newsone

आफ्नै शीर्षकलाई खण्डन गरेको नागरिकको समाचार

newstwo आफ्नै शीर्षकलाई खण्डन गरेको नागरिकको समाचार

झिल्को समीक्षा

काठमाडौं । झापा विद्रोहको बेलामा दमन गर्न खटाइएका पूर्व प्रमुख जिल्ला अधिकारी हेमराज ज्ञवालीको लगानीमा सुरु गरिएको  नागरिक दैनिकले ‘गृहमन्त्रीकै आडमा तस्करी’ शीर्षकमा मुख्य समाचार आइतवार प्रकाशित गरेको छ । 

 

यहाँ स्मरणीय छ, हेमराज ज्ञवालीलाई छोरा विनोद ज्ञवाली र उनकी पत्नीले अपमानपूर्ण ढंगले अपदस्थ गरिएको थियो । उनलाई हटाउँदा एक शब्द 'धन्यवाद' समेत नभनी क्रूरता प्रदर्शन गरिएको थियो । 

सो पत्रिकामा गृहमन्त्री रामबहादुर थापा ‘वादल’ को सो घटनामा थोरै पनि संलग्नता रहेको कतै छनक पनि दिएको छैन । 

सो समाचारमा ललितपुर गोदावरी डुकुछापस्थित वागमती किनारमा अवैध रुपमा दुई वर्षदेखि वालुवा खानी सञ्चालन भएको जनाइएको छ । वादल गृहमन्त्री भएको दुई वर्ष भएको छैन । 

उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँगै वादलका भाइलाई जोडिएको छ । वादलका भाइले तस्करी नै गरेको हो भने पनि वादलको नाम कसरी आउँछ ? यदि गृहमन्त्रीको आडमा नै तस्करी गरिएको भए प्रहरी र प्रजिअकै सेटिङ मिलाइदिइन्न थियो र ? प्रहरीकै गस्तीमा रिपोर्टिङ गरिएको भन्ने नागरिकको समाचारले पनि गृहमन्त्रीको संलग्नता नभएको पुस्टि गर्दैन ? 

नागरिक दैनिकले पहिला पनि भक्तमान श्रेष्ठको अपहरणमा जवर्जस्त वादलको नाम ल्याएको थियो । अन्त्यमा स्वास्थ्य माफियाहरुको सेटिङमा श्रेष्ठलाई अपहरण गरिएको भन्ने कुरा प्रमाणित भयो । तिनै माफियाद्वारा नागरिक दैनिकले समाचार प्रायोजन गरेको भन्ने प्रमाणित हुँदा पनि नागरिकले वादलसँग माफी मागेन । यसले नागरिकका सञ्चालक र सम्पादकको भूमिकाका बारेमा प्रश्न उब्जिएको थियो । 

कान्तिपुरपछि नेपालमा दोस्रो पढिने नागरिक दैनिक त्यसपछि निकै खस्किदैं गयो । माओवादीका अधिकांश पाठकले नागरिकलाई घोषित र अघोषित रुपमा बहिस्कार नै गरे । आफू विदेशमा गएको बेलामा यस्तो प्रायोजित समाचार प्रेषित गरियो भनेर तत्कालीन सम्पादक नारायण वाग्लेले माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराईसँग माफी नै मागेको भन्दै त्यतिवेला समाचार वाहिर आयो । त्यतिवेलाका कार्यकारी सम्पादक गुणराज लुइटेल हालका नागरिकका सम्पादक छन् । भक्तमान अपहरण प्रकरणको समाचारको उनले नै नेतृत्व गरेका थिए ।   

आर्थिक पारदर्शी र दृढ इच्छाशक्ति भएका गृहमन्त्री वादलको विपक्षमा नागरिक दैनिक मात्र होइन माफियाबाट घेरिएका नेता, गृहमन्त्रालयको बीचौलिया भूमिकामा रहेर लाभ लिइरहेकाहरु पनि लागिरहेका छन् ।  

  

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive