newsone

अन्तर एयरलायन्स टेबलटेनिसमा नवीन च्याम्पियन 

newstwo अन्तर एयरलायन्स टेबलटेनिसमा नवीन च्याम्पियन 

काठमाडौँ । नेपाल वायु सेवा निगमका नवीनबहादुर शाक्य अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको विधामा च्याम्पियन बनेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा आज भएको ‘बेस्ट अफ सेभेन’ को फाइनलमा नवीनले कतार एयरवेजका कमल श्रेष्ठलाई ११–४, ११–४, ११–० र ११–८ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । निगमका सुरेशविक्रम हमाल तेस्रो भए ।

निगमको ५९औँ वार्षिकोत्सवका अवसरमा आयोजित उक्त प्रतियोगितामा नवीनले सहकर्मी प्रितम प्रधानसँग मिलेर पुरुष डबल्सको उपाधि पनि हात पारे । फाइनलमा नवीन र प्रितमको जोडीले निगमकै सुरेशविक्रम हमाल र बाबुराजा अवालेको जोडीलाई ११–७, ८–११, ११–६ र ११–८ को सेटमा पराजित गरे ।

निगमका जयबहादुर चन्द र समिर केसी तथा हिमालय एयरलायन्सका सनी श्रेष्ठ र रोविन रिजालको जोडी संयुक्त रुपमा तेस्रो भए । यसअघि राउन्ड रोविन लिगका आधारमा खेलाइको महिला एकलतर्फ स्पर्धामा रन्जना पोखरेल पहिलो, उषा सिम्खडा दोस्रो तथा निमा डोमा शेर्पा तेस्रो भएका थिए । शीर्ष तीन स्थान हात पार्ने सबै निगमका हुन् ।

विजेतालाई निगमको ५९औँ वार्षिकोत्सवका अवसरमा शनिबार आर्मी अफिसर्स क्लबमा आयोजना हुने कार्यक्रममा पुरस्कृत गरिनेछ ।

पुरुष÷महिला एकलमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः काठमाडौँ–हङकङ–काठमाडौँ, काठमाडौँ–क्वालालम्पुर–काठमाडौँ र काठमाडौँ–बैंकक–काठमाडौँको हवाई टिकट पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । चारदिने उक्त प्रतियोगितामा ४० पुरुष र चार महिला प्रतिस्पर्धीले विभिन्न तीन स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । रासस 

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असार २४ देखि

नेपाल खेलकुद महासङ्घ तथा राष्ट्रिय ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा ‘छैटौँ पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप–२०७४’ यही असार २४ गतेदेखि हुने भएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा हुने उक्त प्रतियोगितामा पुरुष एकल, पुरुष जोडी, महिला एकल, महिला जोडी, यु–१५ छात्र र छात्रा एकल, यु–१७ छात्र र छात्रा एकल तथा ४५ वर्ष माथिको भेट्रान्स जोडी गरी नौ विधामा प्रतिस्पर्धा हुने राष्ट्रिय ब्याडमिन्टन सङ्का अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले पाँचौँ संस्करणसम्म ¥याकिङ खेलाडीलाई मात्र समावेश गराएर प्रतियोगिता सञ्चालन गर्दै आइरहेकामा अन्य खेलाडीको गुनासोलाई मध्यनजर गर्दै यस संस्करणदेखि खुला प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । उक्त प्रतियोगिता छैटौँ संस्करणको हो ।

पुरुष र महिला एकलमा प्रथम हुनेलाई रु ५० हजार र ट्रफी, दोस्रोलाई २५ हजार र ट्रफी तथा तेस्रो स्थान हासिल गर्नेलाई रु १० हजार र ट्रफी प्रदान गरिनेछ । त्यस्तै, अन्य विधाका पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु १० हजार, सात हजार र चार हजारका साथै ट्रफी प्राप्त गर्नेछन् भने भेट्रान्स जोडीलाई ट्रफीका साथै खेल सामग्री प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता असार २७ गतेसम्म सञ्चालन हुनेछ । रासस 
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive