newsone

कांग्रेसको यो दुई रुप

newstwo कांग्रेसको यो दुई रुप

अनसनरत अधिकारीको जिम्मेवारी कनकमणि दीक्षितले लिनुपर्छ कि पर्दैन ? डलरवादीहरुले लिनुपर्छ कि पर्दैन ? ः रामचन्द्र पौडेल, ०७१ बैशाख ३ गते

अदालतको फैसला कार्यान्वयन गर्न र छोराका हत्यारालाई कारवाही गराउन आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु विडम्बनाः रामचन्द्र पौडेल,  ०७५ असार १८ गते

 

नेपाली कांग्रेस यतिबेला गंगामाया अधिकारीको अनसनको विषयलाई फेरि राजनीतिक रङ्ग भर्ने कोसिस गरिरहेको छ । सत्तामा छँदा द्वन्द्वकालीन मुद्दाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् टुङ्गो लगाउनु पर्ने कांग्रेसले निर्णय नै गरेको थियो । तर, पछिल्लो समय सत्ताबाट बाहिरिनु परेपछि द्वन्द्वकालीन हजारौं मुद्दाहरुमध्येको एउटा मुद्दाको विषयलाई कांग्रेसले फरक ढङ्गले व्याख्या गरेको छ । कांग्रेसभित्र नैतिकता र मूल्यको कुरा गरेर नथाक्ने रामचन्द्र पौडेल अहिले यो मुद्दालाई सबैभन्दा चर्को रुपमा उठाउन लागिपरेका छन् ।

गंगामाया अधिकारीले न्याय पाउनुपर्छ भन्ने विषयमा कसैको विमति हुन सक्दैन । तर न्याय गंगामायाका लागि मात्र हुनुपर्छ कि अरुका लागि पनि ? राष्ट्रियसभाका सांसद् तथा कानुनविद रामनारायण बिडारी प्रश्न गर्छन । 

द्वन्द्वकालीन मुद्दालाई एउटा संयन्त्रमार्फत् निरुपण नगर्ने हो भने देश फेरि अर्को द्वन्द्वको भयावह भुँवरीमा धकेलिने उनको बुझाइ छ । उनी भन्छन, ‘एउटा मुद्दालाई उछालेर देशलाई फेरि अर्को भयानक द्वन्द्वमा धकेल्ने कि द्वन्द्वका विषयलाई समाधान गर्दै लैजाने ? यदि अहिले कांग्रेसले भनेजस्तै गंगामाया या अरु कसैको मुद्दालाई मात्र प्राथमिकता दिने हो भने द्वन्द्वका क्रममा मारिएका बीसौं हजारको मुद्दाको जिम्मेवारी कसले लिने ? देशमा सशस्त्र जनयुद्ध भएका बेला सबैभन्दा बढी समय सरकारको नेतृत्व कांग्रेसले नै गरेको थियो । यस्तो अवस्थामा द्वन्द्वमा ज्यान, अङ्ग र भौतिक सम्पत्तिमा सबैभन्दा बढी क्षति राज्य पक्षबाटै भएको थियो । सेना र प्रहरीलाई परिचालन गर्ने र दमन गर्ने आदेश सरकारले नै दिएको थियो । अहिले यस्ता मुद्दालाई तुच्छ क्षणिक राजनीतिक फाइदाका लागि भजाउने हो भने यसको सबैभन्दा बढी मार कांग्रेसका नेताहरुलाई पर्छ । किन कि द्वन्द्वकालीन समयमा उनीहरु नै सरकारको नेतृत्वमा थिए । सिसाको महलमा बसेर अरुलाई ढुङ्गा हान्ने मूर्खता कांग्रेसले नगर्दा उसैलाई फाइदा हुन्छ ।’


०६२/०६३ को परिवर्तन तत्कालीन सशस्त्र जनयुद्ध गरिरहेको माओवादी र तत्कालीन एमाले तथा कांग्रेसको मुख्य भूमिकाकै कारण सम्भव भएको थियो । त्यसपछि कयौं पटक कांग्रेस र तत्कालीन माओवादीबीच सत्तासाझेदारी भयो । सत्तासाझेदारीका बेला कांग्रेस यस्ता मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् समाधान गर्ने बताउँदै आयो । यतिबेला कांग्रेस सत्ताबाहिर छ । सत्ताबाहिर रहनु पर्दाको पीडामा मल्हम लगाउन मात्रै यस्ता मुद्दालाई उछालेको हो भने पनि यो कांग्रेसका लागि घातक हुनेछ । होइन, यस विषयमा कांग्रेसलाई भित्रैदेखि यस्तै लागेको थियो भने आफू सरकार र सत्तामा हुँदा यही विषयलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् हल गर्नुपर्ने र सत्ताबाहिर हुँदा चाहिं जाहेरी परेकालाई तत्काल कार्वाहीको दायरामा ल्याउनुपर्ने माग गर्छ ?

कांग्रेस नेता रामचन्द्र पौडेलले ०७१ बैशाख ३ गते बुधबार गंगामाया र नन्दप्रसाद अधिकारी दम्पत्तिको अनसनमा डलरवादीहरुको चलखेल भएको र सो अनशन तोड्ने जिम्मा पत्रकार एवम् नागरिक समाजका अगुवा कनकमणि दीक्षितले लिनुपर्ने बताएका थिए । फुजेलकाण्डमा किटानी जाहेरी परेका १३ जनालाई अदालतमा मुद्दा चलाइसक्दा पनि अधिकारी दम्पत्तिले अनशन तोड्न नमानेकोमा आक्रोश पोख्दै पौडेलले यसको जिम्मा कनकमणि दीक्षितलगायत डलरवादीहरुले लिनुपर्ने बताएका थिए ।

अधिकारी दम्पत्तिले कारवाही गर्न माग गरेका व्यक्तिलाई मुद्दा चलाइएको छ, अनशन तोड्ने आग्रह गर्दै म आफैं भेट्न जाँदा पनि उनीहरु अनशन तोड्न मान्दैनन्, पौडेलले भनेका थिए, ‘अनसनरत अधिकारीको जिम्मेवारी कनकमणि दीक्षितले लिनुपर्छ कि पर्दैन ? डलरवादीहरुले लिनुपर्छ कि पर्दैन ?’ पौडेलले यसो भनिरहेको बेलामा नेपाली कांग्रेससहित तत्कालीन माओवादी र एमाले पनि सरकारमा थिए । 

अभियुक्तलाई नथुनी मुद्दा मात्र चलाउने र आफूहरूले अनशन तोड्नुपर्ने हो भने मुद्दा फैसला नहुञ्जेलका लागि दुई अर्ब रुपियाँ दिनुपर्ने शर्त गंगामाया र नन्दीप्रसादका छोरा नूरप्रसाद अधिकारीले राखेको समाचार त्यतिबेला विभिन्न पत्रपत्रिकामा छापिएका थिए ।

तत्कालीन उप–प्रधान तथा गृहमन्त्री वामदेव गौतमले संसदको समाजिक न्याय तथा मानवअधिकार समितिको बैठकमा समेत अधिकारी दम्पत्तिले २ अर्ब क्षतिपूर्ति मागेको र नदिएका कारण अनसन जारी राख्दा उनको मृत्यु भएको बताएका थिए । गौतमले भनेका थिए, ‘दुई अर्ब दिन सकेको भए अनसन तोडेर नन्दप्रसाद बाँच्थे होला तर, हामीले दिन सकेनौं ।’ 

असम्भव माग राखेर अनसनमा बस्ने क्रममै नन्दप्रसाद अधिकारीको निधन भइसकेको छ भने गंगामायाको अवस्था नाजुक छ । छोरा नूरप्रसादको असम्भव र अस्वाभाविक मागका कारण बाबुको मृत्यु भएको उनका आफन्त र स्थानीय गाउँले बताउँछन् । उनीहरुले किटानी जाहेरी दिएका व्यक्तिहरुमाथि व्यक्तिगत रिसईवी साध्न किटानी जाहेरी दिएको स्थानीय बताउँछन् ।

आफैले यसरी भनेको विषयलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समय राजनीतिक रङ्ग दिने कोसिस गरेका छन् । ‘अदालतको फैसला कार्यान्वयन गर्न र छोराका हत्यारालाई कारवाही गराउन आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु विडम्बना भएको’ पौडेलले बताएका छन् । गंगामायाको स्वास्थ्य अवस्था बुझ्ने क्रममा पौडेलेले गत हप्ता मंगलबार भने, ‘रातो झण्डा ओढेपछि सबै खत माफ हुने प्रचलनको अन्त्य हुनुपर्छ’ । छोराको हत्यारालाई कारवाही गर्नका लागि अनशन बस्नुपर्ने अवस्था आउनु विडम्बना हो । गंगामायाको मागलाई अब सरकारले नसुने जनस्तरमा लैजाने पनि पौडेलले बताए । 

डलरमा बिक्री गर्न सकिन्छ नेपाली लाशः आहुती

यही विषयलाई लिएर तत्कालीन माओवादीका नेता आहुतिले लेखेका थिए, ‘आखिर नन्दप्रसादको मृत्यु भयो ! प्रहरीलाई थाहा थियो शायद, उनको छोराको मृत्युसँग सम्बन्धित मानिसहरू संसारमै अहिले छैनन् । अनि कोही ‘हत्यारा’ खडा गरे पनि जबर्जस्ती प्रमाणित गर्न सकिंदैन । त्यसैले प्रहरी पटक–पटक माथिको आदेश मान्न मात्र रित पु¥याउन केहीलाई पक्रिएर खोरमा हाल्थ्यो ।

अदालत हैरान थियो किनभने कानुन र शान्ति सम्झौता (जताबाट हेरे नि यो प्रमाणित हुँदैन÷गर्न मिल्दैन । अनि निर्दोष छुटिहाल्थे । रामचन्द्र पौडेलले रिसाएर भनेकै हुन्, ‘जल्ले उचाल्यो, अब जिम्मा तिनैले लिऊन् !’ अधिकारी दम्पत्ति र परिवारलाई उक्साइयो भावनामा खेलेर । जब सरकारले अहिले हुनसक्ने जति गर्दा पनि उनीहरूलाई अनसन तोड्न दिइएन, त्यसपछि पौडेलले यस्तो बोलेका थिए । सरकारले शान्ति प्रक्रिया भाँड्न जे पनि गर्न नसक्ने संकेत दिएपछि कम्तिमा ती उक्साउने महारथीहरूले अधिकारी दम्पत्तिलाई संयमतातिर लानुपथ्र्यो । तर, ती गायब भए बिनाबजेट अस्पतालमा छाडेर ! अधिकारी दम्पत्ति आवश्यक पौष्टिक तत्वको अभावमै अनसन उत्प्रेरकहरूको भरोसामा बसे । तर, ती उत्प्रेरकहरू ती दम्पत्ति त्यतिकै मरे भने लास कति डलरमा बिक्ला भनेर इमेल गर्दै थिए भन्ने कुरा विचरा अधिकारी दम्पत्तिलाई थाहै थिएन ।

मेरो विचारमा यस शताब्दीमा मानवअधिकारकर्मीको नाममा केही हृदयहीन खन्चुवाहरूले नेपालमा गरेको विभत्स हत्या हो अधिकारीको मृत्यु ! मान्छेको संवेदना बेच्नेहरू आफ्नै वर्गका भए पनि कति निर्दयी हुँदारहेछन् भन्ने कुरा रामचन्द्र पौडेलले बुझे ।

अब सकेसम्म लगिनेछ लाश नसके विषय मात्र पनि लगिनेछ अमेरिका । किनकि डलर छ त्यहाँ र डलरमा बिक्री गर्न सकिन्छ नेपाली लाश ।’

पहिला अधिकारी दम्पत्तीको मुद्धालाई डलरवादीको प्रायोजित कर्म बुझ्ने रामचन्द्र पौडेल अहिले तिनै डलरवादीको प्रवक्ता, तिनकै सहयोगी बनेका छन् । नेपाली कांग्रेसलाई गंगामाया अधिकारी र डा. गोविन्द केसीको अनशन हुन्थेन भने अब अगाडि जाने राजनीतिक मुद्धा नै हुँदैन थियो कि भने जस्तो भएको छ । डा. गोविन्द केसीले अहिले उठाएका मुद्धा पनि नयाँ होइन । कांग्रेस सरकारले नै हल गर्न नसकेको मुद्धा होइन र यो पनि ! कांग्रेसको शक्ति पुनस्र्थापनाका लागि गंगामाया अधिकारी र डा. गोविन्द केसीको अनसनमात्र बाँकी रहेको हो त ? नत्र यस्तो विरोधाभास कार्य किन ?  समयबद्ध साप्ताहिकबाट


 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive