newsone

कुरुवा नपाउँदा विचल्लीमा एक मजदुरको जीवन

newstwo कुरुवा नपाउँदा विचल्लीमा एक मजदुरको जीवन

जाजरकोट । घुँडामा चोट लागेर विरामी भई थला परेका भेरी मालिका नगरपालिका–३, सिमलगैरी जाजरकोटका ३० बर्षीय विरु नेपाली कुरुवा नपाउँदा थला परेका छन् । अप्रेशनपछिको घाउ जाँच गराउन जाँदा छ महिना बस्नुपर्ने भएकाले उनीसँग कोही पनि जान नमानेपछि उपचारको अभावमा थला परेका छन् । आफूसँगै अस्पतालमा जाने कुरुवा नगइदिंदा उनी चार महिनादेखि जिल्ला अस्पताल जाजरकोटमा छट्पटाइरहेका छन् । मजदुरी गर्ने क्रममा घुँडामा चोट लागेर ठूलो घाउ बनेपछि अशक्त बनेका विरु अहिले जिल्ला अस्पताल जाजरकोटमा थलिरहेका छन् । 

गत साउनमा खुट्टाको अप्रेशन गराएका विरुलाई अस्पतालले छ महिना अस्पतालमै बस्नुपर्ने भनेपछि उनी कुरुवा लिनका लागि जाजरकोट फर्किए । डाक्टरले विरुलाई कुरुवा लिएर भदौमा अस्पताल आउन भनेका थिए । तर, कोही पनि आफन्त नजाँदा जिल्ला अस्पतालमै दैनिक घाउ सफा गराउँदै बसेका छन् । विरामी हुनुपहिले मजदुरी गरेर आफू र दृष्टिविहीन बूढी आमाको छाक टार्ने गर्थे विरु । मजदुरी गर्दागर्दै खुट्टामा गम्भीर चोट लागेपछि आफै थला परेका विरुलाई दृष्टिविहीन आमाको मृत्यु भएको खबरले झन् पीडा थपिदियो । घुँडामा भएको ठूलो घाउको पीडा एकातिर थियो भने त्योभन्दा ठूलो पीडा विरुकोे जीवनमा आइप¥यो– आमाको मृत्यु । 

गत साउनमा विरुको घुँडाको उपचारका लागि अपरेशन हुने दिन उनकी आमा ललती नेपालीको चित्ता खलंगाको कालेगाउँस्थित भेरी नदीको किनारमा जल्दै थियो । पीडैपीडामा रहेका उनी आफन्तबाट सहयोग नपाउँदा झन् विचल्लीमा परेका छन् । घाउ निको हुनुको साटो झन्झन् बल्झिंदै गएकाले घाउको उपचारमा निकै समस्या भएको विरु नेपालीले बताए । ‘खुट्टामा लागेको चोटले गर्दा घुँडाको हड्डी कुहिन थालेपछि अप्रेशन गरेर निकाले, अहिले त्यही घाउको उपचारमा जाने कोही नहुँदा सहाराविहीन भएको छु’ विरुले भने । ‘आफू विरामी भएर अस्पतालमा छटपाइरहेको छु, सहारा दिने कोही छैन, कसरी उपचार गरेर बाँचौं’ उनले भने । घाउ सञ्चो भएको छैन पिप आउँछ कुरुवा लिएर जाने पैसासमेत नहुँदा निकै समस्या भएको दुखेसो उनले पोखे । फुर्सद छैन भन्दै कोही पनि आफन्त जान नमानेको र कसैले वास्ता नगरेको उनले बताए । 

विरुको उपचारमा ढिलो गरे क्यान्सरसमेत हुनसक्ने चिकित्सकको भनाइ छ । आर्थिक अभाव र काठमाडौं लगिदिने आफन्त कोही नहुँदा यतिबेला उनी जिल्ला अस्पताल जाजरकोटमा छटपटाइरहेका छन् । विरु परिवारका एकमात्र सदस्य हुन् । अहिले विरुसँग काठमाडौंसम्म जान गाडी भाडा तथा कुरुवा छैनन् । 

विरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार सम्भव नहुने भएपछि काठमाडौंको सुष्मा कोइराला मेमोरियल अस्पतालमा छिट्टै जान सुझाव दिएको तर विरुलाई साथमा लैजाने आफन्त नहुँदा समस्या भएको जिल्ला अस्पतालका डा. चाँदनी जैयसवालले बताइन् । विरुको घुँडामा समस्या भएकाले हामीले काठमाडौं जान सल्लाह दिएका हौं तर अहिलेसम्म गएका छैनन् । विरुको घाउ पाकेर खुट्टा नै कुहिन थालेको छ, जति ढिला ग¥यो उति खतरा बढ्दै जाने भएकोले पैसा खोजेर कुरुवासहित उपचारमा जान आफूले सल्लाह दिएको डा. जैयसवाले बताइन् ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive