newsone

गृह मन्त्रालयले सार्वजनिक गर्‍यो ८२ बुँदे सुधार योजना

newstwo गृह मन्त्रालयले सार्वजनिक गर्‍यो ८२ बुँदे सुधार योजना


वैशाखदेखि सुरक्षा बाहेकका प्रयोजनमा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाइने

 गृह मन्त्रालयले आफ्नो मातहतका निकायहरुबाट हुने २५ हजारभन्दा माथिको खर्च विवरण वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ । आफैंबाट सुशासनको नीतिलाई आत्मसात गर्ने गृहमन्त्रीको योजना रहेको छ । 


मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच १० सुधार क्षेत्र पहिचान गरी गृहमन्त्री रामबहादुर थापाले ८२ बुँदे सुधार योजना(२०७४ सार्वजनिक गरेका छन् ।

सुधार योजना अनुसार २०७५ असार मसान्तसम्ममा हरेक स्थानीय निकायमा एक प्रहरी इकाइ रहने व्यवस्था मिलाइने भएको छ । यस्तै २०७५ वैशाखदेखि सुरक्षा बाहेकका प्रयोजनमा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाइने छ ।

सुधार योजना अन्तरगत जनताको गुनासो सुन्न निःशुल्क टेलिफोन लाइनको व्यवस्था गरिने छ भने दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा प्रत्येक सय किलोमिटरमा एक आराम केन्द्रको व्यवस्था हुने भएको छ ।

गृहमन्त्री वादलको यो योजनापछि गृहमा धेरै ठूलो सकारात्मक आशा पलाएको छ । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive