newsone

माधव नेपाललाई व्याक फायर

newstwo माधव नेपाललाई व्याक फायर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रका विषयलाई लिएर सार्वजनिक रुपमा चर्को असन्तुष्टि जाहेर गरे । माधव नेपाललाई निकटबाट बुझ्नेहरुलाई यति नै बेला उनले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड तथा सरकारका विरुद्ध जेहाद छेड्नुको गुढ अर्थ केलाउन धेरै हम्मे पर्दैन । 

हो, सतहमा पार्टी र सरकारले गरेको कामकार्वाहीप्रति सन्तुष्ट हुने ठाउँ छैन । यो आम बुझाइ हो । पार्टीको प्रदेश संगठन निर्माण, सरकारको अकर्मण्यता आदि अनेक विषय आलोचनायोग्य छन् । तर, माधव नेपालको असन्तुष्टि यी विषयसँग मात्र सबन्धित मान्न धेरै तयार छैनन् ।  

विम्स्टेक सम्मेलन, विम्स्टेक संयुक्त सैनिक अभ्यासमा नेपालको नामञ्जुरी, नेपाल चीन पारवहन सन्धिको पहल, नेपाली सेनाको चिनियाँ जनमुक्ति सेनासँग भएको संयुक्त सैनिक अभ्यास, बुढी गण्डकी आयोजना गेजुवालाई दिने निर्णय आदिसँग सम्बन्धित मानिएको छ नेता नेपालको असन्तुष्टि । तर, यी विषयमा ठाडो असन्तुष्टि देखाउँदा उनको हालत के हुन्छ भन्ने माधव नेपाल जत्तिको नेतालाई राम्रैसँग थाहा छ ।

नेपालको विगत 

माधव नेपालको विगत कोट्याउने हो भने ०४६ सालको आन्दोलनअघि नेकपा मालेको बैठकमा प्रस्ताव गरेको विषयदेखि उनको दृष्टिकोण केलाउनु पर्छ । उनले त्यो बैठकमा सिधै गणतन्त्रमा जाने हो भने गोर्खा सैनिकलाइ भारतले हतियार दिएर पठाउने कुरा राखेका थिए । मदन भण्डारीले सुविचारित निर्णय गरेर यो प्रस्तावलाई किनारा नलगाएको भए यतिखेर नेपालले अर्कै राजनैतिक परिवेशको सायद सामना गर्नु पर्दथ्यो । 

त्यसयताका समसामयिक राष्ट्रिय राजनीतिमा उनले देखाएको भूमिकाको पृष्ठभूमि त्यस्तै सन्दिग्ध देखिन्छ । चाहे त्यो महाकाली सन्धिको प्रसङ्गमा होस् या त्यसपछिका परिघटनामा । राजा वीरेन्द्रको सपरिवार वंशनास हुँदा छानविन आयोगमा बस्ने कुरामा उनले पहिले जुन तत्परता देखाए र पछि अप्रत्याशित आयोगमा नबस्ने निर्णय लिँदै पछि हटे त्यो उनको मात्र अन्तरआत्माको निर्णय थियो भनेर मान्न सकिन्न । छानविन आयोगमा प्रतिपक्षी दलको नेता हुनैपर्ने भनेर पुरानो आयोग नै ढिसमिस गराउने प्रस्ताव गर्ने र म छुटुँला है भनेर अप्रत्यक्ष दवाव उनैले दिएका थिए । 

दरवारले सोही वमोजिमको आयोग पछि गठन पनि गरेको थियो । हुन त उनले पार्टीले नबस्ने निर्णय गरेकाले आयोगमा बस्न नसकेको तर्क दिए । तर, त्यो एउटा पाल्सी तर्क बाहेक केही थिएन । उनी त्यतिखेर पार्टीको शक्तिशाली महासचिव थिए । त्यस्तो बेलामा महासचिवको इच्छा विपरीत र एउटा देशभक्त राजाको बंशनास भएको घटनाको छानविन गर्नु तत्कालीन एमाले र स्वयम् नेपालको लागि लोकप्रिय र संवेदनशील अवसर नै हुन्थ्यो, यस्तो अवसरबाट एमाले चुक्ने थिएन । तर, राजा वीरेन्द्रको वंशनासको दुर्दान्त परिस्थितिबाट कोही पनि भाग्दैन थियो । पूरै देशको राष्ट्रिय राजनीतिमा आएको उथलपुथलमा माधव नेपालको भूमिका आम सर्वसाधारणले सोचेको भन्दा विल्कुल फरक थियो ।

नेपालको जाहेरी 

      गहिरो जाँचपडताल गर्ने हो भने उनको अभियानले सरकारले गरेको दीर्घ महत्वको कुराहरुलाई सेबोटेज गर्न सक्छ । उनको जाहेरीमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई एकै ठाउँमा ल्याएर ललकारेका छन् । 

प्रचण्डलाई उनले बाना मिलाएका मात्र हुन । पार्टीभित्रको पजनीको विषय यति हदसम्म उठाउनु जरुरी नै पर्दैन । केपी ओलीलाई घेर्न माधव नेपाल असक्षम छैनन् । उनले चाहँदा प्रदेश संगठनमा भएको असन्तुलन उल्टन सक्छ । केपी ओलीको संगठन चलाउने पद्धति एकाङ्गी र मनोगत होला । 

यही बानी व्यहोराले पार्टी संगठनमा उनी लोकप्रियताको ग्राफबाट ओह्रालो लागेको अनुभूति पनि भएकै होला । यही छिद्रबाट माधव नेपालले यो अभियानमा एक लस्कर स्थायी समिति सदस्यहरुको समर्थन पनि प्राप्त गर्न सक्लान् । पार्टी पद्धति ठीक गर्नलाई माधव नेपालले चालेको यो कदम हो भने त्यसको प्रतिवाद गर्नु आवश्यक छैन । केवल कुन स्थानमा कतिबेला पार्टीका विषय उठान गर्ने पद्धतिलाई ख्याल गर्नुपर्ने हुन्छ । 

दुई अध्यक्षले निषेधको राजनीति गरेकोमा चित्त दुखेको हो भने पनि विधि र प्रक्रियामा टेकेर नै यसलाई सच्याउनु पर्छ । बृहत्तर एकताका लागि सन्तुलन मिलाउने कुरा मुख्यतः दुई अध्यक्षको नै हो । धेरै प्रदेशमा सन्तुलन नमिलेको सत्य हो । प्रदेश तीन, चार र पाँचमा पूर्व माओवादीमा पनि असन्तुलन भएको भनेर व्यापक असन्तुस्टि छ । अझ प्रदेश तीनमा त माओवादीका अत्याधिक बहुमत सचिवालय सदस्यले कार्यदलको निर्णयमा सार्वजनिक असहमति जाहेर गरेका छन् । प्रदेश नम्बर पाँचमा संगठनात्मक अनुभव भएका थुप्रै पुराना नेता रहदारहदैं ओनसरी घर्तीलाई प्रदेशको अध्यक्ष बनाएकोमा पूर्व माओवादीमा व्यापक असन्तुस्टि रहेको छ । 

यो स्वाभाविक हो । मुख्यतः अध्यक्षद्वयले यस्ता असन्तुलन र असन्तुस्टिलाई सम्बोधन गरेर बृहत्तर एकताका लागि पहल गर्नुपर्छ । यसको अर्थ हाटबजारमा बिस्कुन छरेजस्तो पार्टीका कुरा छताछुल्ल गर्नु चाहिं माधवकुमार नेपालको स्तरको नेतालाई सुहाउने कुरा होइन । यस्तो तरिकाले त पार्टीलाई मजबुत होइन थप कमजोर पार्छ । 

पार्टीलाई लिकमा हिँडाउन कसै न कसैले यो बिडा उठाउनु आवश्यक थियो, छ । तर, अन्तर्यमा अरु कुरा छ भने त्यसले पार्टीको भलो त गर्दैन गर्दैन, माधव नेपालको राजनैतिक जीवनलाई पनि असहज बनाउँछ, देशको भलो गर्ने त कुरै भएन । 

प्रमलाई विस्थापित गर्ने गुरुयोजना

केपी ओली सरकारले चीनसँग राम्रो समझदारी बनाएको इण्डो–अमेरिकीलाई मन परेको छैन । यसैले उनीहरुले यो सरकारलाई अस्थिर बनाउनका लगि प्रारम्भदेखि नै प्रहार गरिरहेका छन् । प्रधानमन्त्रीलाई द¥हो साथ दिइरहेका इमान्दार र गतिशील गृहमन्त्री रामबहादुर थापा ‘वादल’ लाई पहिलो चरणमा फालेर सरकारलाई अस्थिर बनाउने र दोस्रो चरणमा केपी ओलीलाई विस्थापित गर्ने रणनीति बुझ्न कठिनाइ छैन । गृहमन्त्री वादललाई वाहिरबाट तीब्र आक्रमण प्रम ओलीलाई कमजोर र असफल पार्ने गुरुयोजना अन्तर्गत नै भएकोमा कतै द्विविधा छैन । 

केपी ओली सरकारका उल्लेख गर्न मिल्ने राम्रो काम गृहमन्त्री वादलबाट नै भएको हो । उनीमाथिको प्रहार त मत्थर भएको छैन तर यसबीचमा भएका तीब्र राजनीतिक घटनाक्रमले सिङ्गो सरकारका विरुद्ध प्रहार केन्द्रित भएको छ ।

बिम्स्टेक सैन्य अभ्यासका लागि नेपाली सेनालाई रोक्ने, चीनसँग पारवहन सन्धिका लागि पहल गर्ने र चिनियाँ कम्पनी गेजुवालाई बुढी गण्डकी दिने रणनीतिक सहमति गरेपछि इण्डो–अमेरिकी लवी प्रम केपीसँग निकै उत्तेजित भएको छ । र, प्रधानमन्त्री ओलीलाई फाल्न भित्रबाट नै खेलेको आँकलन गरिएको छ । माधवकुमार नेपालको अहिलेको लडाईंलाई त्यसैसँग जोडेर कतिपयले हेरिरहेका छन् । समयबद्ध साप्ताहिकबाट  

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive