newsone

शालिकरामहरु जिफण्टको मार्गचित्रमा हिंडे

newstwo शालिकरामहरु जिफण्टको मार्गचित्रमा हिंडे

सोनालाल साह

श्रमिकहरु बढेका छन् । श्रमिक संगठनहरु खुम्चिएका छन् । श्रमिकका समस्या हिजोभन्दा बढी छन् तर श्रमिकहरु आन्दोलनमा आउने मनस्थितिमा छैनन् । किन यस्तो भयो ? मुख्य समस्या संगठन र नेतृत्वप्रतिको अविश्वास । सही विचार, कार्यशैली र सही नेतृत्वको स्थापना गर्न नसक्नुको परिणाम हो यो ।

शान्ति प्रक्रियापछि केही वर्ष हाम्रो मजदुर संगठन निकै ठूलो थियो । विभिन्न संगठनमा आवद्ध मजदुरहरु हाम्रो संगठन र आन्दोलनमा ह्वा¥रै आए । आन्दोलन भए । केही सफलता पनि भयो । यसलाई निरन्तरता दिन सकिएन । मुख्य कुरा भनेको हामीले बल गर्दागर्दै पनि आफ्नो स्वत्व वा पन स्थापित गर्नै सकेनौं । जसका कारण सबै संगठन र नेतृत्व भनेको उस्तै हुन भन्ने छाप मजदुरहरुमा प¥यो । जुन जोगी आए पनि कान नै चिरेको रुपमा नेता र संगठनलाई मजदुरहरुले बुझे ।

एमाले निकट मजदुर संगठन जिफण्टले तय गरेको बाटोमा हामी हिंड्ने कि आफ्नै विगतका त्याग, वलिदानको विरासतलाई स्थापित गर्दै अगाडि बढ्ने भन्नेमा हामीबीचमा शान्ति प्रक्रियामा आएदेखि नै बहस भएकै हो । पहिला सुसुप्त रुपमा यो विषय उठ्यो र पछि यो झांगियो । शालिकराम जम्मरकट्टेलले संगठनमा छलफल नै नगरी जिफण्टको मार्गचित्रलाई आदर्शको रुपमा स्थापित गर्दै लगे । अपारदर्शी र भद्धा कार्यशैली अपनाए । उनले गरेका कार्यहरु वेठीक त भन्यौ तर ठीक के हो भनृेर आम मजदुरहरुमा स्थापित गर्न सकेनौं ।

सँगै लडेका इमान्दार नेता तथा कार्यकर्ताहरुभन्दा पार्टीमा पछि प्रवेश गरेका, आर्थिक स्रोत जुटाउनसक्ने, आन्दोलनलाई मजदुर हितका लागि भन्दा पनि आर्थिक उपार्जनका लागि दवाव दिनसक्नेहरुको टिम बनाएर आर्थिक उपार्जनलाई नै मुख्य लक्ष्य बनाएर शालिकहरुको समूहबाट संगठन चलाइयो । कांगे्रस र एमालेका श्रमिक संगठनहरु जुन कारणले वदनाम भए, एमाओवादी संगठन पनि त्यही स्तरमा वदनाम हुने प्रक्रियामा थियो । तत्कालीन वरिस्ठ उपाध्यक्ष वद्रि बजगाईंको नेतृत्वमा हामीले आफ्नो स्पष्ट मतसहित विद्रोह त ग¥यौं तर शालिकरामको स्कूलिङबाट मुक्त गर्न सकेनौं । जसको नकारात्मक असर अद्यावधि छ ।

एउटै काँक्रोको चिराजस्तै भयो मजदुर संगठन । आकारमात्र फरक तर स्वाद उस्तै । तलदेखि माथिसम्मको संगठनात्मक ढाँचा र कार्यशैली शालिकले निर्माण गरेकोलाई बल गर्दा पनि बदल्न निकै हम्मेहम्मे परेको छ । वैचारिक भिन्नता त थियो, त्यसलाई व्यवस्थित बनाएर स्पष्ट पार्न सकेनौं । यसलाई पार्टीको बलमा व्यवस्थित रुपमा सच्याउन सकिन्थ्यो, तर मजदुर संगठनलाई मालिकसँग आर्थिक सौदावाजीका लागि वार्गेनिङ टुल्सका रुपमा विप्लवले पनि प्रयोग गर्न खोजे । त्यसले पनि काफी भ्रम सिर्जना ग¥यो । त्यस्तो प्रवृत्ति बोकेका नेतृत्व विप्लवतिर गए । यसले संगठन शुद्धीकरणको अभियानलाई सघाउ नै पु¥यायो ।

शहरी आन्दोलन मुख्य भन्दाभन्दै पार्टीको यसमा त्यतिवेला जोड पुगेन । आमश्रमिक जनताको मुक्तिको मुख्य शक्तिको रुपमा परिभाषित हाम्रो जस्तो क्रान्तिकारी विचार बोकेको मजदुर संगठन पनि ससाना अन्तरविरोधमा फँस्यो । खाली मैदान हुँदाहुँदै फैलन सकेन । मजदुर आन्दोलनमा सही र गलत के हो भन्ने कुरा हामीले आममजदुरहरुमा अझै स्थापित गर्नै सकेका छैनौं । विश्वासको वातावरण बनाउन सकेकै छैनौं ।

मजदुर नेतृत्वप्रति अविश्वासको मात्रा धेरै चुलिएकाले सहजै विश्वासमा बदल्न कठिन छ । केन्द्रका एकाध नेता हरेक संगठनमा स्थापित होलान, उनका केहीमात्रामा बोली बिक्ला तर मजदुर संगठनको शक्ति इकाइमा केन्द्रित भएको छ । मालिकहरुले पनि त्यहीँ सम्झौता गर्नमा जोड गर्छन । होटेल, क्यासिनोहरुमा पछिल्लो गलत सम्झौता त्यसैको परिणाम हो । शान्ति प्रक्रियाको प्रारम्भिक चरणमा इकाइ समितिका नेताहरुले यस्तो गर्ने दुस्साहस गर्नसक्थे र ? अधिकांश साथीहरु अगाडि बढ्ने सपनाका साथ नै संगठन र आन्दोलनमा आएका थिए । उत्साह, सपना मरेपछि, केन्द्रका नेताहरुसँगको अगाध विश्वास अविश्वासमा बदलिएपछि यस्तै हुने रहेछ ।

विचारमा स्पष्टता, श्रमिक वर्गप्रतिको समर्पणभाव, जुझारु संगठनात्मक ढाँचा निर्माणको चुनौती सबैभन्दा बढी क्रान्तिकारी मजदुरहरुमा रहेको छ । तुच्छ स्वार्थभन्दा माथि उठ्ने नेतृत्वको फराकिलो घेराको आवश्यकता छ । हामी हाम्रो संगठनलाई त्यो दिशा दिन कसरत गरिरहेका छौं । सकारात्मक कामहरु पनि भइरहेका छन् । परिणाम सुखद नै छ । यो एकाध नेता वा व्यक्तिले गर्नेभन्दा पनि सामूहिकतामा वा टिममा गरेर परिणाम निकाल्ने रहेछ । महाभूकम्प, मधेस आन्दोलन, भारतीय नाकाबन्दी र सरकारी उदासीनताका कारण उद्योग प्रतिस्ठानहरु झण्डै बन्दको स्थितिमा छन्, जसका कारण लाखौंको रोजीरोटी खोसिने खतरा छ । विदेश पलायनको मात्रा बढ्दो छ । यसको नकारात्मक प्रभाव हाम्रो संगठनमा पर्नु अस्वाभाविक होइन । फेरि पनि हामी नयाँ ढं्रगको मजदुर संगठन र नयाँ प्रकारको मजदुर आन्दोलनको दिशामा अगाडि बढिरहेका छौं । इमान्दार र क्रान्तिकारी मजदुरहरुको केन्द्र निर्माणको लागि हामी सक्रिय छौं । पानी जिम्लिएको अवस्था हो, उमाल्न कठिन छ, उमाल्न सकिन्छ, सक्नैपर्छ । समयबद्ध साप्ताहिकबाट

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive