newsone

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १५ पुग्यो, मृत्यु हुनेमा अधिकांश नेपाली रहेको आशंका

newstwo मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १५ पुग्यो, मृत्यु हुनेमा अधिकांश नेपाली रहेको आशंका

काठमाडौं – मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यसमध्ये अधिकांश नेपाली रहेको आशंका गरिएको छ ।
 
मलेसियन अनलाइन न्युज पोर्टल द स्टारका अनुसार चार नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ, पहिचान भएका घाइतेहरूमा पनि अधिकांश नेपाली छन् ।
 
३३ जनाको क्वालालम्पुर, सुंगाइबुलो, आम्पाङ, बान्तिङ र क्लाङस्थित अस्पतालमा उपचार भइरहेको छ । विषाक्त मदिरा सेवनबाट मृत्यु हुने र बिरामी पर्नेमध्ये १९ जनाको राष्ट्रियता पहिचान भएको छ । जसमा १५ नेपाली, दुई मलेसियन र दुई बंगलादेशी छन् ।
 
उनीहरूले विभिन्न पसलबाट खरिद गरिएको मन्डाले र ग्रान्ड रोयल ह्विस्की तथा किंग फिसर वीयर सेवन गरेको पाइएको प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।
 
यता परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले घटनाको सम्बन्धमा हल्ला सुनेको र मलेसियास्थित दूतावासलाई बुझ्न निर्देशन दिइएको बताए । दूताबासबाट खबर आएपछि मात्र थप जानकारी दिन सकिने उनले बताए ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive