newsone

मजदुर पक्षीय टे«ड युनियनको पहिचान

newstwo मजदुर पक्षीय टे«ड युनियनको पहिचान

अर्जुन चिमरिया

भनिन्छ, हरियो घाँसभित्र लुकेको हरियो सर्पलाई सजिलैसँग हेर्न सकिन्न र हाम्रो हेराइ वा दृष्टिभ्रम भई सर्पलाई घाँस झैँ देखिन्छ । त्यस्तै नेपालको सन्र्दभमा मजदुरहरुको पेशागत अधिकारलाई सुनिश्चित गर्न र लगानीमा मजदुरहरुको समेत सहभागी (शेयर) हुनुपर्छ भन्ने भनाई राख्दै आएका टे«ड युनियनहरु नभएका हैनन्, तर किन मजदुरहरुका समस्याहरु पहिचान गरी मजदुरका पेशागत अधिकारलाई सुनिश्चित गर्न टे«ड युनियनहरुको बीचमा साझा अवधारणा कायम हुन सक्दैन् ? मजदुरहरु के हुन् ? मजदुर र श्रमबीचको के सम्बन्ध हुन्छ ? मजदुर र श्रमबीचको सम्बन्धबाट मजदुरको पारिश्रमिक (ज्याला) को वैज्ञानिक निर्धारण के हो ? मजदुर, उसको श्रम र यसबाट पाउने पारिश्रमिक (ज्याला) को संरक्षणबीचमा अन्तर्सम्बन्धलाई मजदुरहरुको उचित व्यवस्थापन गर्न, राजनैतिक अधिकार वा कुनै पार्टीमा आस्थावान र उसको सदस्य लिन पाउने अधिकारसमेतको रक्षाले मात्र सम्भव छ ।

मजदुरहरुको अगाडि मुख्य दुई वटा कार्यभार हुन्छन् । मजदुरहरुको जीवन अवस्था सुधार गर्ने र मजदुर वर्गीय राज्यसत्ता स्थापनार्थ संघर्ष गर्ने । तसर्थ, नेपालका टे«ड युनियनहरुबीचमा यी दुई कार्यभारहरुमा मतभेद देखापरेका छन् । केही टे«ड युनियनहरु पूँजीपति वर्गका सेवक बनेका छन् । उनीहरु टे«ड युनियन नाम मात्रका हुन् । जब मजदुरहरुले संघर्ष उठाउँछ, विद्रोह गर्छ राज्य र पूँजीपती वर्गको विरुद्ध मध्यस्थकर्ताको रुपमा, खासगरी पूँजीपती वर्गको रक्षाकवजको रुपमा मजदुर आन्दोलनलाई तुहाउन र केही मजदुर नेताहरुको खल्ती भर्न टे«ड युनियनका नेताहरु देखापर्छन् । रुपमा ती टे«ड यूनियनहरु मजदुरका जस्ता देखिएता पनि सारमा पुँजीपति वर्गका लागि खुलेका हुन्छन् । यस्ता टे«ड युनियनहरुले मजदुरहरुको समस्या र यसको निकासमात्र मजदुरहरुको जीवन अवस्था सुधार गर्ने वा पेशागत अधिकारको मात्र व्याख्या गर्ने र मजदुरहरुलाई आफ्नो पेशाभन्दा फरक वा देशको राजनैतिक र नागरिकले गर्न पाउने राजनैतिक अधिकारको बारेमा ‘अ’ समेत नभन्ने गरेका छन् ।

भनिन्छ, हात्तीको देखाउने दाँत र चपाउने दाँत फरक भए झैँ यस्ता टे«ड युनियनहरुले मजदुरहरुलाई गुमराहमा राख्ने गरेको र नेतृत्वहरु वा टे«ड युनियनका नेतृत्वहरु भने राजनैतिक पार्टीका सक्रिय सदस्य हुनुले के देखाउँछ भने मजदुरहरु जो प्रतिष्ठानमा कार्यरत छन् वा आफ्नो पेशाको लागि खटिएका छन् । तिनीहरुले राजनैतिकको बारेमा ‘र’ समेत उच्चारण गर्न हुन्न भन्ने ग्रसित मानसिकताबाट पीडित भई मजदुरहरुलाई मात्र टे«ड युनियनहरुले आफ्नो अनुकूलतामा प्रयोग गर्ने गरेका छन् । यसका कयौँ उदाहरणहरु हाम्रा सामु छन् । बेतनवृद्धि गर्ने समयावधि दुई वर्ष हुनेमा समय वृद्धि गरी तीन वर्ष पु¥याउने, बेतनवृद्धि गर्दा वास्तविक महंगीको अनुपातमा वृद्धि गर्नुपर्नेमा हचुवामा वा लेनदेन गरी न्यून वृद्धि गर्ने र सो वृद्धि समेत अस्पष्ट हुने र समायोजन भन्ने शब्द प्रयोग गरी पुनः सौदावाजी (मागदाबी) बाट प्राप्त सेवा सुविधा समेत कटौती गर्ने प्रावधान खडा गर्ने गरेका विगतका वर्षहरुबाट स्पष्ट नै छ ।

यतिमात्र नभई बेतनवृद्धि बोर्डले बेतनको बारेमा मात्र स्पष्ट गर्नुपर्नेमा केही टे«ड युनियनहरुलाई हातमा लिई मजदुरहरुको श्रम सुविधा र यसलाई सुनिश्चित गर्न उपलब्ध भएका श्रम ऐनका अधिकारलाई समेत कुण्ठित पारी व्यवसायहरुको अनुकूलतामा मजदुरहरु न्यून परिश्रममा हायर गर्ने र प्रतिकुलमा (आवश्यकता नपर्दा) हटाउन पाउने (हायर एण्ड फायर) व्याख्या गरी उल्लेख गर्ने, काम गरेको दिनको ज्याला पाउने, नगरेको दिनको दिनु नपर्ने अर्थात श्रम ऐन अनुसार कानुनी प्रक्रिया पु¥याई गरेको हड्तालको पैसा दिनु नपर्ने जस्ता अनेक मजदुरविरोधी सहमति गरी बेतनवृद्धि बोर्डको निर्णय र टे«ड युनियनहरुको ल्याप्चे छाप लाएको सहमतिबाट तयार गरिएको राजपत्रमार्फत् मजदुरहरु सामु ल्याइएका विगतका वर्षहरुमा देखेका टे«ड युनियनहरुको गतिविधिहरुबाट छर्लङ्ग नै छ । यस्तो भन्दै गर्दा व्यवसायीहरुको लगानी संरक्षण नगर्ने र लगानीको प्रतिफल नपाउने हुनुपर्छ भन्ने होइन मात्र व्यवसायीको लगानी संरक्षण गर्ने भन्दैमा मजदुरहरुका सम्पूर्ण अधिकार कटौती गर्नुपर्छ भन्ने पनि त होइन् ।

माथि उल्लेख गरिएको मजदुरहरुको दुईवटा कार्यभार मजदुरहरुको जीवन अवस्था सुधार गर्ने (पेशागत अधिकार) र मजदुर वर्गीय राज्यसत्ता स्थापनार्थ संघर्ष गर्ने (राजनैतिक अधिकार) यी दुवै मजदुरहरुको लागि अपरिहार्यता हो । यी दुईमा एक हटाइयो भने मुटु झिकेको मानव वा यन्त्र मानव मात्रको परिकल्पना मजदुरहरुमा हुन जान्छ । तसर्थ भ्रम र झुटको खेती गरेता पनि व्यवहारबाट नै पुष्टि हुन्छ । वास्तविक मजदुर पक्ष टे«ड युनियन कुन हो ? अन्ततः सम्पूर्ण मुक्तिकामी मजदुरहरुको अवस्था र भरोसाको रुपमा रहेको मजदुर पक्षीय टे«ड युनियनको पहिचान गर्नु नै आम मजदुरहरुको अहिलेको आवश्यकता रहेको छ ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive