newsone

अरुण तेस्रोमा वर्षमान पुनको अडान के हो ?

newstwo अरुण तेस्रोमा वर्षमान पुनको अडान के हो ?


काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाका कारण प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनबीच द्वन्द्व चर्र्किएको सतहमा देखिएको छ । अरुण तेस्रो जलविद्युत आयोजनाको उत्पादन अनुमति प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डबाट दिएपछि ऊर्जामन्त्री पुन रुष्ट बनेको मिडियामा आएको छ । ठूला आयोजना लगानी बोर्डबाट बनाउने गरी बोर्ड गठन गरिएको थियो । 

२०७५ बैशाख २० मा भारतको सतलज विद्युत निगमलाई अरुण तेस्रोको उत्पादन अनुमति लगानी बोर्डबाट अनुमति दिइएको थियो । जलविद्युतको लाइसेन्स दिने निकाय विद्युत विकास विभाग रहेको वर्षमानको भनाइ रहेको छ । अरुण तेस्रोको विभागबाट अनमुति दिनुपर्ने कि नपर्ने भनेर सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा बैशाख २८ मा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अरुण तेस्रोको शिलान्यास गरेका थिए । जुन शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जामन्त्री पुनलाई खबर नै गरेनन् । र, विभागीय मन्त्री पुनलाई नबोलाई ऊर्जा मन्त्रालयका सचिवहरु अनुपकुमार उपाध्याय र संजय शर्मालाई बोलाएर स्वीच अन गरी शिलान्यास गरिएको थियो । 

यसले मन्त्री पुन निकै आक्रोसित भएका छन् । सिधै प्रधानमन्त्रीको पहलमा अरुण तीन भारतलाई दिने र शिलन्यास कार्यक्रममा नबोलाएकोमा मन्त्री पुन असन्तुस्ट त बनेका छन्, त्यो उनको ठाउँमा जायज नै होला । प्रधानमन्त्रीले होइन आफ्नो मन्त्रालय मातहतको निकायले दिनुपथ्र्याे र कार्यक्रममा बोलाइनु पथ्र्याे भन्ने मात्र पुनको संघर्ष देखिएकाले प्रधानमन्त्री ओलीको भन्दा त्यसको सारत भिन्न अर्थ छैन । अरुण तेस्रोमा राष्ट्रहित विपरीत काम भएको भनेर पुनले कतै नभनेकाले उनको असन्तुस्टि र विरोधको खासै अर्थ पनि छैन ।

नेपालको हितविरुद्ध अरुण तेस्रोको अनुमति सतलजलाई दिइएको छ । सतलजलाई १० बर्षसम्म पूरै कर छुट दिइएको छ । १० बर्षसम्म करछुट दिएर मात्र नपुगी  थप पाँच बर्षसम्म आयकर छुट दिने गरी अनुमति दिएको छ । सरकारले आयोजनाका लागि कामदार कम्पनीले भारतबाटै ल्याउने र निर्माण सामग्री पनि ५० प्रतिशत भन्सार छुटमा ल्याउने गरी अनुमति दिएको छ । 

यसबारेमा ऊर्जामन्त्री वर्षमानको कतै विरोध सुनिएको छैन । उनले त आफ्नो मन्त्रालयको मातहतबाट भारतलाई दिनुपथ्र्याे र आफूलाई शिलन्यासमा बोलाइएन भन्ने मात्र असन्तुस्टि पोखिरहेका छन् । शंकर तिमल्सिना
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive