newsone

पृथ्वी ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने नेतालाई मृत्युदण्ड

newstwo पृथ्वी ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने नेतालाई मृत्युदण्ड

२२ असार, काठमाडौं । ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने र २३ वर्षअघि टोकियोको एक सब–वेमा विशालु ग्यास आक्रमण गर्ने कट्टर धार्मिक समूहका एक नेतालाई जापान सरकारले मृत्युदण्ड दिएको छ ।

आसहारासहित ७ जनालाई टोकियोको हिरासत घरमा शुक्रबार बिहान मृत्युदण्ड दिइएको हो । आसहारा ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने अम सिनरिक्यो समूहका नेता हुन् ।

उनी सन् १९९५ को २० मार्चमा टोकियोको एक सब(वेमा स्नायू प्रणालीमा असर पुर्‍याउने विशालु ग्यास आक्रमण गर्ने मुख्य योजनाकार हुन् । जापानको अहिलेसम्मकै हिंसात्मक मानिने उक्त आक्रमणमा १३ जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए ।

त्यसपछिका महिनाहरूमा उक्त सम्प्रदायका सदस्यहरूले विभिन्न स्थानमा हाइड्रोजन साइनाइडको प्रयोग गरी आक्रमण गर्ने प्रयास गरेका थिए । कम अपराध हुने र सामाजिक एकताको नमूना देश मानिने जापान उक्त आक्रमणपछि स्तब्ध बनेको थियो ।

उक्त घटनामा संलग्न भएको भन्दै दर्जनौंलाई अभियोग लगाइएको थियो । उनीहरुमध्ये मुख्य योजनाकार आसहारा सहित १३ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो । अझै ६ जना मृत्युदण्डको मिति कुरेर बसिरहेका छन् ।

अम सिनरिक्यो एक धार्मिक सम्प्रदाय हो र यसका संस्थापक सोको आसहारा हुन् । उनले आफूलाई जिसस क्राइस्ट र बुद्धपछि पहिलो पटक ‘ज्ञान पाएको’ दावी गर्दै आएका थिए । एजेन्सी

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive