newsone

खुमबहादुरले चलाएको गुट अब कसले चलाउला ?

newstwo खुमबहादुरले चलाएको गुट अब कसले चलाउला ?

काठमाडौं । खुमबहादुर खड्का नेपाली कांग्रेसभित्रको सबैभन्दा प्रभावशाली गुटका अगुवा थिए । उनको अवसानपछि त्यो गुट यथावत रहला कि, छिन्नभिन्न होला ? भन्ने  प्रश्नको उत्तरको खोजीका कांग्रेसका कार्यकर्ता छन् ।

 खुमबहादुरको गुटमा प्रत्यक्ष देखिन चाहने कार्यकर्ताहरुको सूचि जति लामो छ प्रत्यक्ष नदेखिएरै खुमबहादुर गुटलाई सहयोग पु¥याउनेहरुको सूचि पनि त्यतिकै लामो छ । खुमबहादुर गुटमा देखिएरै उभिनेहरुमा भरत शाह, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, देवप्रकाश त्रिपाठी, चन्द्र केसी, राजु थापा, शंकर भण्डारी, उमेशजंग रायमाझी, मोहनबहादुर बस्नेत, शिवराज जोशी, पाल्टेन गुरुङ, टेकबहादुर गुरुङ लगायतका नेताहरु छन् भने नदेखिएरै सहयोग पु¥याउनेहरुमा डा. शेखर कोइराला, पूर्णबहादुर खड्का, कर्ण मल्ल, डिला संग्रौला, ईश्वरी न्यौपाने, चम्पा खड्का, दीपक खड्का, मोहम्मद अफ्ताभ आलम, रामबहादुर गुरुङ, हरिवोल भट्टराई लगायतका धेरै नेताहरु छन् । यो फेहरिस्त निकै लामो छ ।

 गिरिजाप्रसाद कोइराला शक्तिमा छँदा नोना कोइरालाले भन्ने गरेकी थिइन, मेरो जेठो छोरो शेखर र कान्छो छोरो खुमबहादुर हो । खुमबहादुर शेखर भन्दा दुई वर्ष कान्छा थिए । कोइराला परिवारसँग खुमबहादुरको दुरी बढ्दा समेत शेखरसँग दाजुकै जस्तो सम्बन्ध थियो । खुमबहादुरको स्वास्थ्य विग्रिए लगत्तै दिल्लीको एपोलो अस्पतालमा सबैभन्दा पहिले शेखर नै पुगेका थिए । शेखर र खुमबहादुरले दाजुभाइको जस्तो सम्बन्धलाई एक्स्पोज गरेका भने थिएनन् । खुमबहादुरको गुट संचालनमा शेखर कहीँ कतै देखापरेका थिएनन् । अब यो गुटको नेतृत्व डा. शेखरले नै गर्ने संभावना कांग्रेसभित्रको रहस्य बुझ्नेहरुले औंल्याएका छन् तर धेरैजसोको अनुमान भने खुमबहादुरले रचना गरेको गुट अब छिन्नभिन्न हुने र यो गुट छिन्नभिन्न भएको धेरैजसो लाभ पार्टी सभापति शेरवहादुर देउवाले पाउने अनुमान छ । अहिले पनि खुमबहादुर गुटका थुप्रै कार्यकर्ता देउवासँगै छन् । 

उदाहरणका लागि झट्ट हेर्दा मोहन बस्नेत र पूर्णवबहादुर खड्का खुमबहादुरसँग बढी निकट हुन् कि ? देउवासँग बढी निकट हुन् ? छुट्याउन सकिने अवस्था छैन ।  बालकृष्ण खाणले पाँच वर्ष नेवि संघको अध्यक्ष हुँदा र १० वर्ष तरुण दलको अध्यक्ष हुँदा युवा पङ्क्तिको ठूलो जमातलाई आफ्नो पकडमा ल्याएका छन् । तर, खाण निकट मनिने धेरै कार्यकर्ताको आवतजावत खुमबहादुरसँग थियो ।

  एउटा पुरानो उखान छ– ‘भविष्य विग्रेको नेता र चरित्र विग्रेकी महिलाको पछि लाग्ने कसैको पनि उन्नति हुँदैन ।’ भ्रष्टाचारमा डामिएपछि खुमबहादुरको राजनीतिक भविष्य समाप्त भएको कांग्रेसका धेरै कार्यकर्तालाई थाहा थियो तर पनि उनीहरुलाई आफूलाई सगौरव खुमबहादुरको मान्छे हुँ भन्न छाडेनन् । किन छाडेनन् त ? भन्ने प्रश्नमा  खुमबहादुर निकट एक कार्यकर्ता भन्छन्– ‘पहिलो कुरा त उहाँ पावरमा छँदा हामी जस्ता दुःख पाएका र पार्टीमा योगदान पु¥याएका कार्यकर्तालाई सम्झनु भयो, आफूले सकेको आर्थिक सहयोग गरिरहनु भयो, दोस्रो कुरा  उहाँले कार्यकर्तासँग कहिल्यै झुट बोल्नु भएन, उहाँको बोली व्यवहारमा  कपट, षड्यन्त्र र ढाँट छल कहिल्यै देखिएन, यत्तिका नेता कांग्रेसभित्र अरु थिएनन् ।’ माओवादीले जनयुद्ध गर्दा अरु नेता दुलोभित्र पस्दा पनि खुमबहादुरले घरघरमा पुगेर ढाडस दिने गरेको कार्यकर्ताहरु सम्झन्छन् । 

 भ्रष्टाचारको आरोप प्रमाणित भएका अरु नेता समाप्त हुँदा पनि खुमबहादुरप्रति कार्यकर्ताहरुले अविरल सम्मान प्रकट गर्नुको कारण उनको व्यवहार नै हो । भ्रष्टाचारमा संलग्नहरुको सूचि निकै लामो हुँदाहुँदै पनि खुमबहादुर डामिनुको मुख्य कारण भनेको कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष नै हो । उनीमाथि एक सिंचाई आयोजनामा ९० लाख रुपैंया भ्रष्टाचार गरेको आरोप लागेको थियो । त्यस्तै आरोप लागेका अरुले मुद्धा जितेका छन् । 

कांग्रेस स्रोतका अनुसार खुमबहादुर कार्यकर्ताबीच लोकप्रिय हुन थालेपछि  भाइ सुशील कोइराला र त्यसपछि  छोरी सुजातालाई पार्टीको नेतृत्वमा पु¥याउन नसकिने खतरा गिरिजाप्रसाद कोइरालाले देखे । यो सम्भावना बढ्ना साथ कोइरालाले खुमबहादुरलाई आफ्नो गुटबाट लखेटे, यता  कृष्णप्रसाद भट्टराईको गुटसँग खुमबहादुरको सम्बन्ध पानी बाराबारको अवस्थामा थियो । कोइराला गुटमा छँदा खुमबहादुर कृष्णप्रसाद भट्टराई विरुद्ध निम्न स्तरमा प्रयोग भएका थिए । भट्टराईका मान्छेहरु खुमबहादुरलाई कोइरालाहरुले पालेको ‘भोटे कुकुर’ भनेर आलोचना गर्थे । 

यता आरजु राणालाई श्रीमतीका रुपमा शेरवहादुर देउवा कहाँ दरवारियाहरुले फिट गर्नुको मुख्य उद्देश्य थियो– ‘नेपाली कांग्रेसलाई  आफ्नो हातमा लिनु ।’ जसरी हुन्छ नेपाली कांग्रेसको बागडोर देउवाको हातमा पु¥याउन राजदरबार भएभरको ताकतका साथ लागिसकेको थियो । देउवाका लागि मुख्य तगारो खुमबहादुर नै बन्ने राजदरवारको ठहर गलत थिएन । यो मामलामा गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराई राजदरवार (देउवा) एक ठाउँमा भए, अर्थात यी ती शक्तिले खुमबहादुरलाई निशाना बनाए । तर एमालेलाई टुक्र्याएर २०५६ सालको आम निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाए वापत पार्टीभित्र खुमबहादुरको पकड अझ बलियो भयो । 

अब अर्को उपाय अवलम्वन नगरी सुजाताका लागि मार्गप्रशस्त नहुने ठहरमा गिरिजाप्रसाद पुगे, देउवाका लागि मार्गप्रशस्त नहुने ठहरमा राजदरवार पुग्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायलाई राजा ज्ञानेन्द्रले मात्रै होइन गिरिजाप्रसाद कोइरालाले पनि भेटे । यसरी खुमबहादुरको राजनीति अवसान गरियो । अलि सोझा प्रकृतिका भएकाले उनी अरुले देख्ने गरेरै व्यापारी, कर्मचारी तथा ठेकेदारहरुसँग पैसा माग्थे र देख्ने गरेरै कार्यकर्ताहरुलाई बाँडिदिन्थे । खुमबहादुरका धेरैजसो कार्यकर्ता यतिबेला आर्थिक रुपमा समेत धेरै बलियो अवस्थामा छन्, पार्टीमा लामो संघर्ष गरेको इतिहास पनि उनीहरुसँग छ । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive