newsone

दलाल र माफियाको छटपटी 

newstwo दलाल र माफियाको छटपटी 


सरकारले सिण्डिकेट खारेज गर्ने निर्णय गरेपछि यातायात क्षेत्रमा सकारात्मक प्रभाव प¥यो । यो निर्णय कार्यान्वयन हुनुअघि यातायात क्षेत्रका दलालहरुमा निकै नै छटपटी थियो । कार्यान्वयनपछि प्रायः यो क्षेत्र शान्त जस्तो देखिएको छ । यद्यपि उनीहरु सुतेका भने हैनन् । 
 
गृहमन्त्री रामबहादुर थापाले फेरि मुलुकभरका निर्माण व्यावसायीले गरेको ढिलासुस्ती तथा नागरिकप्रतिको अन्यायका विरुद्ध अर्काे धावा बोलेपछि नयाँ छटपटी देखिएको छ । यो छटपटीको कम्पन सबै पार्टीका शीर्ष नेतादेखि कार्यकर्तासम्म पुगेको छ । यसले लहरो तान्दा पहरो तानेजस्तै बनाएको छ ।

गजब त के छ भने सुन प्रकरणको छानविन गर्दै जाँदा ठूला माछासम्म पुग्नै थालेपछि ठूलै कम्पन देखिएको छ । प्रहरीका पूर्व उच्च अधिकारीहरु नै क्याविनेटले बनाएको छानविन समितिमाथि पत्रकार सम्मेलन गरेर प्रश्न उठाउन थालेका छन् । लामो समयदेखि जारी सुन प्रकरणमा प्रहरी उच्च अधिकारीहरु एकपछि अर्काे गर्दै तानिदैं, मुछिदैं आइरहेको बेलामा केही उच्च अधिकारीको पत्रकार सम्मेलनका कारण शंकाको सुइ उनीहरुतिर पनि तेस्र्याउनु पर्ने भएको छ । सुरक्षा जस्तो सम्वेदनशील क्षेत्रमा लामो समयसम्म नेतृत्वकारी भूमिकामा रहेकाहरुबाट सरकारको छानविन समितिलाई खुलेआम चुनौती दिएकाले उनीहरुको गतिविधि र भूमिकालाई पनि नियाल्नुपर्छ । पत्रकार सम्मेलन गर्ने प्रहरी अधिकारीको विगतको भूमिका विवादास्पद नै छ ।   

त्यस्तै अर्को छटपटी छ, सेयर बजारमा । यहाँका दलालहरु यत्ति विघ्न छटपटाएका छन् कि  सोमबार त नेपाल स्टक एक्स्चेन्ज नै घेराउमा पुगे । सरकारले हकप्रद र बोनस शेयरमा समेत लाभ कर लगाउने भएपछि लगानीकर्ताले कारोबार नगर्ने घोषणा गदै नेप्से घेरा गर्न पुगेका हुन । 

अर्थमन्त्रीविरुद्धको नारा लगाउँदै ती दलालहरु नाफाखोरमा अंकुश लाग्ने भएपछि यस्तो हर्कत गरेका हुन् । सरकारले हकप्रद र बोनस शेयरमा कर लगाउँदा आधार मूल्यमै लगाउन धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएपछि लगानीकर्ताको नाममा उनीहरुको छटपटी सडकसम्म आइपुगेको हो । 
 
सरकारले सतही रुपमा कर प्राणाली लागू गरेको हुँदा यस्ता निर्णयले आमलगानीकर्ता मार पर्ने हुँदा सरकारले यस्तो निर्णय फिर्ता नलिएसम्म चरणबद्ध आन्दोलनमा उत्रिने उनीहरुले बताएका हुन । उनीहरुले पूँजी बजारलाई ध्वस्त बनाउने हिसावले अव्यावहारिक रुपमा लगानीकर्तालाई हतोत्साहित बनाउन खोजिएको आरोप लगाएका छन् । 

पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘वादल’ र अर्थमन्त्री डा. युवराज खतिवडाको सुशासन कायम गर्ने भूमिकाले दलाल, माफिया र कमिशनखोरहरु निकै अत्तालिएका छन् । छटपटाएका छन् । राजनीतिक दल, कर्मचारी, सुरक्षा संयन्त्रमा जोडिएका त्यस्ता तत्वहरु यो सरकारलाई अप्ठ्यारो पारेर आफ्नो राज कायम गराउन लागिपरेका छन् ।  माकुराको जालोजस्तै फिंजिएको दलाल तथा कमिशनखोरीको छटपटी कहाँसम्म पुग्ने हो, सरकारको मनोबल तथा मन्त्रीहरुकै रबैयामा भर पर्नेछ । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive