newsone

दुई अध्यक्षको तजविजीमा पार्टी एकता

newstwo दुई अध्यक्षको तजविजीमा पार्टी एकता

काठमाडौं । वैशाख ९ गते नेपाल कम्युनिस्ट एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता हुने सामान्य समझदारी भए पनि दुई पार्टीका अध्यक्षको तजविजीमा भर पर्ने देखिएको छ । पार्टी एकताका सम्बन्धमा सैद्धान्तिक रुपमा सामान्यतः सहमति भए पनि संगठनात्मकसहित कतिपय महत्वपूर्ण विषयको टुंगो लाग्न बाँकी रहेको छ । वाहिर भन्दा एकता जति प्रिय र सरल जस्तो देखिन्छ, व्यवहारमा जाँदा निकै जटिल बनिरहेको आभास भइरहेको छ । 

जनयुद्ध, वहुदलीय जनवाद र एक्काईसौं शताव्दीको जनवादको विषय अहिले बहसमा उठेको भन्दै मिडियामा छाइरहेको छ । देशमा राजतन्त्र छदैं र त्यसको अन्त्यको प्रक्रियामा आएका तत्कालीन कार्यदिशा, कार्यनीति, कार्यक्रम हुन ती । तिनका सकारात्मक कुरालाई समेट्दै समाजवादी कार्यदिशाको आधार निर्माण गर्ने कार्यदिशाको विकास अहिलेको मुख्य आवश्यकता हो । पुराना शब्द र विचारमा अल्मलिएर अगाडिको यात्रा तय गर्न नसकिने पक्का छ । आगामी यात्राका लागि बहसभन्दा पनि विगतको इतिहासको मात्र गर्व गर्दै र आफ्ूले लिएको कार्यदिशाको मात्र महिमामण्डन गर्नुको खासै तुक छैन । समृद्ध नेपाल एकीकृत कम्युनिस्ट पार्टीले मात्र गर्नसक्छ । खण्डित गर्ने गरी बहसमा ओर्लदा कसैलाई फाइदा गर्दैन । 

एकीकृत पार्टीको संगठनात्मक मोडालिटी कस्तो निर्माण गर्ने भन्नेबारेमा पनि अहिलेसम्म सहमति भइसकेको छैन । यो अलि जटिल बन्दै गएको महसुस भइरहेको छ । चार दशकदेखि दुई अलग पृष्ठभूमिबाट आएका माओवादी र एमालेका बीचमा बराबरी कि प्रतिशतका आधारमा एकता गर्ने भन्नेमा समझदारी हुन सकेको छैन । नेपालको पछिल्लो राजनीतिक संघर्षको अगुवाइ गरेको र पूर्णकालीन नेता तथा कार्यकर्ता सबैभन्दा बढी माओवादी केन्द्रको रहेकाले व्यवस्थापनको समस्या उसकै बढी छ । उच्च त्याग र वलिदानका साथ नयाँ मुद्धाको व्यवस्थापनका लागि लडेका नेता तथा कार्यकर्तालाई भूमिकाविहीन बनाएर घर फर्काइदिंदा त्यसले समाज र विशेषगरी कम्युनिस्ट पार्टीमा कस्तो प्रभाव पार्ला ? अग्रगामी अजेण्डा हावी होला या यथास्थितिवादी प्रवृत्तिले मुण्टो उठाउला ?  २०६४ सालको संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ वहुमत ल्याएर निकै अग्लो पार्टी भएको थियो माओवादी पार्टी । एमाले त्यतिवेला निकै सानो तेस्रो पार्टी भएको र टुटफुटका कारण यो निर्वाचनसम्म आउँदा माओवादी केन्द्र तेस्रो राजनीतिक पार्टी बनेको छ । 


जनताको तत्कालीन मतको आधारमा भन्दा पनि मुद्धा र क्रियाशील नेता तथा कार्यकर्ताका आधारमा जाँदा माओवादी अहिले पनि पहिलो पार्टी रहेकाले पचास÷पचासका आधारमा एमालेको बीचमा एकता हुनुपर्ने कुरा उठेको छ । तत्कालीन माले र माक्र्सवादीको पार्टी एकता पनि पचास÷पचासकै मोडालिटीमा भएको थियो । त्यतिवेला यी दुई पार्टीको शक्ति आनको तान थियो । माक्र्सवादी १० प्रतिशत र माले नब्बे प्रतिशत जस्तो थियो । तल जिल्ला कमिटीमा प्रभावका आधारमा बनाए पनि केन्द्र बराबरीमा बनाउँदा नै सही हुन्छ । बराबरी वा सम्मानका साथ एकीकरण हुँदा त्यो एकीकरण दीर्घकालीन हुन्छ ।  

वाहिर जे कुरा उठाए पनि र जे चर्चा भए पनि मुलतः माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीकै तजविजीमा नै एकता हुने भएकाले कुन मोडालिटी र कहिले एकता हुन्छ भन्न सकिदैंन । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive