newsone

दोहोरो अंकले घट्यो शेयर बजार

newstwo दोहोरो अंकले घट्यो शेयर बजार

२४ जेठ, काठमाडौँ ।  बुधबार बढेको शेयर बजार आज भने २५।६८ अंकले घटेको छ । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले घटेर एक हजार २५७।०७ बिन्दुमा पुगेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ५।४७ बिन्दुले घटेको छ । 

आज कूल १६६ कम्पनीको १४ लाख ४१ हजार २७७ कित्ता शेयर रु ४६ करोड ८५ लाख ६० हजार ३४९ मूल्यमा खरिद बिक्री भएका छन् । स्टकका अनुसार बैंकिङ २०।७५, होटल ३९।३९, विकास बैंक २४।४५, जलविद्युत् ३५।५९, वित्त क्षेत्र ५।६६, बीमा १७४।७६, उत्पादन १६।८, अन्य १४।७८ र माइक्रोफाइनान्स ३५।५४ बिन्दुले घटेको छ । 

लगानीकर्ताको आन्दोलनका कारण मंगलबार एक कित्ता पनि शेयर कारोवार हुन सकेन । बुधबार सरकार र लगानीकर्ताबीच सहमति भएपछि अपराह्न एक बजेदेखि बजार खुलेको थियो । बजार खुलेलगत्तै करीब १८ अंकले बढेको शेयर बन्द हुने बेलामा भने भारी मात्रामा घटेर बन्द रह्यो । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive