newsone

डा. अधिकारीको झुट्टो मिडियाबाजीबाट आक्रोसित जनयुद्धका घाइते

newstwo डा. अधिकारीको झुट्टो मिडियाबाजीबाट आक्रोसित जनयुद्धका घाइते

काठमाडौँ, २८ असार । ट्रमा सेन्टरका डाक्टर भोजराज अधिकारीले गृहमन्त्रालयमा आफूलाई अपहरण गरिएको भन्दै सफेद झुट बोलेको गृहस्रोतको भनाइ छ ।

गृहमन्त्रालय अन्तर्गत सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरुको प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि २०७४ अनुसार गठित प्राविधिक समितिका सदस्य रहेका डा. अधिकारीले जनयुद्धका क्रममा घाइते भएकाहरुलाई दुव्र्यवहार गर्ने तथा गालीगलौज गर्ने गरेको गुनासो गृहमन्त्रालयमा पुगिरहेको सो स्रोतको दावी रहेको छ ।

जनयुद्धका घाइते तथा अपांग भएकाहरुले दिनहुँ गएर डा. अधिकारीको कर्तुतबारे गृहमन्त्रालयमा ध्यानाकर्षण गराएपछि उनलाई सो बारे बुझ्न गत मंगलबार गृहमन्त्रालयमा बोलाइएको थियो ।

गृहमन्त्रीका निजी सचिवालयका एक अधिकृतले डा. अधिकारीलाई गृहमा छलफल रहेको भन्दै फोन गरेका थिए । जवाफमा डा.अधिकारीले आफूसँग गाडी नरहेको भन्दै गाडी पठाइदिन आग्रह गरेका थिए । लगत्तै ती डा. अधिकारीलाई ल्याउन गाडी पठाइयो । यसरी आफैले गाडी पठाउन भनेर उनले उल्टै गृहको गाडीमा राखेर आफूलाई अपहरण गरिएको भन्दै मिडियाबाजी गरेका छन् ।

गृहमन्त्रालयमा आएपछि डा. अधिकारीलाई घाइते तथा अपांगले आफूहरुलाई अन्याय भएको तथा दुव्र्यवहार गरिएको गुनासोबारे जानकारी गराइएको थियो । सो लगत्तै डा.अधिकारीले आफूलाई स्पष्टीकरण सोध्न बोलाएको हो भन्दै रन्थनिएका थिए ।

भत्ता खानका लागि गृह अन्तर्गतको सो समितिमा बस्ने तर घाइते तथा अपांगलाई दुव्र्यवहार गर्ने हर्कत डा. अधिकारीको गर्दै आएको भन्दै घाइतेहरुले भन्दै आएका छन् ।

‘मिडियाबाजी गरेर डा. भोजराज अधिकारीले आफ्नो कर्तुतबाट उम्किने उपाय खोजेका हुन भने हामी उनको विरुद्ध सडक आन्दोलन गर्छाै’ जनयुद्धका घाइतेहरुले आक्रोस पोखेका छन् ।

‘डाक्टरहरु ‘भगवान’ हुन र ? उनीहरुको बारेमा सरोकार निकायले सोध्दा पनि मिडियामा चर्काे हल्ला हुने, गणतन्त्रका लागि लड्ने हामी घाइतेलाई चाहिं हेप्ने, थर्काउने ? शिशाको घरमा बसेर ढुंगा हानिरहने हो ?’ जनयुद्धका घाइते रमेश खत्रीले निकै आक्रोस पोखे ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive