newsone

कृषि मन्त्रालयमा मन्त्रीको खोजी

newstwo कृषि मन्त्रालयमा मन्त्रीको खोजी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले आफू मातहतकै संस्थाले काम गर्न नसकेको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि जनाएका छन् । कतिपय आफै अध्यक्ष रहेको संस्था र कतिपय आफ्नो मन्त्रालयको सचिव अध्यक्ष रहेका संस्थाले काम गर्न नसकेको भन्दै असन्तुष्टि मन्त्रीले नै सार्वजनिक स्थानमा व्यक्त गरेपछि मन्त्रालय कसले चलाएको रहेछ भनेर कृषि मन्त्रालयका कर्मचारीबीच चर्चा चलेको छ ।

मन्त्रालयका एक उच्च अधिकारीले समयबद्धसँग भने– मन्त्रालय र मन्त्रालयअन्तर्गतका निकाय, कार्यालय, संघसंस्थालाई नीति निर्देशन दिने, नियमन गर्ने र काम नगरे कार्वाही गर्ने अधिकार आफैसँग रहेको कुरालाई विर्सिएर बोल्ने मन्त्रीलाई हामीले के भन्ने ? यो त लाजमर्दाे कुरा भयो । कि त आफू र आफ्नो अधिकार मन्त्रीलाई थाहा छैन या त मन्त्रीज्यूको नियन्त्रण बाहिर छन् ती संस्था ? मन्त्रीको निर्देशनको पालना नगर्ने संस्था प्रमुखलाई उहाँले कारबाही गर्न सक्नुहुन्छ, त्यो पनि गर्न नसक्ने ? त्यसो भए यो मन्त्रालय चलाउने खास मन्त्री को रहेछ ? लौन खोजी गर्नुप¥यो ।

गतसाता राष्ट्रिय किसान आयोगले बुझाएको वार्षिक प्रतिवेदन बुझाउने सन्दर्भमा मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदन बुझेपछि कृषि तथा पशुपंक्षी मन्त्री खनालले आफ्नो मन्त्रालयअन्तर्गतका राष्ट्रिय कृषि अनुसन्धान परिषद्, कृषि सामग्री कम्पनी, बीऊविजन कम्पनी, राष्ट्रिय चिया तथा कफी विकास बोर्डलगायतका संस्थाले न राम्ररी काम गर्न सकेको न त आफ्नो नीतिनिर्देशन मानेको भन्दै चर्काे टिप्पणी गरेका थिए । मन्त्री खनालले यसो भनिरहँदा उनीमाथि पनि नैतिक प्रश्न उठेको छ ।

मन्त्री मातहत रहेका कृषि सामग्री कम्पनी, बीऊविजन कम्पनी, दुग्ध विकास संस्थानलगायतका केही संस्थानका महाप्रबन्धक, प्रबन्ध निर्देशक लामो समयदेखि पद रिक्त रहँदासमेत पदपूर्ति हुन सकेका छैनन् । ती संस्था निमित्तका भरमा चलाइएका छन् । ‘नयाँ ल्याउनुभन्दा निमित्तबाटै धेरै काम हुन सक्ने देखेर नियुक्ति नगर्ने अनि असन्तुष्टि व्यक्त गर्ने, यसभित्र नाङ्लो ठटाएर हात्ती तर्साउने कुराजस्तो भयो कि ?’ एक मर्मचारीले भने । 

बाली लगाउने बेलामा किसानले पर्याप्त मल पाउन नसकेको, मलको कालोबजारी हुँदा कालोबजारी नियन्त्रण गर्न नसकेको, मल सर्वसुलभ उपलब्ध गराउन नसकेको भनेर मन्त्री खनालको व्यापक आलोचना हुँदै आएको छ । रासायनिक मलको अभाव र कालोबजारी नियन्त्रण गर्न कृषि सामग्री कम्पनी उदासिन देखिंदै आएको छ भने राष्ट्रिय बिऊविजन कम्पनीले राजापुर क्षेत्रलगायतका स्थानमा वितरण गरेको बिऊ गुणस्तरहीन र मिसावटयुक्त भएर किसान पीडित भएको विषयमा पनि मन्त्री खनालले प्रभावकारी कदम नचालेको किसान नेताहरुको गुनासो रहेको छ । समयबद्धबाट

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive