newsone

विदेशी दिमाग भएका स्वदेशीबाट अर्थतन्त्र स्वाहा 

newstwo विदेशी दिमाग भएका स्वदेशीबाट अर्थतन्त्र स्वाहा 

यदि कुनै व्यक्तिको शरीरमाथि अरुको नियन्त्रण ९३.७ प्रतिशत छ भने त्यो अवस्थामा आफ्नै शरीरमाथिको अधिकार प्रायः नगन्य छ भन्ने बुझ्नुपर्छ । नाममात्रमा उसको शरीर छ, सबै अङ्गप्रत्यङ्ग आफ्नो नियन्त्रणमा छैन भन्ने हो । कृत्रिम मानव जस्तो । हो, यस्तै हविगत छ, नेपाली अर्थतन्त्रको ।

निरन्तर बढ्दै गएको आयात तथ्याङ्क हेर्ने हो भने आयात र निर्यातको अन्तर कहालीलाग्दो छ । देशको रु. १० खर्ब ४९ अर्ब ९९ करोडको व्यापार हुँदा पैठारी नौ खर्ब ८३ अर्ब ३६ करोड छ । यही विन्दुबाट प्रष्ट हुन्छ, देशको अर्थ कूटनीतिक यथार्थ । अर्थतन्त्रको सामान्य ज्ञान राख्नेलाई पनि प्रष्ट हुन्छ, आर्थिक नीतिको हविगत । कूल व्यापारमा ९३.७ प्रतिशत आयात हुने देशको आर्थिक कूटनीति भयाबह देखिन्छ ।

सार्वभौमसत्ता तथा राजकीय सत्ता जनतामा निहित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, मिश्रित अर्थव्यवस्था अपनाएको मुलुकको यो हविगत कसरी भयो ? आर्थिक कूटनीतिमा सबैभन्दा ठूलो व्यापार साझेदारको असर पर्छ । विश्वका हरेक मुलुकका लागि लागू हुने यथार्थ यही हो । हामीमा पनि भारतीय व्यापारिक प्रभुत्व हावी छ ।

अथाह स्रोत र साधन भएको देशको अवस्था किन यसरी खस्कियो ? भारतसँगको खुला सिमाना र योसँग रही आएको राजनीतिक एवम् साँस्कृतिक सम्बन्ध जति प्रगाढ भनिए पनि देशको अर्थतन्त्र ध्वस्त पार्न यही सम्बन्ध कारक बनेको छ, विश्व व्यापार भावनामा चल्नु हुँदैन भन्ने विषय बुझ्न नसक्दा पनि भारतीय अर्थतन्त्रको गहिरो प्रभावले राष्ट्रिय अर्थतन्त्र सेपिएको हो ।

पर्याप्त स्रोत तथा युवा जनशक्ति हुँदा पनि नेपालले आफ्ना आर्थिक गतिविधिलाई बाह्य जगतमा पु¥याउन सकेन । तर, बाह्य अर्थतन्त्रले नेपालको ढाड भाँच्यो । जसका कारण मुलुकको अर्थतन्त्र उठ्न सकेन । यो अवस्था निरन्तर बढ्दै गएको छ । वर्षेनी देशको ठूलो धनराशी विदेश पलायन भएको छ । विदेशीको उत्पादन नेपालको कुनाकुनामा पुगेका छन् । मुलुक आर्थिक रुपमा चरम थिचोमिचोमा परेको छ । विदेशीको दासत्व खेप्नु परेको छ । कमजोर आर्थिक कूटनीति तथा परनिर्भरताका कारण लाखौँ नेपालीे आफ्नो श्रमशक्तिलाई गुन्द्रुकको भाउमा विदेशी मुलुकमा बेच्न बाध्य छन् ।

वि.सं. २००७ पछि बाह्य जगतमा आफ्नो सम्बन्ध विस्तार गर्दै लैजान सुरु गरेको नेपालले राणा शासनविरुद्धको सङ्घर्षमा भारतीयको सहयोग लिएका थिए । त्यस्तै भारतको स्वतन्त्रता आन्दोलनमा नेपालीले पनि सहयोग गरेका थिए । त्यसले गर्दा पनि एकअर्का देशको पहुँच विस्तार भयो र जनस्तरीय घुलनशीलता बढ्यो । त्यसपछिका दिनमा सुरु भयो, व्यापारको विस्तार ।

देशमा बहुदलीय संसदीय व्यवस्थाको पुनः स्थापना भयो । बहुदलीय व्यवस्थाको पुनःस्थापना भइसकेपछि गठन भएका प्रत्येक सरकारले नेपालको निर्यात प्रवद्र्धन गर्ने विभिन्न नीतिगत तथा कार्यगत कदम चाल्दै आएको भनिए पनि आर्थिक कूटनीति प्रभावकारी बनाउन नसक्दा र देशको आन्तरिक अवस्थालाई सुधार गर्न नसक्दा अर्थतन्त्रको प्रभाव खस्कियो ।
२०४९ पछि नेपाल सरकारका तर्फबाट पूर्ण स्वामित्वका उद्योग, व्यवसाय स्थापना भएको अवस्था छैन । भएका उद्योग पनि निजीकरण गर्दा नेपालको आर्थिक कूटनीति असफल भयो । विदेशी दिमाग भएका स्वदेशी भनिएका व्यक्तिलाई आर्थिक नीति चलाउन दिँदा देशको अर्थतन्त्र ध्वस्त भयो । उनीहरुले आर्थिक कूटनीति स्वाहा पारे । आन्तरिक तथा बाह्य नीतिमा हस्तक्षेप निम्त्याए ।

अर्थनीति विदेशीसँग माग्ने र आफ्नालाई पोस्ने नीतिमा मात्र परिणत भएन, अर्थतन्त्रको अस्तित्व नै धेरै कमजोर भयो । ध्वस्त आर्थिक कूटनीति र आकासिएको व्यापार घाटाले भुक्तानी सन्तुलन तथा शोधानान्तर स्थितिमा नराम्रो असर परेको छ । यदि विप्रेषण थिएन भने त अर्थतन्त्रको कुनै फेरो रहने थिएन ।

भारत तथा चीनसँगको ठूलो अन्तरको व्यापार घाटा कम गर्ने, पर्यटन प्रबद्र्धन गरेर भुक्तानी सन्तुलन तथा शोधानान्तरमा सुधार गर्ने, वैदेशिक लगानीलाई ल्याउन पहल गर्ने, आन्तरिक उत्पादनलाई प्रबद्र्धन गर्ने तथा राज्यको संरक्षणमा उद्योग स्थापना गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ । अन्यथा आयात र निर्यातमा रहेको ६.३ प्रतिशतको अन्तर पनि समाप्त हुने देखिन्छ ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive