newsone

मई दिवस मनाउने परम्पराको थालनी कसरी भयो ?

newstwo मई दिवस मनाउने परम्पराको थालनी कसरी भयो ?


कृष्णदास श्रेष्ठ

मे दिवस अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस संसारभरका श्रमजीवी जनताको महान् र गौरवमय दिन हो । यस दिवसलाई प्रत्येक वर्ष मे १ तारिखका दिन मनाउने गरिन्छ । श्रमजीवी जनताको ऐक्यबद्धताको अभिव्यक्तिस्वरुप रहेको यस महान् दिवस पुँजीवादी शोषण तथा उत्पीडनका विरुद्ध मजदुरवर्गको संघर्षको अग्निज्वालाबाट पैदा भएको थियो । उक्त दिवस सर्वप्रथम सन् १८८६ को मई महिनामा अमेरिकाको सिकागो शहरबाट शुरु भएको थियो । त्यसैले यस दिवसलाई विश्व सर्वहारावर्गको पक्षमा संयुक्त राज्य अमेरिकाको एउटा ठोस, महान् दिनको रुपमा लिइएको छ । यस दिवसको उत्पत्ति कसरी भयो भने विषयमा छोटकरीमा विचार गरौं ।

मे दिनको स्रोत पुँजीवादी शोषणका विरुद्ध अमेरिकाका मजदुरहरुको त्यस्तो संघर्ष रहेको छ, जुन संघर्ष आठ घण्टा कार्यदिनका लागि आन्दोलनको रुपमा भएको थियो । सन् १८८४ बाट शुरु भएको उक्त आन्दोलन सन् १८८६ मा अमेरिकाका ठूला औद्योगिक शहरहरुमा न्यूयार्कदेखि सानफ्रान्सिसकोसम्म मजदुरहरुको जुलुस प्रदर्शन र हड्तालको लहर नै फैलियो र सो व्यापक लहरमा संघर्षको मुख्य थलो सिकागो शहर रहयो, जुन त्यसताका लडाकु मजदुर आन्दोलनको केन्द्र थियो । सो साल मे दिवसमा हड्ताली मजदुरहरुले शोषणका विरुद्ध अनेकौं मागहरु राखेर प्रदर्शनहरु गरे । तिनको सबभन्दा प्रमुख माग थियो– आठ घण्टा कामको दिन । मे १ तारिखका दिन सिकागोका मजदुरहरु कारखानाहरुमा काम गर्न छाडेर सडकमा भेला भए । उक्त हड्ताल अन्य दिनहरुमा पनि चालु रह्यो । मे ३ तारिखका दिन शान्तिपूर्ण र संगठित ढंगबाट भएको विशाल मजदुर प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ६ जना मजदुर मारिए, ५० जना घाइते भए । शासक वर्गको उपरोक्र पाशविक तथा घिनलाग्दो कार्वाहीका विरुद्ध भोलिपल्ट मे ४ तारिखका दिन मजदुरहरुले सिकायो शहरको मुख्य सडक हे मार्केट चोकमा विशाल आमसभा गरे । सो सभामा मजदुर नेताहरुले क्रूर प्रहरी दमनको घोर भत्र्सना र निन्दा गरे । आममजदुरहरुलाई आफ्नो अडानमा अडिक रहन आह्वान गरे । सो संघर्षले मे ४ तारिखमा उपरोक्त चोकमा भएको आमसभामा गएर उच्चतम् विन्दु प्राप्त ग¥यो । सभा विर्सजन हुन लागेकै बेलामा एकजना दलाल उत्तेजकले एउटा बम फाल्दा कैयन् प्रहरी र सहभाीहरुको हत्या भयो । प्रहरीहरुले बम हान्ने मानिसतिर हेर्दै हेरेनन्, बरु सो घटनालाई बहाना बनाएर उनीहरुले मजदुरहरुको भीडमा अन्धाधुन्ध गोली चलाएर रक्तपातपूर्ण घटना घटाए ।

सो घटनापछि मजदुरहरुको गिरफ्तारी गरियो र मजदुर आन्दोलनका विरुद्ध व्यापक अभियान चलाइयो । सिकागोका धेरैजना मजदुर नेताहरु समातिए । तीमध्ये प्रमुख नेताहरुमाथि मुद्दा चलाइयो । उनीहरुमाथि हत्याको अभियोग लगाएर घोर मजदुरविरोधी न्यायाधीश रहेको अदालत गठन गरी सो मुद्दाको फैसला गर्न लगाइयो । उक्त अदालतबाट सातजनालाई फाँसीको सजाय र एकजनालाई १५ वर्ष कैदको सजाय गर्ने फैसला गरियो ।

उपरोक्त मुद्दा चलेको बेलामा मजदुर नेताहरुले जुन प्रकारको अपार साहस र प्रतिष्ठायुक्त अडानको प्रदर्शन गरे, त्यसमा सर्वहारावर्गमा निहित क्रान्तिकारी गुणहरु अभिव्यक्त भए । उनीहरुले आफूमाथि लगाइएको अभियोगको फट्याइँको पर्दाफास गर्नुका साथै प्रतिक्रियावादी सरकारद्वारा गरिएको रक्तपातपूर्ण दमनको तीब्र रोषका साथ निन्दा गरे । मजदुर नेताहरुले वीरतापूर्ण आफ्नो जीवनको आहुती दिए । पार्सन्स नाम गरेका एकजना मजदुर नेता, जो गिरफ्तार हुनबाट जोगिएका थिए, उनले आफै उपस्थित भएर आफ्ना कमरेडहरुको साथमा आफूलाई सहिद बनाए । त्यो सर्वहारा बलिदानी भावनाको एउटा गहकिलो अभिव्यक्ति थियो । फाँसीका सजाय पाएका स्पाइज नाम गरेका मजदुर नेताका आखिरी शब्दहरु यस प्रकारका थिए ः “यस्तो समयपनि आउने, जब हाम्रो मौनता हाम्रो शब्द भन्दा बढी स्पष्ट हुने छ ।” 

      अमेरिकाको सिकागो सहरको हे मार्केट चोकमा घटेका उक्त घटनाहरुले अमेरिकी मजदुर वर्गको राजनीतिक जागरणमा एउटा नयाँ चरणको संकेत ग¥यो, जुनकुरा पछि गएर आमहत्याका शिकार भएका सिकागोका मजदुरहरुसित एक्यबदता जनाउन भएका सभा प्रदर्शनहरुबाट स्पष्ट भयो । त्यसका साथै सिकागोका बहादुर मजदुरहरुको उक्त गौरवशाली संर्घष र सो संघर्षबाट उत्पन्न दुःखद घटना मई दिवसको लागि मूल प्रेरक तत्व र सो दिवस मनाउने परम्पराको स्रोत बन्यो ।

      १८८९ जुलाई  ४ तारिखका दिन पेरिसमा मजदुरहरुको अन्तर्राष्ट्रिय समाजवादी महाधिबेशन भयो, जसमा २० मुलुकका समाजवादी पार्टीहरुका ३९० जति प्रतिनिधिहरुले माग लिएका थिए । दास्रो इन्तरनेशनल (अन्तर्राष्ट्रिय मजदुर संगठन) को उक्त पेरिस महाधिवेशनले आठ घण्टा कामको दिन, बाल श्रममा रोक, जातीयभेदभाव विना पुरुष र महिलाहरुको समान कामको लागि समान ज्याला, बिनारोकटोक मजदुर संघहरु बनाउने स्वतन्त्रता आदि मजदुरवर्गका हितहरुसित सम्बन्धित महत्वपूर्ण माँगहरु गर्नुका साथै एउटा अर्को महत्वपूर्ण  प्रस्ताव पनि परित ग¥यो । उक्त प्रस्तावमा विश्वभरका मजदुरहरुलाई  कस्तो  आव्हान गरियो भने १८८६ मई  महिनामा भएको सिकागो सहरका मजदुरहरुको साहसिलो संघर्ष र त्यसबाट उत्पन्न दुःखद घटनाको सम्झनामा १८९० मई १ तारिखलाई मजदुर जनताको अन्तर्राष्ट्रिय एकबद्धता दिवसको रुपमा मनाइयोस, सो दिन सबै मुलुकहरुमा मजदुरहरुले एकसाथ जुलुस प्रदर्शन र सभाहरु गरुन्, आठ घण्टा कार्य दिनको कानुनी व्यवस्था होस र मजदुरवर्गको स्थितिमा तत्कालिन सुधारका लागि माथि उल्लेखित अन्य माँगहरु पूरा गरियोस् भनी आवाज उठाउन् प्रस्ताव निम्न प्रकारको थियो ः 


“महाधिवेशन एउटा ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनको संगठन गर्ने फैसला गर्दछ, जसले गर्दा सबै देशहरुमा र सबै सहरहरुमा एक निश्चित दिनमा श्रमिक जनताले सरकारी अधिकारीहरुसंग के माग गरुन भने कामको समय कम गरेर ८ घण्टा कार्यदिनलाई कानूनी घोषणा गरियोस् । त्यसका साथै त्यसदिन उनीहरुले महानिवेशनका अन्य फैसलाहरुलाई पनि लागू गरियोस् भनी माँग पेश गरुन् अमेरिकी मजदुर महासंघले ९ब्mभचष्अबल ँभमभचबतष्यल या ीबदयगच ० १८८८ डिसेम्बरमा भएको आफ्नो अधिवेशनमा १८९० मेई १ तारिखको दिनलाई त्यस्तो प्रदर्शन दिवसको रुपमा मनाउने फैसला गरेको छ । त्यसैले उक्त दिनलाई अन्तर्राष्ट्रिय प्रर्दशन दिवस मानिएको छ । विभिन्न मुलुकहरुका मजदूरहरुले आफ्नो मुलुकको स्थितिअनुसार उक्त प्रदर्शनको निश्चित रुपले संगठन गरुन”

त्यसरी मई दिवस मनाउने परम्पराको शुभारम्भ भयो । त्यसको शुभारम्भ गर्ने प्रस्तावको सर्वोपरि महत्वलाई इंगित गरी एन्जेल्सले १८८९ अगष्ट २७ तारिखमा पौल लार्फाजलाई लेख्नु भएको पत्रमा भन्नुभयो । हाम्रो महाधिवेशनले हासिल गरेको सर्वोत्तम उपलब्धि त्यही थियो ।

उक्त अन्तर्राष्ट्रिय समाजवादी महाधिवेशनको आव्हान अनुसार १८९० मई १ तारिखमा एकसाथ जुलुस प्रदर्शनहरुको लागि तयारी हुनथाल्यो । उक्त दिन धेरैजसो युरोपेली मुलुकहरुका ठूलठूला सहरुमा लाखौंलाख मजदुरहरु सडकमा उत्रे र भनेकौं सहरहरुका कारखानाहरुमा हड्ताल भए । स्पेन र बेलायतमा उक्त दिवस मई महिनाको पहिलो मईको पहिलो आइतबार मई दिवस मनाउने गरिन्छ । सो दिन भएका सबै प्रदर्शन र हड्तालहरुमा आठ घण्टा कामको दिनको मागलाई मुख्य मागको रुपमा उठाइयो । शासकवर्गको तर्फबाट एक साथ भएका मजदूर कार्वाहीहरुलाई रोक्न मजदूर प्रयासहरु भए, अनेकौं स्थानहरुमा मजदूरहरु र सशस्त्र प्रहरीका बीच भिरन्तहरु भए उदाहरणका लागि उत्तरी फ्रान्सको उपलक्ष्यमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीहरुले गोली चलाउँदा ५० जना जतिलाई गोली लाग्यो र तिनका १० जनाको तत्काल मृत्यु भयो । तर कठोर प्रहरी दमन हुदाँहुदैं, मजदुरहरुको त्यस दिन मई दिवसको गौरवशाली परम्परालाई स्थापित गरेर अन्तर्राष्ट्रिय सर्वहारा एक्युबद्धता दर्साए ।

१८९० मई १ तारिखमा मनाइएको अन्तर्राष्ट्रिय मजदूर दिवसको सम्बन्धमा एजेल्सले सोही दिन लेख्नुभएको “सबैदेशका मजदूरहरु हो, एक होऊ÷चालीस वर्ष पहिले पेरिस क्रान्ति, जसमा सर्वहारावर्ग आफ्नै माग लिएर मैदानमा उत्रेका थिए—त्यसको पूर्वकालमा हामीले संसारका सामु यो नारा धन्काउँदा त्यसको प्रत्युचरमा कुनै आवाज सुनिएन तर सेप्टेम्बर २८,१८६४मा धेरैजसो पश्चिम युरेपेली देशहरुका चरिस्मरणीय अन्तर्राष्ट्रिय मजदुर संगठनभित्र एकजुट भए । हो इन्टरनेशनल नौ वर्षसम्म मात्र बाँच्यो । तर त्यसद्धारा सिर्जित सबै देशका सर्वहाराहरुको अनन्त एकता पहिले भन्दा पनि दरिलो भएको छ । यो वर्तमान स्वयं यस कुराको जिउँदो साक्षी हो । किनभने, आज यी पँत्तीहरु लेख्न बस्दा १८६६ मा इन्टरनेशनलको जेनेभा अधिवेशनद्वारा  र फेरि १८८२ मा पेरिस मजदूर महाधिवेशनद्धारा घोषणा गरिएको आठ घण्टा क्रमको दिनका कानूनी व्यवस्था गर्ने माँग र उद्देश्य लिएर एउटै सेनाको रुपमा, एउटै झण्डामुनि संगठित भई युरोपेयाली र अमेरिकी सर्वहारावर्ग आफ्ना जुझारु शक्तिहरुको समोक्षा गर्दछ । आजकाल समारोहमा सारा देशका पूँजीवादी जमिन्दाहरुमा कुन तथ्य छर्लङञ्याइदिनेछ भने सबै देशरुहका मजदुहरु आज साँच्चिकै एकताबद्ध छन् ।”

    त्यस ढगबाट विश्व सर्वहारावर्गको एउटा परम्परा एउटा गौरबशाली लडाकु सर्वहारा परम्पराको थालनी भयो । १८९० पछिदेखि प्रत्येक वर्ष मई १ तारिखमा सबै मुलुकहरुमा एकसाथ मजदूर कार्वाही गर्ने र अन्तर्राष्ट्रिय मजदूर एक्युबद्धता (एकताबद्ध अन्तर्राष्ट्रिय सर्वेहारा कार्वाही द्वारा) जनाउने विचार फैलिएर बलियो भयो । अनि जति वर्षहरु बित्दै गए, त्यति बढी मुलुकहरुमा एक न एक रुपमा मई दिवस मनाउने गरियो । आज संसारमा कुनै पनि त्यस्तो मुलुक छैन जहाँ कुनै रुपबाट मई दिवस नमनाइएको होस् । विश्वका श्रमिक जनताको लागि मई दिवस शोषण तथा उत्पीडनको विरुद्ध, श्रमजीवी जनताको हकहित तथा मुक्तिको लागि स्वतन्त्रता, जनवाद, समाजवाद, तथा प्रगतीको लागि संघर्षमा एकताको आव्हान हो । मेई दिवस अन्तर्राष्ट्रिय मजदूर दिवसको रुपमा यो विश्व सर्वहारावर्ग र श्रमजीवी जनगणको एउटा पर्व रहेको छ ।


 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive