (माओवादी) अन्तरिम संविधानको निर्माणस“गै सत्ता सञ्चालनको प्रक्रियामा सहभागी भएको थियो ।  शस्त्र समायोजनको प्रक्रिया चल्यो । 

    जनयुद्ध लडिरहेको पार्टी, जनयुद्धमा त्याग र बलिदानको उदात्तसंस्कृतिबाट दीक्षित हु“दैआएका योद्धा, नागरिक, अनुभूति गराइरहेको छ । आन्दोलनभित्र सम्पूर्णतः उदात्त साम्यवादी चरित्र व्याप्त छ भन्ने निरपेक्ष कल्पना गर्नु उचित छैन । 

त्यसैले कतिपयका लागि निश्चय पनि यो आर्जनको सुन्दर सत्तासुख, प्राप्तिप्रति आशक्त हुने र अनेक गुँड खोज्ने बनाउने उपक्रमहरू चल्नु पनि अस्वाभाविक होइन । उता यही सङ्क्रमणको अवसर छोपेर एकथरि मान्छेहरू देशको माटोसमेत टुक्राउने र क्रान्तिको तेजोबध गर्ने अथवा जन्मिन लागेको गणतन्त्र शिशुको भ्रूणहत्या गर्ने जमर्काे गरिरहेको विद्रूपता पनि देखापरिरहेकै थियो । समग्रमा क्रान्तिसौन्दर्य र परिवर्तनको स्वप्न धुमिल बन्न पुगेको चित्र देखापरिरहेको थियो । यता, आन्दोलनको पङ्क्तिभित्रै साँस्कृतिक रूपान्तरणको समस्याले स्रष्टा–स्रष्टाबीच, स्रष्टा र राजनीतिक व्यक्तित्वबीचका टकरावहरू र केही हदसम्म त्यसले जन्माएका निराशाभावहरू पनि यतिबेला कुनै न कुनै रूपमा प्रकट भइरहेका छन् । 

    हाम्रो वर्तमान यही हो । अर्थात्् अनेक अन्तर्विरोध र विरोधाभासहरूले गुजुल्टिएको जटिल वर्तमान । यस्तोमा भावुक स्रष्टाले आप्mनो आदर्श हराएको÷हराउन थालेको अनुभव गर्नु वा त्यो कतै घाइते  भएको, उपेक्षित भएको अनुभव गर्नु अस्वाभाविक होइन । कतिपय स्रष्टाहरूले यस्तो अनुभव गर्न थालेको मैले पाएको छु, पढेको छु । 

केही हप्ताअघि ‘जनआस्था’मा कवि (र, राजनीतिकर्मी) अनिल शर्माको एउटा लेख छापियो । उहाँले क्रान्तिपछि निराश भएर तीनजना सोभियत कविहरूले गरेको आत्महत्याको सन्दर्भलाई वर्तमान नेपाली परिवेशस“ग जोड्नुभयो । त्यसमा उहाँले ऋषिराज बरालको ‘प्रत्यागमन’ र ‘लालभञ्ज्याङमा उभिएर’ जस्ता कथा र निबन्धको विषयसन्दर्भ अनि तीमाथि पार्टीपङ्क्तिभित्रैबाट उठाइएका फरमान र आरोप–प्रत्यारोपको सन्दर्भमा उठाएर राजनीतिक–साँस्कृतिक आन्दोलनका समस्याको जटिलता र एकप्रकारले आपूmभित्र त्यसले जन्माएको निराशा पोख्नुभयो । 

    यद्यपि सोभियत कविहरूको नियति हामीकहाँ आइसक्यो, त्यस्तो निष्कर्ष त त्यसबाट निस्कन्न तर निराशाबोध गर्नुपर्ने परिवेशव्याप्तिको सङ्केत उहाँले गर्नुभएकै हो । सम्झौतापश्चात् सत्तासमीकरण फेरिएपछि पूर्णविरामस“गको भेटमा म सोध्ने गर्थें– गर्छु– के लेख्दै हुनुहुन्छ ? ‘के लेख्ने ?’, ‘किन लेख्ने’, ‘आफैले लेखेको कुरा असङ्ख्य सिद्ध हुनथाल्यो’ प्रायः यस्तो प्रतिक्रिया म उहाँबाट पाउँथें । एकातिर आन्दोलनभित्रै साँस्कृतिक रूपान्तरणको समस्या र अन्तर्विरोधलाई हल गर्ने उदात्त प्रयासको कमी अनि परिवर्तित सङ्क्रमणकालीन परिवेशमा दुच्छर अथवा अवसरवादी प्रवृत्तिको हालिमुहाली बढ्दै जाने सङ्केतका पृष्ठभूमिमा स्रष्टाहरूलाई समकालीनताको चित्र सुन्दरभन्दा असुन्दर लाग्ने सम्भावना बढी हुन्छ नै । अनिलजी र पूर्णविरामजीहरूले सम्भावना यस्तै चित्रदर्शन गर्नुभएको हो । 

    वर्तमानमा सिङ्गो राष्ट्रिय परिवेश यस्तो विद्रूप बनाउने प्रयास भइरहेको छ । जसभित्र क्रान्ति धुमिल बनोस्, त्यसको मर्दन होस् र क्रान्तिविरोधीहरूले फेरि पनि उत्पीडनको राज्य कायम गरिराख्न पाऊन् । विभिन्न नाउँ र नाराका आडमा क्रान्तिआस्थाको हत्या भइरहेको र लाख– खेती हुन थालेको चित्र–दर्शन गर्छन् 
पूर्णविराम र लेख्छन्–

लासहरू चढिरहेका छन् सेता घोडाहरू र

बुद्धका अवयवहरू कुल्चिदै धुँवा उडाइरहेका छन्

इतिहासमा चम्केका ताराहरू खोकिलाबाट

भुँइमा झरिरहेका छन् । 

    मानिसलाई पानीको बोतल रित्याएजस्तै रित्याउँदै छन् लाख–खेती गर्नेहरू र तुवाँलो काट्ने तरवार चुपचाप कुनामा बसिरहेको छ। विडम्बना र विद्रूपताको पीडादायी चित्र। ‘सपना गुमाएर सूरदास भएकाहरू’ थरिथरिको धूप बालेर लासको दुर्गन्ध छोप्ने उपक्रम गर्दै मुद्रा बटुलिरहेका छन् र नाचिरहेका छन्। 

    क्रान्तिले साँचो अर्थमा विजय प्राप्त गरिनसक्दाको स्थिति यस्तै हुन्छ ।  बीचबाट आएका अवसरवादीहरू सुगन्धित धुप बालेर शुद्धताको अभिनय गर्छन् र क्रान्तिआस्थामाथि तुवाँलो हाल्ने प्रयत्न गर्छन् र सके त्यसको हत्या गर्छन् । एउटा कवि क्रान्तिआस्थाको हत्या टुलुटुलु हेर्न विवश हुन्छ । धेरथोर पूर्णविरामले यस्तै अनुभूति गरेको देखिन्छ । तर उनी निराश नै भएका छैनन् । क्रान्तिआस्थाप्रतिको दृढता उनमा अक्षुण्ण छ । त्यसैले उनी लेख्छन्–

जबसम्म आमाहरूले कपासको सट्टामा

जन्माइदिनु हुन्न सीमानाभरि छ्यापछ्याप्ति

स्टालिनहरू, र

सयपत्रीको सट्टामा जबसम्म एकै बेतमा

चार वटी तान्या जन्माइदिनु हुन्न

चन्द्रमानले बनाइरहनुपर्छ यस प्रकारका चित्रहरू र  

    क्रान्तिस्वप्न देख्ने आस्थाशील कविले वर्तमानलाई यसरी देख्नु अस्वाभाविक होइन । स्टालिन–प्रतिबद्धता र तान्या तेजबिना यस विद्रूपताको अन्त्य सम्भव छैन ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive