newsone

रसिया विश्वकपमा आज अन्तिम दुई प्रिक्वाटरफाइनल खेल

newstwo रसिया विश्वकपमा आज अन्तिम दुई प्रिक्वाटरफाइनल खेल

विश्वकप अन्तिम आज अन्तिम दुई प्रिक्वाटरफाइनल खेल हुँदैछन्। क्वाटरफाइनलमा स्थान बनाउन अल युरोपियन खेलमा स्वीडेन र स्वीट्जरल्याण्ड बेलुकी ७ः४५ बजे भिड्दैछन् भने १९६६ यता पहिलो पटक विश्वकप जित्ने लक्ष्यमा रहेको इंग्ल्याण्डले कोलम्बियासँग खेल्दैछ।

यी दुई खेलको विजेता नै क्वाटरफाइनलमा भिड्नेछन् र त्यसको विजेता आयोजक रसिया  क्रोएसियाको विजेतासाग सेमिफाइनल खेल्नेछ।  

स्वीडेन समूह एफ को विजेता तथा स्वीट्जरल्याण्ड समूह ई को उपविजेता बन्दै अन्तिम १६ पुगेको हो। यस्तै दषिण अमेरिकी राष्ट्र कोलम्बिया समूह एच को विजेता तथा इंग्ल्याण्ड समूह जी को उपविजेता हादै प्रिक्वाटरफाइनल पुगेको हो।

यस्तै अर्को पोलमा उरुग्वे र फ्रान्स तथा ब्राजिल र बेल्जियम क्वाटरफाइनलमा भिड्नेछन्। त्यसबाट एक टिम फाइनल पुग्नेछ।

दाबेदार मानिएका राष्ट्रहरु साविक विजेता जर्मनीसहित २ पटकको विजेता अर्जेन्टिना र एक पटकको विजेता फ्रान्स भने विश्वकपबाट बाहिरिसकेको छ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive