newsone

नोवेलमा अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकको सेवा

newstwo नोवेलमा अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकको सेवा


नशा च्यापिएर थला परेकी उर्मिलाको विना चिरफार निशुल्क उपचार

विराटनगर/ मोरङको पथरी शनिश्चरे नगरपालिका–१० रिगुवाकी उर्मीला महराको शरीर झमझमाउने र अचानक निदाउने समस्या हुन थालेको झण्डै दुई वर्ष भयो । पहिला खासै वास्ता भएन । 

दिनदिनै  शरीर झमझमाउने र दुखाई बढ्न थालेपछि उनी उपचारको लागि पथरी र आसपासका अस्पतालमा गइन् । उपचारपछि एकछिन ठीक भए पनि फेरि उस्तै समस्या आउने गरेका कारण महराको परिवारले उपचारमा झण्डै तीन लाख रुपैयाँ खर्च ग¥यो । तर, पनि रोग निको भएन । तीन महिना अघिदेखि त उनी थला नै परिन । विहान उठ्नासाथ उनको शरीर चल्दैन थियो । प्रायः पैतालादेखि कम्मरका विभिन्न भागमा दुखाई बढ्ने र झमझमाउने समस्याका कारण उर्मिलाले साह्रै पीडा भोगिन् । 

‘घामको तापसँगै जीउ तातेपछि बल्ल ठीक हुन्थ्यो’ उर्मीलाकी दिदीकी छोरी संगिता महराले भनिन् ‘तर, दशैंको टीकाको दिन दुखाइका कारण वेहोस् नै भएपछि उपचारको लागि नोवेल ल्यायौं ।’ उनका अनुसार झण्डै एक वर्ष अघिदेखि उर्मिला ओछ्यान परेकी थिइन् । 

नोवेलमा वेहोस झै अवस्थामा ल्याई पु¥याइएकी सानीआमा (उर्मिला) दुई दिनमै हिड्नसक्ने भएकोमा संगिता आफैं छक्क परेकी छिन् । ‘ल्याएको दुई दिनमै अप्रेशन भयो’ संगिताले भनिन् ‘अचम्मै लाग्यो, यत्रो दिन सहेको रोग उपचार थालेको भोलि पल्टै निको भयो ।’ 

विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलमा आराम गरिरहेकी सानीआमाको साथमा बसेकी संगिताका अनुसार उर्मिला अहिले हिड्डुल गर्नसक्ने भएकी छिन् । थला परेकी सानीमालाई उपचार गराउँदा पनि कुनै शुल्क लागेन । 

जटिल रोगको उपचारमा एक लाख रुपैयाँसम्म छुट दिदै आएको नोेवेल मेडिकल कलेज टिचिङ हस्पिटलले उर्मिलाको उपचार पूरै निशुल्क गरेको छ । ‘औषधिको पनि पैसा लागेन’ संगिताले भनिन् ‘रोग पनि निको भयो पैसा पनि लागेन ।’

नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलका प्रवन्ध निर्देशक डा. सुनिल शर्माले केही दिनअघि उर्मिलाको अवस्थाबारे घरमै पुगेर जानकारी लिएका थिए । ‘मामा केशव दुलालसँगै आएका सुनिल शर्माले नोवेलमा यस्तो रोगको उपचार हुन्छ भन्नुभएको थियो’ संगिताले भनिन् ‘दशैंपछि ल्याउने तयारीमा थियौं, तर, सानिमालाई साह्रो पारेपछि दशैंमा नोवेल ल्यायौं ।’ आर्थिक अवस्था पनि कमजोर र उचित उपचारको अभावमा खपेको पीडा देखेर डा. शर्माले लगाएको गुन कहिल्यै नविर्सने उर्मिलाको बताइन् ।

उर्मिलाले भोग्दै आएको ढाडको नशा च्यापिएर हुने समस्या भएका विरामीहरु हाम्रो समाजमा थुपैै्र छन् । नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सक भित्र्याएसँगै जटिलभन्दा जटिल रोगको उपचार विराटनगरमै सम्भव हुन थालेको छ ।

विराटनगर–४ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजमा भारतका प्रोफेसर तथा न्यूरो सर्जन डा. आइप चेरियन नेतृत्वको टोलीले महराको स्पाइनको सफल शल्यक्रिया गरेको हो । शल्यक्रिया गर्ने टोलीमा फिनल्याण्डबाट आएका डा. हेरनेस नेमी, स्पाइन सर्जर डा. निकोलायन पिभ र न्यूरो सर्जन डा. विनोद फेलिक्स सहभागी थिए । उपचारमा संलग्न चारैजना चिकित्सक विदेशबाट आएका हुन् । मेरुदण्डको भागमा लामो समयदेखि नशा च्यापिएर हिँडडुल गर्न समस्या भएपछि उर्मिलालाई नोबेलमा भर्ना गरिएको थियो । एक वर्ष अघिदेखि मेरुदण्डमा नशा च्यापिएपछि हिड्डुल गर्न नसकी ओछ्यानमा थला परेकी महराको हस्पिटलमा विभिन्न मेडिकल परीक्षणपछि स्पाइनको सफल शल्यक्रिया गरिएको न्यूरो सर्जन डा. चेरियनले बताए । 

‘नोबेलमा अत्याधुनिक उपकरणबाट पहिलोपटक स्पाइनको सफल उपचार भएको छ’, डा. चेरियनले भने, ‘शल्यक्रिया सफल भएपछि हामीहरू उत्साहित भएका छौं ।’ सोही विभागको डाक्टर सुनिल मुनाकोमीका अनुसार पहिले स्पाइनको शल्यक्रिया गर्दा चिरेर ठूलो अप्रेसन गर्ने चलन थियो । अहिले नोवेलले अत्याधुनिक प्रविधी ल्याएपछि उपचारमा सहज भएको हो । 

मेरुदण्डको जोड्नीको भाग हुने कुरकुरे हड्डीले नशा च्यापिएपछि यस्तो समस्या हुन्छ । दूरबिनबाट हेरेर इन्डोस्कोप प्रविधिबाट सानो प्वाल पारेर शल्यक्रिया गर्दा कुरकुरे हड्डी कम हट्ने भएकोले फेरि समस्या हुने सम्भावना कम हुन्छ ।

डाक्टर मुनाकोमीका अनुसार नोवेलमा सुविधा सम्पन्न अत्याधुनिक उपकरणको सहायताले आधुनिक प्रविधिबाट गरिएको स्पाइनको शल्यक्रियामा सफलता मिलेको हो भने यस्तै जटिल समस्या भएका थुप्रै रोगको उपचार गरिदै आएको छ ।  नोबेलमा न्यूरो सर्जरी शुरु भएयता इन्डोस्कोप प्रविधिबाट स्पाइनको शल्यक्रिया पहिलोपटक भएको प्रशासकीय अधिकृत दीपेश राईले बताए । 

मेरुदण्डमा नशा च्यापिएर स्पाइनको शल्यक्रिया गर्ने नोबेल पहिलो हस्पिटल रहेको डा मुनाकोमीले बताए । प्रशासकीय अधिकृत दिपेश राईका अनुसार उर्मिलाको उपचारमा शल्यक्रिया लगायत औषधि समेतको सम्पूर्ण शुल्कहरु निशुल्क गरिएको छ । वर्षौदेखिको रोग निको भएपछि उर्मिलाले नोवेलका डाक्टर र अस्पताललाई धन्यवाद दिदै भनिन् ‘नयाँ जीवन पाएको अनुभूति गरेको छु ।’ 

अस्पतालका प्रमुख सुनिल शर्माकै सम्पर्कमा हस्पिटलसम्म ल्याएर निःशुल्क उपचारको व्यवस्था गरिदिँदा आफूले आर्थिक रुपमा पनि ठूलै राहत पाएको र नयाँ जीवन पाएकोमा प्रवन्ध निर्देशक डा. सुनिल शर्माप्रति आभारी रहेको बताइन् । 

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रवन्ध निर्देशक डा. सुनिल शर्माले सुकुम्वासी, गरिव र असहाय विरामीहरुलाई निशुल्क स्वास्थ्य उपचार सेवा दिदै आएका छन् । महिनौदेखि रोगले थला परेर ओछयानमा नै कष्टकर जीवन जिउन बाध्य परेका दुःखी विरामीहरुलाई अस्पताल ल्याएर उपचार गरी स्वस्थ बनाएर घर पठाउँदा आफूलाई अझ धेरै विरामीहरुको सेवा गर्न प्रोत्साहन मिल्ने डा. सुनिल शर्माले बताए ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive