newsone

छविलाल पौडेल निर्दोष ! 

newstwo छविलाल पौडेल निर्दोष ! 

काठमाडौं/ कृष्णप्रसाद अधिकारीको हत्यामा आरोपित छबिलाल पौडेल निर्दोष भएको गोरखा फुजेलका स्थानीयले बताएका छन् । आईतबार सर्वोच्च अदालतमा उपस्थित भएका छविलाललाई थुनामा पठाइएको थियो । त्यसलगत्तै गोरखा फुजेलका स्थानीयले एक विज्ञप्ति जारी गर्दै पौडेल निर्दोष रहेको बताएका छन् । 

‘नूरप्रसाद अधिकारीबाट पीडितहरु’को नाममा जारी विज्ञप्तिमा सर्वोच्चको आदेशमा शनिबार डिल्लीबजार जेल चलान गरिएका पौडेल स्थानीय स्तरमा सामाजिक र बौद्धिक व्यक्तित्व भएको तथा कृष्णप्रसाद हत्याको हत्यामा उनको कुनै संलग्नता नभएको बताइएको छ । 

‘नूरप्रसाद अधिकारीबाट पीडितहरु’ले सार्वजनिक गरिएको पत्रमा भनिएको छ, ‘२०६१ जेठ २४ गते चितवनमा हत्या गरिएका भनिएका कृष्णप्रसाद अधिकारीको सन्दर्भमा कुनै सम्बन्ध नभएका हामीमाथि दोषी किटान गरी निरन्तर समाचार प्रकाशन भइरहेको छ । यसले हाम्रो समाजिक जीवनमा  गम्भीर आघात पु¥याएको छ । घटनाको तथ्य सत्यमा नपुगी समाचार प्रकाशन भएकोप्रति हाम्रो आपत्ति छ ।’

हत्या प्रकरणमा संलग्न भनी प्रचार गरिएकामध्ये ८ जना उक्त समयमा सम्बन्धित जिल्लामै नभएको वक्तव्यमा उल्लेख गरिएको छ । अधिकारी परिवारले घटनामा संलग्न भनेर प्रचार गरिएकी जानुका पौडेल त्यतिबेला पार्टीको जिम्मेवारीबाट सुत्केरी विदामा रहेको तथा पार्टी जीवनमा उनले कहिल्यै फौजी  जिम्मेवारी नलिएको बताइएको छ । वक्तव्यमा भनिएको छ, ‘घटनामा संलग्न नभएकी पौडेललाई अधिकारी परिवारले निरन्तर दोषी भन्दै प्रचार गरिरहेको प्रति हाम्रो गम्भीर आपत्ति छ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘स्थानीयस्तरमा सामाजिक रुपमा प्रतिष्ठत व्यक्ति छविलाल पौडेल, जो उमेरले पनि ७० बर्ष  पार गरिसकेका छन्, उनलाई पनि व्यक्तिगत रिसइबीका आधारमा हत्यामा संलग्न भनेका छन् । चितवनमा घटना हुँदा उनी गोरखाको  फुजेलमै थिए ।’

सामान्य खेती किसानीमा संलाग्न विष्णु तिवारी, (नूरप्रसादको परिवारले अंश नदिएर पीडामा रहेकी माइली आमाको भाइ, जो सामान्य किसान छन्) बाबुराम अधिकारी, भीमसेन पौडेल, कालीप्रसाद अधिकारी, रामप्रसाद अधिकारी पनि सामान्य किसान भएको उनीहरुले बताका छन् । परशुराम पौडेल निजी स्कुलमा अध्यापनमा संलग्न रहे पनि अधिकारी निरन्तर मानसिक यातना दिइरहेका छन् । अधिकारी परिवारले व्यक्तिगत रिसइवी साध्नकै लागि उनीहरुलाई हत्याको आरोपमा अपमानित गरेको तथा उनीहरुमध्यै धेरैमाथि भौतिक कारबाहीको प्रयास भएको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा भनिएको छ, ‘बच्चा अपहरणको धम्की आइरहेको छ । त्यसैले सञ्चारमाध्यम,मानवअधिकारकर्मी, नेपाल सरकार तथा सम्बन्धित निकायलाई स्थलगत अध्ययन गरी सत्यतथ्य समाचार सार्वजनिक गर्न अनुरोध गर्दछौं ।’  

वक्तव्यमा अगाडि भनिएको छ, ‘अधिकारी परिवारले गाउँ छाड्ने प्रमुख कारण कृष्णको हत्याभन्दा पनि २०६४ सालमा गाउँमा विजुलीको लाइन विस्तार गर्ने क्रममा अधिकारीले नै अवरोध गरेपछि भएको हो । अधिकारीले बारीमा पोल गाड्न नदिएको र सिमानामा गाड्दा लाइनमा छोएको रुखको ३ वटा हाँगा काटेको रिसले नूरप्रसादका बा–आमाले गाडिसकेको काठको पोल काटिदिएका थिए । विकासका काममा अवरोध सिर्जना गरेका कारण उनीहरुप्रति स्थानीय सकारात्मक थिएनन् । त्यही बेला अधिकारी परिवार घरमा ताला लगाई गाउँलेलाई पत्तै नदिई जिल्ला प्रहरी कार्यालय .गोरखा गएर स्थानीय तीन जना किसानका विरुद्ध मुद्दा दायर गरे । मुद्दाको छलफलको लागि सामूहिक कामका लागि रुखको हाँगा काटिएको निहुँमा तीन जनामात्र होइन, दोषी भए हामी सबै छिमेकी ४३ घर नै दोषी हौं, होइन भने सामाजिक विकासमा अवरोध पु¥याउने नूरप्रसाद र उनका बाआमा दोषी हुन्न् भनी ४३ जनाले नै प्रतिवाद गरेका थिए । जिप्रकामा मेलमिलाप गर्न सबै गाउँलेहरु तयार भए तर नूरप्रसाद र उनका बाबु नमानेर काठमाडौं आएका हुन् । र अहिलेसम्म गाउँ फर्केका छैनन् ।’

नूरप्रसाद र उनका बाबु नन्दप्रसाद अधिकारीले उनीहरुका एकल महिला माइली आमा र टुहुरा छोरीहरुलाई अंश नदिई चर्को आर्थिक अभावमा पारेपछि स्थानीयले अंश दिलाइदिन पहल गरेको अंश दिन बाध्य भएपछि गाउँलेप्रति अधिकारी परिवार रुष्ट बनेको र त्यही घटनालाई जोडेर उनीहरुले गाउँलेलाई कृष्णको हत्यारा भन्दै प्रचार गर्न थालेको उनीहरुले बताएका छन् । 

नूरप्रसादले जानुका पौडेललाई, ‘ए अपराधिनीं तँ एक अरब लिएर मेरो बा लाई ४ घण्टाभित्र भेट अन्यथा तँलाई भगवानले पनि बचाउन सक्ने छैनन् – नुर अधिकारी’ भनेर एसएमएसबाट निरन्तर रकम मागिरहेको तथा उनको बच्चा अपहरण गर्ने धम्की पनि दिइरहेको उनीहरुले बताएका छन् ।

०६५ पौष ५ बिहान करिब ८ बजे बालाजु गंगाहलको गल्लीमा नुरप्रसादले जानुकालाई भौतिक आक्रमण गरेको कुरा इन्सेक ÷राष्ट्रिय मानव अधिकार आयोग, काहुराष्ट्रको प्रतिनिधिको रोहवरमा इन्सेक कार्यालयमा जेठ ७ गते नूरप्रसाद आफैले स्वीकारेको समेत उनीहरुले बताएका छन् । 

नूरप्रसादले २०७० बैशाख २९ गते करिब दिनको ३ बजे जानुका पौडेलको नयाँ बजारस्थित कोठामा २ जना मान्छे पठाएर सँगै कोठामा बस्नेसँग ‘जानुका कहाँ गई ? छोरा कहाँ छ ? कति बर्षको छ ? अहिले कहाँ छ ? कति कक्षामा पढ्छ ? स्कुल कुन हो ? गाडीमा जान्छ कि हिंडेर ? कुन बाटो कोसँग कति बजे जान्छ ....?’ भनी सोधपुछ गरेको र त्यसपछि जानुकाको आमा र छोरा कोठा छोड्न बाध्य भएको उनीहरुले उल्लेख गरेका छन् ।

नूरप्रसादले कानुन हातमा लिएर सार्वजनिक बेइज्जती गर्ने, झुटा मुद्दा लगाएकोे, अपहरणको प्रयास गरेको, अरबौंको फिरौती मागेको, हत्या गर्ने धम्की दिएको तथा नांगो छुरी लिएर खोज्दै हिंडेको तथा विकास निर्माणमा अवरोध गर्दै आफै घर छाडेर हिंड्ने र झुटा डकुमेण्ट बनाएर घटनालाई अन्तर्राष्ट्रियकरणको गर्ने दुश्प्रयास गरेकोले आफ्नो सामाजिक जीवन तथा मानअधिकारको समेत हनन् भएको उनीहरुले बताएका छन् ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive