newsone

आँखा नभए पनि समाजलाई उज्यालो छरिरहेका रमेश

newstwo आँखा नभए पनि समाजलाई उज्यालो छरिरहेका रमेश


उनको आँखामा भलै उज्यालो छैन तर उनले आफ्नो मात्र होइन, समाजको समेत रोशनी भरेका छन् । उनी अहिले गणतन्त्र रेडियो, सुनसरीमा कार्यरत छन् । उनले त्यहाँ काम गर्न थालेको दुई वर्ष भएको छ । त्यसअघि उनी रेडियो दन्तकाली सुनसरीमा कार्यरत थिए । ‘जनयुद्धकालमा जनगणतन्त्र रेडियोका कार्यक्रम छतछतमा गएर सुन्थें । त्योप्रति पूरै आकर्षण थियो । परिवर्तनका लागि जोखिम मोलेर जनयुद्धकालमा चलाइएको रेडियोमा अहिले कार्यरत हुँदा मलाई अहिले गर्व छ’, रमेश प्रसाईं बताउँछन् ।
 
उनै प्रसाईंले आफ्नो भित्री क्षमतालाई सामाजिक सञ्जालमार्फत् प्रदर्शन गरेका छन् । राष्ट्रिय स्वाधीनता, परिवर्तनका साथै समाजका विसंगतिविरुद्ध उनले अभियान नै चलाएका छन् । ती भिडियो भाइरल भइरहेका छन् । 

‘जन्मँदै मेरा दुवै आँखा छैनन्’, प्रसाईले भने, ‘ विद्यालय पढ्दा म वक्तृत्वकलामा भाग लिन्थें । प्रायः म प्रथम नै हुन्थें । बोल्नु मेरा लागि गा¥हो होइन ।’

सामान्य पारिवारिक पृष्ठभूमिबाट रेडियो कार्यक्रम प्रस्तोता हुँदै अहिले सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका रमेश आफ्नो सानो प्रयासलाई सामाजिक सञ्जालमा अत्याधिक रुचाइएकोमा अहिले  दङ्गमात्र छैनन्, उत्साहित पनि छन् । उनले भने, ‘सामाजिक सञ्जालको ग्राभिटी चाहिं मैले मोदीको बारेमा बोलेको कुराबाट भयो । यसबारेमा फेसबुकमा दिऔं न त एक जना साथीले भन्नुभयो । मैले बोलें । त्यो त भाइरल नै भयो । त्यसपछि यसको प्रभावका बारेमा म प्रभावित भएँ । यसलाई खासखास इस्युमा बोल्नुपर्छ भन्ने लागेको छ ।’

‘हानेको ढुंगा ठाउँमै लागेमा त्यसको प्रभावकारी प्रभाव पर्छ, कुठाउँमा लागेको गोली भए पनि प्रभाव पार्दैन । बोल्ने मात्र होइन, विषय छान्ने कुरा पनि हो । विषयको छनौट र प्रभावकारी प्रस्तुतिको संयोजन भएमा सामाजिक सञ्जाल, नयाँ मिडियामा राम्रै प्रभाव पर्ने रहेछ’ भन्ने उनको ठम्याइ छ । समयबद्ध साप्ताहिकबाट   

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive