newsone

नेपालको ऊर्जा बंगलादेशको चुनावी नारा

newstwo नेपालको ऊर्जा बंगलादेशको चुनावी नारा

बंगलादेशमा आमचुनाव आगामी डिसेम्बरमा गर्ने चर्चा चलेकोे छ । यो निर्वाचनलाई आफ्नो प्रभावमा पार्न त्यहाँको सत्तारुढ दल अवामी लीगले अहिले ऊर्जाको मुद्दालाई निकै जोडतोडले उछालिरहेको छ । नेपालबाट ऊर्जा ल्याउने भन्दै आफ्नो चुनावी अभियानमा नेपालका ऊर्जा मन्त्री वर्षमान पुनलाई समेत प्रचार अभियानमा उसले जोडेको छ । जम्बो प्रतिनिधि मण्डल लिएर गत हप्ता बंगलादेश पुगेका मन्त्री पुनले बंगलादेशलाई मागेजति विजुली नेपालले दिने भन्दै आश्वासन दिए ।

 

नेपालले बंगलादेशलाई विद्युत दिन दुई कारणले सहज नभएको विद्युत क्षेत्रका विज्ञ कृष्णप्रसाद भण्डारी बताउँछन् । पहिलो, नेपालमा नै विद्युत सङ्कट छ र हामी नै भारतबाट ल्याइरहेको सन्दर्भमा बंगलादेशलाई विजुली तत्काल दिने कुरा हास्यास्पद हो । दोस्रो, भारतको अनुमतिबिना हामीसँग विद्युत भए पनि बंगलादेशलाई दिन बाटो नै छैन । नेपालका नेताहरुले बेलाबेलामा भनेजस्तै सेटलाइटबाट बेच्ने हो कि ? 

 

ऊर्जा मन्त्री वर्षमान पुनसँग बंगलादेश सरकारले अहिले जुन कुरा गरेको छ, एक वर्षअघि भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग त्यही गरेको थियो । उनलाई भारतबाट विद्युत दिनेमात्र होइन, नेपालबाट विजुली ल्याउनसमेत सहयोग गर्न आग्रह गरेको थियो । 

 

बंगलादेश सरकारकी प्रमुख शेख हसिना भारतीय सरकारको कठपुतली मानिन्छिन् । यसैले उनी र उनको पार्टीलाई निर्वाचन जिताउन भारतीय संस्थापन पक्ष अहिले कस्सिएर लागेको छ । यो अभियानमा नेपालका ऊर्जा मन्त्री वर्षमान पुन पनि लाग्नुलाई अनौठो मानिएको छ । बंगलादेशलाई ऊर्जा दिने विषयलाई एक महिनादेखि मन्त्री पुनले निरन्तर जोड दिइरहेका छन् । भारतीय लगानीमा नेपालमा बनेको विद्युत परियोजनाबाट उत्पादित विजुली भारतले नै लगेर बंगलादेशलाई दिन सक्छ । अहिले नेपाललाई जस्तै केही विद्युत बंगलादेशलाई भारतले दिइरहेको पनि छ ।   

 

बंगलादेशका विपक्षीलाई निर्वाचनमार्फत् सरकारमा आउन नदिन सन् २०१४ को निर्वाचनमा मात्र होइन, अहिले पनि अनेकौं षडयन्त्र भइरहेको त्यहाँका विपक्षीहरुले आरोप लगाइरहेका छन् । जेलमा रहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा विपक्षी नेता खालिदा जिया भ्रष्टाचारसँग जोडिएको मुद्दाका कारण जेलमा छिन् । जमानतमा छुट्ने उनको प्रयासलाई त्यहाँको उच्च अदालतले हालै रोक लगाएको छ । जमानतमा रिहा हुने जियाको प्रयासलाई रोकिनुले उनको आगामी निर्वाचनको उम्मेदवारीमा समेत ठूलो झट्का लागेको छ । खालिदा जियालाई सजायँ दिएपछि हसिना वाजेद र भारतलाई फाइदा हुने भारतीय मिडियाले पनि बताएका छन् ।  

 

आफ्ना पति तथा पूर्व सैन्य शासक जियाउर रहमानको नाममा बनेको ट्रष्टलाई विदेशबाट उठेको अढाई लाख डलर चन्दा पारदर्शी बनाउन नसकेको आरोपमा पाँच वर्षको जेल सजायँ विपक्षी नेतृ खालिदा जियालाई दिइएको छ । यही मुद्दामा उनका छोरा तारिक रहमान र चार अन्यलाई पनि दश दश वर्षको सजायँ तोकिएको छ । 

 

गत निर्वाचनमा बीएनपी र जमात ए इस्लामीले निर्वाचन बहिष्कार गरेका थिए । अन्तर्राष्ट्रिय पर्यवेक्षकबिना गरिने निर्वाचनमा भाग नलिने बताएका थिए । यसपटक ती पार्टीलाई निर्वाचनमा भाग लिनैपर्ने बाध्यता छ । बंगलादेशको संविधानमा कुनै पार्टीले लगातार दुई पटक निर्वाचन बहिष्कार गरेमा पार्टीको आधिकारिक मान्यता समाप्त हुन्छ । समयबद्ध साप्ताहिकबाट

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive