newsone

वाणिज्य बैंकहरुले शेयर ब्रोकरको काम गर्न पाउने

newstwo वाणिज्य बैंकहरुले शेयर ब्रोकरको काम गर्न पाउने

२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले पनि ब्रोकरको रूपमा काम गर्न पाउने भएका छन् । आज सार्वजनिक भएको आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीति मार्फत सो व्यवस्था गरिएको छ ।

मौद्रीक नीतिमा ‘बाणिज्य बैंकबाट अनुरोध भई आएमा छुट्टै सहायक कम्पनी स्थापना गरी ब्रोकरको रूपमा काम गर्ने सक्ने व्यवस्था मिलाइने’ उल्लेख छ । लगानीकर्ताहरूले लामो समयदेखि बैंकहरूलाई ब्रोकर लाइसेन्स दिनु पर्ने माग गर्दै आएका  थिए ।
मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवि नेपालले  वाणिज्य बैंकलाई ब्रोक्ररको लाइसेन्स दिइने बताए । यससँगै अब वाणिज्य बैंकको सहायक कम्पनी मार्फत ब्रोक्ररको लाइसेन्स पाउने भएका छन् । बाणिज्य बैंकहरुले ब्रोकर लाईसेन्स पाउने भएपछि यस्ले शेयर बजारमा सकरात्मक परिवर्तन ल्याउने एक लगानीकर्ताले बताए । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive