newsone

बडा दशैंलाई लक्षित गरी आजबाट नयाँ नोट, कहाँ–कहाँ पाइन्छ साट्न ?

newstwo बडा दशैंलाई लक्षित गरी आजबाट नयाँ नोट, कहाँ–कहाँ पाइन्छ साट्न ?

२१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ । बडा दशैंलाई लक्षित गर्दै राष्ट्र बैंकले आजबाट असोज २९ सम्मका लागि नयाँ नोट सटहीको सुविधा दिएको हो ।

नयाँ नोट सर्वसाधारणले आजवाट २९ गतेसम्म साट्न पाउने राष्ट्रबैंकले जनाएको छ, राष्ट्रबैंकले जनाएअनुसार नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २/२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति साट्न सकिने भएको छ ।  

नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय, क्षेत्रीय कार्यालय तथा केही वाणिज्य बैंकहरुबाट सटही गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार, सर्वसाधारणले नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नोट सटही गर्न सक्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका काठमाडौं उपत्काभित्र रहेका शाखाहरुले पनि नोट सटहीको सुविधा उपलब्ध गराउने छन् ।

काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालयसहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाहरुबाट समेत सटहीको सुविधा दिइएको राष्ट्रबैंकले जनाएको छ।

नयाँ नोटमा केरमेट तथा काम नलाग्ने गरी जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैर कानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले सबैमा अनुरोध गरेको छ ।  
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive