newsone

नेपालमा दलाल ट्रेड युनियनको बोलवाला

newstwo नेपालमा दलाल ट्रेड युनियनको बोलवाला

राजन तिमल्सिना

नेपाली मजदूर आन्दोलनमा दलाल ट्रेड युनियनहरुको बोलवाला बढिरहेको छ । विगतमा हामीले क्रान्तिकारी ट्रेड यूनियनको रुपमा विकास गरेको ट्रेड यूनियनहरुको नेतृत्व अभिजात र कूलीन वर्गमा परिणत भएपछि त्यससँग सम्बन्धविच्छेद गर्नु क्रान्तिकारीहरुको दायित्व हो । बदलिएको परिस्थिति अनुसार नयाँ ढंगले क्रान्तिकारी ट्रेड यूनियनको पुनर्गठन गर्नु इतिहासको अपरिहार्य आवश्यकता हो । यो ऐतिहासिक कार्यभार पूरा गर्न क्रान्तिकारी विचार, नेतृत्व, कार्ययोजना, कार्यदिशा आवश्यक हुन्छ । हामी क्रान्तिकारी सिद्धान्त र विचारको आधारमा मालेमाको उच्च ढंगको प्रयोग र विकाससहित नेपाली ट्रेड यूनियन आन्दोलनलाई क्रान्तिकारी धारमा हिडाउन चाहन्छौं । अठारौं शताब्दीको अन्तिम दशकमा भएको फ्रान्सेली राज्य क्रान्तिपछि यूरोपमा औद्योगिक क्रान्ति शुरु भयो, जसको कारण सर्वहारा वर्गको विशाल फौज निर्माण भई संगठित रुपमा सर्वहारावर्गीय आन्दोलनको नेतृत्व ग¥यो । पूँजीपति वर्गको तमामखाले शोषण, दमन र उत्पीडनविरुद्ध विद्रोह गर्दै श्रमिक वर्गले विश्वको राजनीति, आर्थिक, सांस्कृतिक क्रान्तिमा ठूलो फेरबदल ल्याइदियो । पूँजीवादी शोषण र अत्याचार अहिले पनि चरम रुपमा विश्वव्यापी बनेको छ । विशेषगरी दक्षिण एशियाली मुलुकमा श्रमिक वर्गप्रतिको शोषण र असमान ज्याला विद्यमान छ । जस्तो नेपाल, भारत, बंगलादेश, पाकिस्तान र अफ्रिकी देशहरुमा मजदुरहरु मध्ययुगीन शोषण र अत्यचारमा बाँच्न विवश छन् ।

श्रम र पूँजीबीचको अन्तर्विरोध कायमै छ । साम्राज्यवादी समर्थक ट्रेड यूनियनहरु वर्गसंघर्षको विरुद्ध वर्गसमन्वय र मेलमिलापको नीतिको वकालत गर्दै आएका छन् । यो विचार भनेको बुर्जुवा विचार हो, जसले बाघ र बाख्रा मिलेर बस्न सक्दछ भन्ने मान्यता राख्दछ । वर्गीय समाजका सबै वस्तु, घटना र सामाजिक क्रियाकलापहरु एकको दुईमा विभाजित भएको हुन्छ । जस्तो राम्रो र नराम्रो, जीत र हार, क्षति र उपलब्धि, उज्यालो र अँध्यारो, सर्वहारा र पूँजीपति, क्रान्तिकारी र सुधारवादी, नास्तिक र आस्तिक, पक्ष र विपक्ष, दिन र रात, अगाडि र पछाडि आदि । यसरी सिंगो मानव समाज र भौतिक जगतका सबै वस्तु र सामाजिक परिघटनाहरु विपरीत धु्रबमा उभिएका हुन्छन् । यो द्वन्द्ववादी यथार्थवादलाई कार्ल माक्र्सले वैज्ञानिक रुपमा संश्लेषण गर्नुभयो । हामी वैज्ञानिक माक्र्सवादीहरुले दुईवटा बाटोमध्ये कुन बाटो रोज्न सक्दछौं, राम्रो या नराम्रो, क्रान्तिकारी वा बुर्जुवा ? हामीलाई थाहा छ, प्रगतिशील समाजका परिवर्तनकामी श्रमिक वर्गले पहिलो बाटो नै रोज्दछन् । किनभने यसमा श्रमिक वर्गको भविष्य जोडिएको छ । कतिपय साथीहरुलाई लाग्न सक्दछ कि फेरि नयाँ ट्रेड यूनियन गठन गरेर त्यसले क्रान्तिको कार्यभार कहिले पूरा गर्न सक्दछ । अग्रेजीमा एउटा भनाई छ “æAttitude is Everthing” हाम्रो सोच्ने तरिकाले नै सबै कुराको निर्धारण गर्दछ ।

देशमा गठन भएका विद्यमान ट्रेड यूनियनभित्रै संघर्ष गरेर आप्mनो अधिकार लिनु पर्दछ । यो विचार भनेको पश्चिगामी र पुरातनवादी विचार मात्र हो । जब ट्रेडयूनियन र त्यसको नेतृत्वले आप्mनो रंग परिवर्तन गर्दछ, आप्mनो डप्mफालाई बुर्जुवा प्रतिनिधिहरुको बाहुल्यतामा परिणत गर्दछ, त्यसलाई सुधार्न सकिंदैन । त्यसैले माओले भन्नुभएको छ कि “विद्रोह गर्नु अधिकार हो”(It is right to rebel) । श्रमजीवी वर्गका महान गुरुहरुले हामीलाई के सिकाउनुभयो भने, बुर्जुवा समाज र संस्कृति तथा उनीहरुको सामाजिक समूहबाट विद्रोह नगरी मानवजातिले स्वतन्त्रतापूर्वक आप्mनो वर्गको हित रक्षा गर्न सक्दैन । ठोस परिस्थितिको ठोस विश्लेशण गर्दै माक्र्सवादी मान्यतालाई केन्द्रमा राखेर मात्र अहिले वस्तुस्थितिको सही समीक्षा गर्न सकिन्छ । भौतिक जगत, मानव समाज र समय गतिशील र परिवर्तनशील छ । त्यसैले हामीले पनि गतिशील समयसँगै आपूmलाई परिवर्तन गर्न सकेनौं भने परिवर्तनको गतिले हामीलाई छोडेर जानेछ । क्रान्तिकारीले दृढतापूर्वक बदलिएको राजनीतिक र भौतिक परिवेशसँगै आपूmलाई बदल्न सक्नुपर्दछ । हामीले बदलिएको परिवेशसँग ट्रेड युनियन आन्दोलन र त्यसका अभिभाराहरुलाई क्रान्तिकारी विचार र कार्यदिशाको आधारमा बदल्न गइरहेका छौं । क्रान्तिको यस महान यात्रामा क्रान्तिकारीबाहेक अरु कोही सहभागी हुन सक्दैनन् । श्रमिक वर्गप्रतिको ऐतिहासिक कार्यभार पूरा गर्न ट्रेड यूनियनको क्रान्तिकारी पुनर्गठन अनिवार्य बन्न गएको छ ।

ट्रेड यूनियन आन्दोलन एकपछि अर्को गर्दै पूँजीपति वर्गको औजारको रुपमा भ्रष्टीकरण भएको छ । मजदूर आन्दोलनमा अभिजात वर्गको बोलवाला र हैकमले ट्रेड यूनियन आन्दोलनको सारतत्व बुर्जुवाकरणमा बदलिदै गएको छ । ट्रेड यूनियन संचालनको कार्यविधि सर्वहारा वर्गीय बन्न सकेको छैन । मजदुरवर्गका विचार, सिद्धान्त र दृष्टिकोणहरु पछि पर्दै गएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित सबै ट्रेड यूनियनहरु कुनै न कुनै विचार र सिद्धान्तको आधारमा संगठित र निर्देशित हुन्छन् । आ–आप्mनो वर्गदृष्टिकोण अनुसार संगठन गठन र संचालन हुने गर्दछ । जति बेलासम्म क्रान्तिकारी संगठनलाई विचार र सिद्धान्तले निर्देशित गर्दछ, त्यतिबेलासम्म संगठनको सारतत्व क्रान्तिकारी रहिरहन्छ । जब हामी विचार र सिद्धान्तमा सम्झौता गर्दछौं, त्यतिबेला संगठन विघटन र विसर्जनको दिशातिर उन्मुख हुन्छ ।

ट्रेडयूनियनलाई गुणात्मक ढंगले विकास गर्ने कि संख्यात्मक ढंगले भन्ने विषयमा ध्यान दिनु जरुरी छ । जब हामीले गुणलाई बिर्सेर संख्यामा जोड दिन्छौं, त्यो संगठन विस्तारै बुर्जुवाकरण हुन्छ, जसले मजदूर वर्गीय आन्दोलनको नेतृत्व गर्न सक्दैन । जब हामीले गुणात्मक ढंगले ट्रेड युनियनलाई अगाडि बढाउँदछौं, त्यसले सर्वहारावर्गको वर्गीय, पेशागत र राजनीतिक अधिकारको निम्ति संघर्षको नेतृत्व गर्न सक्दछ । यतिवेला नेपाली समाज, राजनीतिक पार्टी तथा ट्रेड युनियनहरु विचारविहीन र निवर्गीय भूमिकामा रहेका छन् । जसको कारण श्रमिक वर्गीय आन्दोलन कमजोर र छिन्नभिन्न भएको छ । क्रान्तिकारी ट्रेड युनियन आन्दोलनलाई माक्र्सवादी विचारको आलोकबाट सुसज्जित नगरिकन, संशोधनवादी, सुधारवादी, वर्गसमन्वयवादी, सम्झौतावादी रुझानको विरुद्ध लड्न सकिंदैन । हाम्रो सबैभन्दा ठूलो र शक्तिशाली हतियार भनेको सिद्धान्त र विचार नै हो । यही सिद्धान्त र विचारको आधारमा विश्वका ठूला ठूला तानाशाहरु र शासकवर्गहरुको सत्ता पल्टिएका छन् । सिद्धान्त र विचार बिनाको संगठन भनेको दारा र नंग्रा बिनाको बाघ जस्तै हो ।

नेपालका वामपंथी पार्टी र उनीहरुका ट्रेड यूनियनहरुले पार्टीभित्र अभिजात वर्गहरु हुल्दै जानु, पूँजीपति, दलाल र सामन्तहरुसँग सम्झौता गर्नु, श्रमिक वर्गीय मुद्दाहरु छोड्दै जानु, जातीय, क्षेत्रीय, लिंगीय मुद्दाहरुमा केन्द्रित हुनु र वर्गीय मुद्दाहरुलाई ओझेलमा पार्नुका कारण श्रमिक वर्गीय आन्दोलनको साथै ट्रेड युनियन आन्दोलन अत्यन्तै कमजोर बनेको छ । राजनीतिक, विचारधारात्मक, कार्यनीति र कार्ययोजनामा आएको फेरबदलको कारण क्रान्तिकारी पार्टी र ट्रेड युनियनमा स्खलन पैदा भएको छ । जसको कारणले नेपाली ट्रेड यूनियन आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्नु आवश्यक बनेको छ ।

नवगठित संगठनलाई स्पातिलो र धारिलो बनाउन सर्वहारा वर्गीय विचारलाई नै प्रमुख शर्त मान्न सकिन्छ । एक्काईसौं शताब्दीको ट्रेड यूनियन आन्दोलनलाई नयाँ गति र जीवन प्रदान गर्न मालेमावादी विचार नै सबैभन्दा अग्रगामी र वैज्ञानिक विचार हो भन्ने कुरा सम्पूर्ण श्रमिकहरुलाई बुझाउनु जरुरी छ ।

द्वन्द्वात्मक ऐतिहासिक भैतिकवादी विश्व दृष्टिकोण (World outlook)को आधारमा समाजलाई रुपान्तरण गर्ने र श्रमिकवर्गका आधारभूत श्रम अधिकार (Fundamental Rights of the Workers) को ग्यारेन्टी गर्न सकिन्छ । (तिमल्सिना शालिकराम जमरकट्टेलको नेतृत्वको महासंघबाट विद्रोह गरेका हुन)

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive