newsone

मैले विल्कुलै नसोंचेको कुरा भयो

newstwo मैले विल्कुलै नसोंचेको कुरा भयो


नीमबहादुर बुढाथोकी

हरेक वर्ष झैं यो वर्ष पनि नेपाल सरकारले पत्रकारितामा क्रियाशील रहेका र विशेष योगदान पु¥याएका पाँच जना पत्रकारलाई सम्मानित ग¥यो । पुरस्कृत हुने पाँच जनामा म पनि परेको रहेछु ।

मेरो नाम पनि पुरस्कृत हुने सूचीमा परेको अनौपचारिक जानकारी केही पत्रकार साथीहरुले दिएका थिए । सबैतिर दलालीकरण मौलाएको बेला त्यो पुरस्कारका लागि मेरो नाम छानिएला भन्ने मैले कल्पना गरेको थिइनँ । मैले विल्कुलै नसोंचेको कुरा यसपटक भयो । जीवनमा मैले कहिल्यै त्यो पुरस्कारको अपेक्षा पनि गरेको थिइनँ ।
अहिले सुगम जस्तो भए पनि त्यतिबेला असाध्य दुर्गम जिल्ला रुकुमबाट म ०४५ सालतिर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरें । सबै हिसावले उत्पीडनको मार खेपिरहेको क्षेत्रको नागरिक हुनुको नाताले काठमाडौं बसाईको क्रम पनि उत्पीडनका विरुद्ध लाग्नुपर्छ भन्ने भावनाका साथ गुज्रिंदै थियो । त्यसै क्रममा वर्गीय मुक्तिका लागि चलाइएको मिडिया अभियानमा म पनि सहभागी हुन पुगें ।

त्यो महाभियानमा म जनादेश साप्ताहिकमा सम्बद्ध भएँ । काठमाडौंमा कृष्ण सेन, शक्ति लम्साल, नारायण शर्मा, महेश्वर दाहाल, गोविन्द आचार्य, ओम शर्मा, दीपक मैनाली, मिलन नेपाली,  तारा न्यौपाने, धनबहादुर मगर, केशव मार्मिकसहित थुप्रै साथीहरु त्यो अभियानमा प्रत्यक्ष जोडिएका थियौं । देश–विदेशबाट अरु थुप्रै साथी र जनताको अपार मायामा जनादेश अभियान चुलिंदै थियो । कृष्ण सेन र नारायण शर्माले आलोपालो जनादेशको नेतृत्व गरे पनि महेश्वर दाहाल, गोविन्द आचार्य, दीपक मैनाली र म जनयुद्धकालमा सबैभन्दा आत्मीय, घनिष्ठ र निरन्तर सहकार्यमा जोडियौं ।

पार्टीले खटाएको ठाउँमा जानु पर्ने हुनाले कहिलेकाहिं भौगोलिक हिसावले फरक ठाउँमा रहे पनि विचार र निष्ठाका साथ हामी एक साथ रहँदै आयौं । सँगै रहँदा आ–आफ्ना व्यक्तिगत सीमा र समस्या थिए होलान्, पार्टी केन्द्रमा भएका अन्तरसङ्घर्षका क्रममा केही समय दायाँवायाँ भए पनि यो अभियानमा हामी अझै पनि निरन्तर जोडिएका छौं । 

वैकल्पिक मिडिया बलियो बनाउनु पर्छ र वैकल्पिक सत्ता प्राप्ति र सुदृढीकरणका लागि अभियान चलाइरहनु पर्छ भन्ने मतमा हाम्रो अझै पनि ऐक्यबद्धता छ । आफ्नो मान्यतामा अडिग रहेकै कारण, वर्गीय पक्षधरताको विपक्षमा नउभिएकै कारण हामीले जेल–नेल र हिरासतका चीसा सिंढीको उपहार पायौं । सँगै सहकार्य गरेका आदरणीय कृष्ण सेनलगायतका कयौं साथीहरुको वीभत्स हत्या गरियो । मिलन नेपालीलगायत कयौं सहकर्मी साथीहरुलाई बेपत्ता बनाइयो र सम्झौता नगरे हाम्रो हालत पनि त्यस्तै बनाइनेछ भनेर सत्ताले तर्साए पनि हामी हाम्रो अभियानमा निरन्तर र अविचल रहँदै आयौं । अहिले पुरस्कृत हुँदा कता–कता हामीले हिजो गरेको सङ्कल्पलाई अहिलेको सरकारले पुरस्कृत र सम्मानित गरेको अनुभूति गरेको छु । हिजोको सत्ताले गरेको दमनका विरुद्ध गणतन्त्र नेपालको सरकारले सम्मान गरेको अनुभूति भएको छ ।

मैले माथि पनि उल्लेख गरें कि अहिले जताततै दलालीकरण मौलाउँदो छ । कृष्ण सेन जस्तो निष्ठाका लागि बलिदान हुन तयार हुने मान्यताका पक्षपाती सिपाहीहरुले नै सबैभन्दा बढी दलालीकरणको मार खेपिरहेका छन् ।

शान्ति–प्रक्रियाको शुरुवातसँगै माओवादी पार्टीभित्र पनि यो प्रवृत्तिले मौलाउँदो स्वरुप ग्रहण ग¥यो । विचार, आदर्श र निष्ठाका लागि होइन, व्यक्तिगत स्वार्थ पूरा गर्न चचुचा (चम्चागिरी, चुक्ली र चाकडी) लाई सिद्धान्त मान्नेहरु हावी भए । एउटा अन्तरविरोधपूर्ण अवस्थाबाट हामी गुज्रिँदै गयौं । 

यसैबीच पार्टीले दीनानाथ शर्मालाई सञ्चार क्षेत्रको नेतृत्व गर्न खटायो । उनले पार्टी र पार्टीको प्रभावलाई प्रयोग गरेर आफ्नो र आफ्नो परिवारलाई व्यवस्थित बनाउने र पार्टीको मिडिया चलाउन उठाएको रकमले पारिवारिक मिडिया चलाए र त्यसलाई कमाउने व्यवसाय बनाए । उनले आफ्नो वर्गाेत्थान गरे । उनी र उनको परिवारले चलाएको मिडियालाई पार्टीकरण गर्नुपर्छ भन्ने हाम्रो मागलाई दीनानाथले बेवास्तामात्र गरेनन्, यसको उत्तर दिनबाट उनी भागिरहे । पार्टीको प्रभावमा स्थापना गरिएका र उनको परिवारको स्वामित्वमा सञ्चालित ती मिडियाले स्थानीय निर्वाचनका बेला माओवादी केन्द्र र यसको शीर्ष नेतृत्वले उठाएको एजेण्डालाई कसरी प्रस्तुत गरेका थिए, सबैलाई जानकारी भएकै विषय हो । दीनानाथ शर्मा लगातार पार्टीको लाभ लिने ठाउँमा पुग्दा पनि उनी किन पार्टी र आन्दोलनलाई सुदृढ गर्नभन्दा पनि आफू र आफ्नो परिवारको वर्गाेत्थानमा मात्र लागेका छन् ? यसमा उनलाई मात्र दोषी मान्न नसकिएला । वैकल्पिक मिडियाको सन्दर्भमा कुरा उठाउँदा धेरै कुरा उठाउन सकिन्छ । मैले यो विषयलाई छुन मात्र खोजेको हो, मुद्दाका रुपमा उठाउन खोजेको होइन । 

अहिले हामीकहाँ जीविकोपार्जन र एजेण्डाका लागि स्वतन्त्र रुपमा केही मिडिया मात्र चलेका छन् । त्यसले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सकेको छैन । वैकल्पिक मिडिया अहिले कमजोर अवस्थाबाट गुज्रिरहेको छ । अहिले मिडिया र राजनीति कर्पाेरेट मिडियाको छायाँमा छ । वैकल्पिक मिडियाका पक्षपातीहरु एकपटक फेरि सङ्कल्पका साथ एकताबद्ध हुन सक्ने हो भने मात्र यो दृश्य उल्टिन सक्छ । अर्थात् नाफाखोर कर्पोरेट मिडियाबाट राजनीति र सञ्चारक्षेत्रलाई मुक्त गर्न सकिनेछ । अन्यथा मिडिया पनि बहुराष्ट्रिय कम्पनीको एकाधिरबाट मुक्त हुन सक्ने छैन । 

हामीले समय र पैसामात्र होइन, जीवनकै जोखिम मोलेर वैकल्पिक मिडियाको धार स्थापित गरेका थियौं । त्यसका लागि जेलनेल, यातना र मृत्युलाई समेत स्वीकार ग¥यौं । लेख्न र भन्न सकिने विषय धेरै छन् । अहिलेलाई पुरस्कार लागि नीमबहादुर बुढाथोकीको नाम सिफारिस गर्ने सबैलाई र पुरस्कृत गर्ने नेपाल सरकारलाई धेरै–धेरै धन्यवाद । समयबद्ध साप्ताहिकबाट

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive