newsone

लापर्वाहीले सूचक अन्यौलमा 

newstwo लापर्वाहीले सूचक अन्यौलमा 

मुलुकको आर्थिक अवस्थाको वास्तविकता बताउने आर्थिक सूचकमा समानता नहुँदा अन्यौल सिर्जना हुने गरेको छ । आमजनतामा मात्र होइन, नीति निर्माण तथा विभिन्न कार्यक्रम सञ्चालन गर्ने निकाय अन्योलमा परेका छन् । 

केन्द्रीय तथ्याङ्क विभागले हालै प्रकाशित गरेको चालू आर्थिक वर्षको कूल गार्हस्थ उत्पादनको अनुमानलाई हेर्दा देशको समग्र आर्थिक गतिविधि सही दिशामा नै रहेको प्रतिविम्वित हुन्छ । आर्थिक वर्षको शुरुमै आएको अविरल वर्षा तथा डुवानले कृषि क्षेत्रको वृद्धिदरमा केही संकुचन आएता पनि कूल गार्हस्थ्य उत्पादनमा करिब छ प्रतिशतको फराकिलो वृद्धि रहने अनुमान गरिएको छ । जबकि आर्थिक सर्वेक्षणमा ५.९ प्रतिशतमा मात्र आर्थिक वृद्धि हुने बताएको छ । 

राष्ट्र बैंकले हालै प्रकाशित गरेको चालू आवको पहिलो छ महिनाको देशको आर्थिक गतिविधि सम्बन्धी अध्ययन प्रतिवेदनको आधारमा पनि औद्योगिक क्षेत्रको क्षमता उपयोग गत वर्षको सोही अवधिको ५४.२ प्रतिशतको तुलनामा बढेर ५८ प्रतिशत पुगेको छ । यो तथ्य पनि समान छैन । यस तथ्यलाई मान्ने हो भने अर्थतन्त्र सुध्रिन्छ कि भन्ने आश गर्न सकिन्छ ।

त्यसैगरी, निर्माण, खानी तथा उत्खननका साथै पर्यटन क्षेत्रमा भएको वृद्धिले समेत उल्लेखित आर्थिक वृद्धिमा योगदान दिएको देखिन्छ । सरकारले हालै सार्वजनिक गरेको वार्षिक बजेटमा आर्थिक वर्ष २०७५÷७६ मा आठ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने लक्ष्य रहेको छ । यी तथ्यहरुबाट मुलुकले उच्च आर्थिक वृद्धिको बाटो समातेको संकेत मिल्दछ । तर, सरकारको गतिविधिले यो लक्ष्य भेट्टाउन सकिने हो ।

मुद्रास्फितिमा चाप पर्ने संकेतका बावजुद केही उपभोग्य वस्तुहरुको मूल्यमा भएको गिरावटका कारण २०७५ वैशाखमा उपभोक्ता मुद्रास्फिति अघिल्लो महिनाको ५.३ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा पुगेको छ । फलस्वरुप, चालू आवमा औसत मुद्रास्फिति प्रक्षेपित सीमाभन्दा न्यून रहने देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तथा नेपाली मुद्राको अमेरिकी डलरसँगको विनिमय दरले मुद्रास्फितिको परिदृश्य प्रभाव पार्ने देखिन्छ ।

वाह्य क्षेत्रतर्पm, आयात उच्च दरमा बढेकाले चालू आर्थिक वर्षको दश महिनासम्ममा चालू खाता घाटा बढेर रु एक खर्ब ९१ अर्ब पुगेको छ । तथापि, विप्रेषण आप्रवाहमा सुधार आई गत वर्षको ५.२ प्रतिशत वृद्धिको तुलनामा ७ प्रतिशत पुगेको छ । त्यसैगरी, विदेशी विनिमय सञ्चिती रु १० खर्ब ७२ अर्ब ८५ करोड रहेको छ जुन ९.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्छ । 

वित्तीय क्षेत्रतर्फ, वार्षिक विन्दुगत आधारमा दश महिनासम्ममा कर्जा प्रवाहको वृद्धिदर (१९.६ प्रतिशत) ले निरन्तर रुपमा निक्षेप परिचालनको वृद्धिदर (१६ प्रतिशत) लाई उछिनेको छ । कर्जा र निक्षेपबीचको असन्तुलनले कर्जाको ब्याजमा चाप पारिरहेको छ ।

तथापि, २०७५ वैशाखमा निक्षेपको औसत ब्याजदर ६.६ प्रतिशत रहेबाट यसले कर्जाको ब्याजलाई अंकुश गर्नुपर्ने देखिन्छ । यो तथ्यले मुलुकको अर्थतन्त्र सही स्थानमा देखाए पनि वास्तविकता यही हो भन्नसक्ने अवस्था छैन ।

राज्यको राष्ट्र बैंक, केन्द्रीय तथ्याङ्क विभाग, आर्थिक सर्वेक्षणजस्ता तथ्यांकका महत्वपूर्ण स्रोतको तथ्यबीच फरक पर्दा अन्योल सिर्जना हुने गरेको छ । यो अन्यौलताको कारण तथ्याङ्क संकलनमा देखिएको लापर्बाही नै हो । त्यसतर्फ सबै सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । समयबद्ध साप्ताहिकबाट

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive