newsone

जनजीविकाको विषयमा ध्यान दिएको खोई ?

newstwo जनजीविकाको विषयमा ध्यान दिएको खोई ?

देशमा दुईतिहाई बहुमतको सरकार बनेपछि जनताले स्थिरता र सुशासनको अपेक्षा गरेका थिए । वामपन्थी नेतृत्वको सरकार जनजीविकाका सवालप्रति बढी संवेदनशील हुने अपेक्षा जनस्तरमा थियो । वामपन्थी नेतृत्वमा सरकार बनेको सात महिना पूरा भइसकेको छ । सामान्यतः सरकारको मूल्याङ्कनका लागि यो पर्याप्त समय नभए पनि सरकारले आफूले गर्न सक्ने कामको सङ्केत गर्नुपर्ने थियो । ससाना काम भनेर हो कि किन हो उसले पञ्छाइरहेको अनुभूत भइरहेको छ । 

चाडवाडको मुखमा महङ्गी चुलिएको छ । बजारमा पकड जमाइरहेका सीमित व्यापारीले असीमित मुनाफा लिइरहेका छन् । कालाबजारिया फष्टाएका छन्, जनता यसको मार खेपिरहेका छन् । एउटै सामानको मूल्य पसलैपिच्छे फरक छ । बजारमा गुणस्तरहीन, विषाक्त र सामान्य मापदण्डभित्र नपर्ने उपभोग्य सामग्रीको विगविगी छ ।

नियामक निकाय प्रभावकारी बन्न सकेको छैन । अनियन्त्रित मूल्य बृद्धि र कालाबजारियाले जनजीवन निस्सासिंदो बनाएको छ । हरेक क्षेत्रमा बिचौलियाको दवदवा कायमै छ । बलियो सरकार भएको अनुभूति जनताले गर्न पाएका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार बनेको सुरुका दिनमा जनस्तरमा उत्साह जागेको थियो । गठनलगत्तै यातायतलगायत सबै क्षेत्रका सिण्डिकेटविरुद्ध सरकारले लिएको कदमलाई जनस्तरबाट स्वागत गरियो । यातायात र ठेकेदारविरुद्धको सरकारी अडानले जनताले सरकार भएको अनुभूति धेरै पछि थोरै भए पनि गरेका थिए । तर, त्यसले पनि निरन्तरता पाउन सकेन ।

चाडबाडको मुखमा विभागीय मन्त्रीले पहिला कार्वाहीको दायरामा ल्याएका यातायात क्षेत्रका सिण्डिकेटधारीसँग सम्झौता गरे । यातायातमा १० प्रतिशत भाडा बढाइयो । दैनिक उपभोग्य वस्तुमा भएको अनियन्त्रित मूल्य बृद्धि र कालाबजारियाको मार खेपिरहेका जनतामाथि यातायातमा गरिएको मूल्य बृद्धि थप बोझिलो भएको छ ।
सुनकाण्डको छानविनले सरकारप्रति जनभरोसा बढाएको थियो ।

अब तस्करीको सिकञ्जाबाट देशले त्राण पाउँछ कि भन्ने आशा पलाएको थियो । सुन तस्करीमा अनुसन्धानको दायरामा रहेकाहरु पछिल्लो समय अदालतको आदेशमा भटाभट छुटिरहेका छन् । 

चाडबाडको समयमा त्यसै पनि सडक तथा हवाई यातायातमा यात्रुको चाप बढी हुन्छ । यात्रुसँग मनलाग्दी उठाइने भाडाको मार त छँदैछ, त्यसबाहेक सुरक्षित यात्राका लागि सडक उपयुक्त छैन । राज्यका निकायभन्दा बलिया कामचोर ठेकेदारका कारण राजमार्ग, पुल/पुलेसाहरु अस्तव्यस्त छन् । धुलोले सडक छेउका बासिन्दा आक्रान्त छन् । खाल्डाखुल्डीका कारण सडक यात्रा जोखिमपूर्ण छ ।

लामो यात्रामा निस्कने यात्रुहरुले होटलहरुमा गुणस्तरीय, ताजा खाना पाइरहेका छैनन् । बासी, सडेगलेका खाना खान बाध्य छन् । हवाई यात्रा पनि यस्तै समयमा बढी जोखिमपूर्ण हुने गर्छ । आर्थिक हिसावले मार व्यहोर्नु परे पनि सर्वसाधारणको सुरक्षाका लागि सम्बन्धित निकायले आवश्यक सतर्कताका साथ ध्यान दिनु पर्ने देखिन्छ ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive