newsone

पुँजीपतिको हातमा मजदुर आन्दोलन

newstwo पुँजीपतिको हातमा मजदुर आन्दोलन

पुँजीवादी भनेकै व्यक्तिवादी अराजकतावाद हो । पुँजीवादले आफ्नो वर्गमा मात्र होइन आफ्नो विपक्ष वर्ग सर्वहारा मजदुर वर्गमा समेत काफी हदसम्म प्रभाव छाड्न सफल भएको छ । मजदुर भएर पनि दार्शनिक रुपमा पुँजीवादी सिद्धान्त अङ्गाल्ने अथवा सामान्य अन्यौल प्रकारका व्यक्तिहरुमा सामान्य प्रक्रियाद्वारा नै पुँजीवादको प्रभाव विस्तार हुनुलाई त्यति धेरै असहज मान्न सकिन्न । तर जब माक्र्सवादको उदय भयो र त्यसले विश्वव्यापी आफ्नो वैचारिक बहसका साथै राज्यसत्ता प्राप्तिको आन्दोलनमा सहभागी बन्दै आए । त्यस अवस्थामा माक्र्सवादी विचारद्वारा लैस भएर अगाडि बढेको सवहारा मजदुर आन्दोलनभित्र पुँजीवादले प्रवेश ग¥यो ।

माक्र्सवादले आर्थिक वृद्धिका साथै सामाजिक सुरक्षाको ग्यारेण्टी गर्दै सम्पूर्ण सत्ता सर्वहारा वर्गका हातमा भन्ने मूल बाटो तय गरेका कारण मजदुर आन्दोलन यही मार्गमा केन्द्रित बन्दै गयो ।  वर्ग दुश्मनका विरुद्धको स्पष्ट खाका देखेर जति उत्साहित सर्वहारा मजदुर वर्ग बन्न पुगे त्यत्ति नै हतोत्साही पुँजीवादी वर्ग बन्न पुग्यो । त्यसैले सर्वहारा वर्गसँग आम्नेसाम्ने लडेर जीत हासिल गर्न सक्ने अवस्था उनीहरुका अगाडि रहेन । त्यसकारण पुँजीवादी वर्गले एउटा नयाँ प्रकारको षड्यन्त्रको जालो बुन्यो । त्यो भनेको मजदुर आन्दोलनभित्रका कमजोर वैचारिक धरातल भएका मजदुर नेतालाई किनेर वा व्यवस्थित रुपमा आफ्ना प्रतिनिधि आन्दोलनभित्र घुसाएर नेतृत्वमा पु¥याउने र आन्दोलनभित्रैबाट समाप्त बनाइदिने । यो नै उनीहरुका निमित्त उपयुक्त विधि बन्न पुग्यो । यसप्रकारको विधि आज उनीहरुले प्रयोग गर्दै आइरहेका छन् । 

माक्र्सवादका नाममा माक्र्सवादको सारतत्वलाई समाप्त बनाउने सुधारवादले माक्र्सवादमाथि नै आक्रमण ग¥यो । र, मजदुर आन्दोलनलाई सत्ताको प्रश्नबाट अलग्याएर, सुधारवादी गोलचक्करमा फसायो । दोस्रो, मजदुर संगठनभित्रका अगुवा एक दुई जना नेताहरुलाई श्रमविना नै मासिक तलवको व्यवस्था गरिदियो । तेस्रो कुरा, प्रतिष्ठानस्तरका आन्दोलनलाई सम्झौतामा टुंग्याए वापत वा उठ्नै नदिए वापत मजदुर नेताहरुलाई कमिसनको व्यवस्था गरिदियो । त्यतिमात्र होइन मजदुर नेताहरुलाई बस्ने क्वाटरको व्यवस्था, गाँठको व्यवस्था, विमारी पर्दा उच्च प्रकारका सुविधासहित उपचारको व्यवस्था आदिआदि जस्ता सुविधा उपलब्ध गराएर मजदुर नेताहरुलाई भ्रष्ट, अनैतिकताको पराकाष्ठामा पु¥याइदिए । तल्लो वर्गका मजदुरहरुलाई बढीभन्दा बढी शोषण गरेर थुपारेको कालो धनको एउटा सानो अंश दुई चार जना मजदुर नेताहरुलाई बाँडे । हजारौं मजदुरहरुका समस्या सदासर्वदा यथावत राख्न सकिन्छ भने त्यो उनीहरुका निमित्त ठूलो सफलता हो । राज्यसत्ता नै सर्वहारा वर्गका हातमा जाने र शोषणमुलक समाजकै समाप्त भएर हजारौं वर्षदेखि अरुको श्रम पसिनामा बाँच्दै आएका एकाध पुँजीवादीहरुको झुण्डले केही मजदुर नेताहरुलाई किनेर आफ्नो गुम्नै लागेको सत्ता जोगाउनु भनेको अर्को महत्वपूर्ण सफलताका रुपमा लिएका छन् । त्यति गर्दागर्दै पनि सर्वहारा मजदुर आन्दोलन उठ्यो, सत्ता कब्जा ग¥यो र सर्वहारा वर्गको अधिनायकत्व लागू ग¥यो भने पनि प्रतिक्रान्ति निम्त्याएर पुनः पुँजीवादी सत्ताको स्थापना गर्ने पनि तिनै मजदुर आन्दोलनभित्रका अभिजात वर्ग हुन भन्ने प्रमाणित भइसकेको छ । पेरिसका सर्वहारा मजदुरहरुको हार, रुस र चीनमा सर्वहारा मजदुर वर्गले व्यहोर्न परेका हार तिनै संशोधनवादी सुधारवादी अवसरवादका कारणले हो । पुँजीवादीले यसरी एकातिर इमान्दार मजदुर अर्कोतिर अभिजात वर्गीय अवसरवादी नेताहरुका बीचमा फूट पैदा ग¥यो र पुँजीवादी व्यवस्थालाई कायम राख्न सफल बन्दै आएका छन् । सर्वहारा वर्गका वास्तविक नेता कार्यकर्ताहरुले मजदुर आन्दोलनभित्रको अवसरवादी प्रवृत्तिको पहिचान गरेर त्यसका विरुद्धको संघर्षलाई घनिभूत बनाउन आवश्यक छ । 

माक्र्सवाद वस्तुगत यथार्थमा आधारित वैज्ञानिक सिद्धान्त हो । वाह्य रुपमा वर्गसंघर्ष, आन्तरिक रुपमा दुई लाइन संघर्षका बीचबाट माक्र्सवादको जन्म भएको हो । सर्वहारा मजदुर वर्ग र पुँजीवादी वर्गबीचको वर्गसंघर्षको समाधानको सही निचोड नै माक्र्सवाद हो । वस्तुभित्रको द्वन्द्वात्मक सम्बन्ध, पुरानोको पतन तथा नयाँ वस्तुको जन्मको अनिवार्य शर्त, मानव समाजको विकास प्रकृयाको वस्तुगत यथार्थताका साथै व्यक्तिगत सम्पत्तिको शुरुवात र शोषण प्रकृया वर्गसंघर्षको अनिवार्यता, सर्वहारा वर्गको अधिनायकत्व, समाजवाद हुँदै साम्यवादी समाजको स्थापना यसका महत्वपूर्ण पक्ष हुन । सामूहिक उत्पादन तथा आवश्यकताअनुसारको वैज्ञानिक वितरण प्रणाली यसका मुख्य आधारहरु हुन् । मानव समाजको परिवर्तन र परिचालन सम्बन्धी माक्र्सवादले प्रतिपादन गरेका वैज्ञानिक विचार तथा योजनालाई माक्र्सवादको खोल ओडेका केही व्यक्तिहरुले संशोधन गर्ने प्रयत्न स्वयम् माक्र्स तथा एंगेल्सको भौतिक शरीर रहँदै गरेका थिए । पछिल्लो चरणमा लेनिन, स्टालिन र माओका समयमा समेत उक्त अवसरवादी झुण्ड माक्र्सवादका विरुद्ध नलागेका होइनन् । तर वहाँहरुले संशोधनवाद तथा मजदुर आन्दोलनभित्रको टे«ड युनियनवादी अर्थवाद तथा अवसरवादको व्यापक सैद्धान्तिक भण्डाफोर गर्दै मजदुर आन्दोलनलाई क्रान्तिकारी दिशामा रुपान्तरण गर्नु भएको थियो । सर्वहारा वर्गको आन्दोलनलाई एउटा उच्चतामा विकास गरेर पुँजीवादीको धज्जी उडाउँदै समाजवादको स्थापना गर्नु भएको थियो । सैद्धान्तिक रुपमा मात्र होइन व्यवहारत सर्वहारा वर्गको मुक्तिको बाटो देखाई दिनु भएको थियो । 

तर सर्वहारा वर्गको संगठनमा शुक्ष्म तवरबाट घुसपैठ गरेर माक्र्सवादका नाममा माक्र्सवादको गला रेट्ने अवसरवादी तप्काले सर्वहारा वर्ग हातमा आएको सत्ता पँुजीवादलाई बुझाउने मात्र होइन मजदुर आन्दोलन अगाडि बढ्दै गरेका देशहरुमा समेत सुधारवादमा फसाएर समाप्त बनाउने काम हुँदै आएको छ । मजदुर आन्दोलनभित्रको अवसरवादलाई समयमा चिनेर वैचारिक रुपमा समाप्त नबनाइकन क्रान्तिकारी मजदुर आन्दोलनको विकास गर्न सकिदैन भन्ने कुरा तथ्यले सावित गरिसकेको छ । माक्र्सवादको खोल ओडेको अवसरवाद अथवा टे«ड युनियनवादी अर्थवादको व्यापक मात्रामा भण्डाफोर गरेर मात्र क्रान्तिकारी मजदुर आन्दोलनको विकास गर्न सकिन्छ । माक्र्सवादको रक्षा र विकास गर्न सकिन्छ । सर्वहारा वर्गको मुक्तिको झण्डालाई माथि उठाउन सकिन्छ । माक्र्सवादप्रतिको वैचारिक अस्पष्टतालाई व्यवहारत स्पष्ट बनाउँदै  विश्व सर्वहारा वर्गको अभिभारालाई पूरा गर्न सकिन्छ । त्यसका निमित्त मजदुर आन्दोलनभित्रका क्रान्तिकारी तप्काले एउटा जोखिम उठाउँनै पर्दछ ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive