newsone

विप्लवको विप्लव !

newstwo विप्लवको विप्लव !

जुन कुरा विज्ञानले असत्य प्रमाणित गरेको छ, त्यसैलाई विश्वास गर्नु नै अन्धविश्वास हो । नेपाली समाजमा अझै पनि अन्धविश्वासको प्रभाव रहेको छ । शायद त्यसैको असर हुनुपर्छ, बेलाँ–बेलाँ हामीकहाँ विज्ञानले गलत सावित गरिसकेका विषय उठान गरेर असान्दर्भिक र अवैज्ञानिक हौवा फिंजाउनेहरु उम्रन्छन् । कतिपय वास्तविकता नबुझी दौडन्छन् । जे नहोस् भन्या, अहिले त्यस्तै एउटा घटना हुन लागेको छ । कुरा हो कमरेड विप्लवको ।

प्रचण्ड, वैद्य, वादलहरुले क्रान्ति नगर्ने भए भन्दै छुट्टै माओवादी पसल खोलेका कामरेड विप्लवले अब आफैसँग विद्रोह गर्ने तयारी गरेको सुनेर ठाड्काने तीनछक प¥या’छ । ‘बुढाहरुले क्रान्ति गरेनन्, गर्दैनन् र नयाँ पिंढीलाई पनि बाटो दिंदैनन् । अर्थात् बुढो गोरुले गाई ओट्या झैं बुढाहरुले क्रान्तिको बाटो ओगटेर बस्या’छन्’ भन्ने विप्लवी प्रेममा झण्डैझण्डै ठाड्काने पनि फस्या’थ्यो । विज्ञान र अन्धविश्वासको कुरा ठाड्कानेले उठाएको किन हो भने विज्ञानलाई पुष्टि गर्नुपर्छ, पुष्टि गर्न तथ्यहरु चाहिन्छन् । यसो हे¥यो कामरेड विप्लवको ‘एकीकृत जनक्रान्ति’भित्र न तथ्य थियो, न वास्तविकता । बरु थियो त भ्रम र तिकडम । जसले क्रान्ति गरेनन्, गर्दैनन् भनेर कामरेड विप्लवले भनेका थिए, कामरेड विप्लव त झनै प्रतिक्रान्तिकारी भएको ठाड्कानेलाई लाग्यो । तैपनि क्रान्तिप्रेमी भएकोले आफूलाई लाग्या कुरा गलत भइदिए हुन्थ्यो जस्तो ठाड्कानेलाई लागिराख्या’थ्यो । तर विडम्बना कसले पो चाहेजस्तो भा’छ र ठाड्कानेले चाहेको होस् । हुनेभयो त्यस्तै, नचाहेको जस्तै ।

प्रतिक्रान्तिकारीहरुले पहिला प्रतिक्रान्तिका लागि आधारभूमि तयार पार्छन् । त्यो भनेको पहिला क्रान्तिको कार्यदिशा अथवा कार्यभारमाथि आक्रमण गर्छन् । कामरेड विप्लवले पनि प्रतिक्रान्तिकारीहरुले जेबाट शुरु गर्छन् त्यही गरे । उनले पहिला कार्यदिशामाथि आक्रमण गरे । नेपालजस्ता मुलुकका लागि माओले परिभाषित गरेको मोडललाई क्रान्तिको मोडल मानिन्छ । कामरेड विप्लवले पहिला त्यहीं ठोके र त्यसका ठाउँमा एकीकृत जनक्रान्ति रोजे तर नाम पार्टीको नाम भने माओवादी नै राखे ।

ठाड्कानेलाई दुःख लाग्छ जनताले रगतपसिना बगाएर नेता बनाएका तिनै विप्लव केही समयअघि एकजना गुण्डा नाइकेसँग सार्वजनिक मञ्चमा देखिए । उनी एकजना त्यस्ता पात्रसँग त सार्वजनिक रुपमै देखिने र भित्रभित्रै नदेखिने गरी उनको खास सहकार्य त्यस्तै गुण्डाहरु, अझ खतरनाक ‘राजनीतिक गुण्डा नाइके’ र साँठगाँठ तिनीहरुलाई परिचालन गर्नेहरुसँग छ भन्ने सुनिन्छ ।

अहिले विप्लवले पार्टीको नाम फेर्ने सुनिएको छ । पहिला कार्यदिशालाई ध्वस्त पार्ने र पछि नामसमेत फेर्ने विप्लवको यो काइदा क्रान्तिकारी कुरा गरेर र बहाना बनाएर क्रान्तिबाट भाग्ने र यस्तै विचारहीन झुण्ड र शक्तिकेन्द्रको गोटी बन्नका लागि हो कि के हो ? कि विप्लव काम्रेडले अब आफैसँग विद्रोह गर्न लाग्या हुन् ?
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive