newsone

डा. गोविन्द केसी आफ्नै जिल्लामा किम्बदन्ती 

newstwo डा. गोविन्द केसी आफ्नै जिल्लामा किम्बदन्ती 

सुदर्शन आचार्य

केही वर्षदेखि निकै चर्चामा रहेका डा. गोविन्द केसीलाई आफ्नो गृह जिल्लामा आएर स्वास्थ्य क्षेत्रको सुधारका लागि पहल बढाउनका लागि धेरैको माग छ  । रामेछाप बाबियाखर्कका रामप्रसाद घिमिरे भन्छन– ‘डा. गोविन्द केसीको राष्ट्रिय तथा संघर्षशील व्यक्तित्व रामेछाप जिल्लाको स्वास्थ्य क्षेत्रका लागि सदुपयोग गर्न हामी चुकेका छौं ।’

‘उहाँले अनसन बस्नका लागि जुम्लालाई भन्दा पनि रामेछापलाई रोजेको भए हुन्थ्यो, मध्यमाञ्चलको कर्णाली मानिएको रामेछापलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन विशेष भूमिका हुन्थ्यो’ सोही गाउँका भरत घिमिरे भन्छन । जुम्लाभन्दा रामेछाप स्वास्थ्य क्षेत्रमा पिछडिएको उनको भनाइ छ ।

खाँडादेवी गाउँपालिका–३ का टीकाराम खड्का डा. गोविन्द केसी आफ्नै गाउँ क्षेत्रमा किम्बदन्ती भएको बताउँछन् । उनी देशका लागि राम्रो बन्दा हाम्रो गाउँठाउँका लागि त्यसै राम्रो त रहेको छ भन्दै अगाडि थप्छन, ‘तर, पनि आफू र आफ्नो पुर्खाको जन्मस्थललाई केही गर्नका लागि डा. केसीको राष्ट्रिय व्यक्तित्व हामीलाई खाँचो छ ।’ 

रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका (तत्कालीन माकाधुम गाउँ पञ्चायत/गाविस) –६ मा जन्मिएका डा. गोविन्द केसी रामेछाप जिल्लाको लागि भने आश्चर्यका पात्र बनेका छन् । उनका पिता उदयवहादुर केसी पञ्चायतकालमा निकै पटक प्रधानपञ्च भएर चिनिएका व्यक्तित्व हुन । पिताजीले आफ्नो जेठो छोरालाई राजधानीमा अध्यापन गराएर उत्कृष्ट छात्र बनाएकोमा गाउँमा धेरैलाई गर्व लागेको छ । स्थानीय हरि केसी भन्छन– ‘उनले स्वास्थ्य शिविर गाउँमा त परै जाओस् रामेछापको सदरमुकामसम्म पनि ल्याएका छैनन् ।’ नेपालकै निकै ख्यातीप्राप्त डाक्टर मधु घिमिरेले आफ्नै गाउँ बाबियाखर्क, सदरमुकाम लगायत ठाउँमा पटकपटक स्वास्थ्य शिविर चलाए । त्यस्तै अपेक्षा डा. गोविन्द केसीसँग पनि गाउँ, जिल्लावासीले गरेका थिए र उनलाई पटकपटक यो प्रस्ताव लिएर गए पनि उनले नमानेको मन्थलीमा चर्चा छ । डा. केसी योजनामा भन्दा मुडमा चल्ने गरेको धेरैलाई लागेको छ ।   

‘हक्की, निडर र जिद्दीवाल तत्कालीन प्रधानपञ्च उदयवहादुरको स्वभावको प्रभाव छोरामा जानु अनौठो नभएको’ सोही गाउँपालिकाका सन्तोष केसी बताउँछन्– ‘उदयले बोलेपछि बोल्यो बोल्यो भन्ने उदयले आफ्नो कुरा लागू गराउन सकेनन् भने प्रशासनको पनि सहारा लिन्थे, मुद्धा मामला गरिहाल्थे ।’ सोही ठाउँका हरि केसी बताउँछन्– ‘भैmझगडामा फस्नुभन्दा प्रधानपञ्च उदयले भनेको मानिदिउँ भन्ने धेरै गाउँवासीको भनाइ हुन्थ्यो । प्रधानपञ्च उदय घोडा चढेर गाउँघर हिंड्दा धेरैजसो गाउँले हच्किन्थे, डराउँथे ।’

आफ्नो जन्मिएको गाउँठाउँलाई कुनै योगदान दिन नभ्याए पनि डा.केसीले राष्ट्रको लागि धेरै गरेको सुनेर गौरवान्वित भएको खाँडादेवीकी विस्णु थापा बताउँछिन । अविवाहित डा. केसीले अनसन बसेर अकालमा जीवन फाल्ने, रोगी बन्ने कार्य नगरे हुन्थ्यो भन्ने सोही ठाउँका बाबुराम कार्कीको भनाइ छ । भीसी यसलाई राख, उसलाई राख, यो ठाउँमा अस्पताल खोल, यस ठाउँमा नखोल भनेर अनसन बस्ने कार्य डा. गोविन्द केसी जस्ता सम्मानित डाक्टरले नगरिदिए हुन्थ्यो भन्ने पनि कार्कीलाई लागेको रहेछ । 

 अघिल्ला सरकारको कमजोरीको कारण अस्तव्यस्त सरकारी नीति कार्यान्वयनले धरासायी बनेको स्वास्थ विभाग डा.गोविन्द केसीको अनसनले सतहमा ल्याएको छ । डा. गोविन्द केसीले उठाएका कतिपय माग निकै राम्रो छ, कतिपय हल्काफुल्का पनि छ, यसको छ्यानविचार भने गर्नुपर्ने खाँडादेवी गाउँपालिकामा घर भएका जनक श्रेष्ठ बताउँछन् । 

‘समस्यालाई सतहमा ल्याएर डा. गोविन्द केसीले राम्रै त गरेका छन्, शिक्षा, स्वास्थ्यमन्त्रीहरु र प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिएर काम गर्नुपर्छ’ भन्दै श्रेष्ठ भन्छन– ‘गंगालाललाई गंगालालको रुपमा स्थापित गर्ने डा.भगवान कोइराला जस्तालाई त कमिशन नबुझाएकाले हठात् हटाउने कर्तुत गर्ने मन्त्रीबाट स्वास्थ्य, शिक्षामा धेरै सुधारको अपेक्षा छैन । यसअघि सरकारलाई बहुमत नभएर देशको विकास नभएको होइन कि उनीहरुको भिजन,योजना, इमान्दारिता नभएर विकास, समृद्धि नभएको हो, सतहमा आएका समस्यालाई पेलेर होइन सकारात्मक दृष्टिकोण राखेर हल गर्नुपर्छ । डा. केसीका पूरा गर्न सकिने सकारात्मक माग र नसकिने उनको हठका बारेमा जनतालाई भनिदिनुपर्छ । तत्काल र दीर्घकालका योजना बनाएर अहिलेदेखि नै काम अगाडि बढाउनुपर्छ ।’

शिक्षा, स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारका रुपमा यो समाजवादोन्मुख सरकारले भन्न र कार्यान्वयन गर्न लागेमा डा. गोविन्द केसी र उनलाई साथ दिनेको अनसन आन्दोलन पानीको फोका हुने निश्चित छ । समयबद्ध साप्ताहिकबाट 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive