newsone

जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८ शुरु

newstwo जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८ शुरु

२७ असार, सुर्खेत । कर्णाली प्रदेशको जुम्ला जिल्लाद्वारा आयोजित राष्ट्रियस्तरको ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८  शुरु भएको छ । 

राष्टिय एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र अल्ट्रा विश्व च्याम्पियन मीरा राईले संयुक्तरुपमा ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८  को आज बिहान उद्घाटन गरे । सो खेलमा ३२० जना खेलाडीले भाग लिएको कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिए । 

४९ किलोमिटको उक्त प्रतियोगितामा पूर्वमा झापा, धनकुटा, भोजपुर, मध्यमाञ्चलमा सिन्धुपाल्चोक, काठमाडौँ धादिङ, पश्चिमाञ्चलमा कास्की, स्याञ्जा मध्य तथा सुदूरपश्चिम गरी १४ जिल्लाका खेलाडीले भाग लिएको उनले बताए । 
म्याराथुनका प्रतिस्पर्धीले जुम्लादेखि रारा पुग्न दुई हजार ३२४ देखि तीन हजार ६०० मिटरसम्मको उचाइ पार गर्नुपर्नेछ । ट्रेल रेसका खेलाडीको अधिकतम सहभागिता रहेको आयोजक क्लबले जनाएको छ । रासस
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive