newsone

गृहमन्त्री वादलद्वारा समाचार पुस्टि गर्न चुनौती 

newstwo गृहमन्त्री वादलद्वारा समाचार पुस्टि गर्न चुनौती 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को सचिवालयले एक वक्तव्य जारी गर्दै नागरिक दैनिकको समाचारलाई पुस्टि गर्न चुनौति दिएको छ । 

वक्तव्यमा भनिएको छ, आजको नागरिक दैनिकमा प्रकाशित  ‘बागमतीमा अवैध बालुवा खानी, गृहमन्त्रीकै आडमा तस्करी’ भन्ने शीर्षकको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सो समाचारमा बिना आधार बदनियतपुर्ण ढंगले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नाम बलजफ्ती जोड्ने कोशिस गरिएकोमा खेद प्रकट गर्दछौं । गृहमन्त्री बादलले देशमा व्याप्त रहेको भ्रष्टचार र तस्करीको जालो तोडी छाड्ने र यसमा कोही कसैसँग सम्झौता नगरिने पटक÷पटक स्पष्ट पार्दै आउनुभएको छ । 

समाचारमा सो खानी दुई वर्षदेखि सञ्चालनमा रहेको भनिएकोमा गृहमन्त्रीको रुपमा बादलले कार्यभार सम्हालेको एक महिनामात्रै भएको कुरालाई नजरअन्दाज गरिएको छ । समाचारको सामान्य मूल्य मान्यता समेत पूरा नगरी आरोपित व्यक्तिको कुनै भनाइ नै नराखी सो समाचार प्रकाशित भएको छ । नियोजित र आधारहीन रुपमा गृहमन्त्रीको चरित्रहत्या गर्ने कुत्सित मनसायले मात्रै सो समाचार प्रकाशित भएकोमा यसप्रति खेद प्रकट गर्दछौं । 

सो प्रकरणमा तस्करीमा कोही कसैको संलग्नता प्रमाणित भए उसलाई कारवाहीको दायरामा ल्याईने र कसैलाई कुनै किसिमको संरक्षण नगरिने कुरा पनि यसै विज्ञप्ति मार्फत हामी स्पष्ट पार्न चाहन्छौं ।’

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive