newsone

अन्तर्राष्ट्रिय कलाकार मञ्च युरोपले नेपाली कलाकारहरुको सम्मान गर्ने

newstwo अन्तर्राष्ट्रिय कलाकार मञ्च युरोपले नेपाली कलाकारहरुको सम्मान गर्ने

युरोप । अन्तर्राष्ट्रिय कलाकार मञ्च युरोपले कलाकारहरुको सम्मानमा एक अन्तर्राष्ट्रिय स्तरको नेपाली अवार्ड कार्यक्रम गर्ने भएको छ । यो युरोपको बेल्जियममा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

सन् २०११ बाट युरोपमा स्थापना भएको मञ्चले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गराउने तथा नेपाली कलाकारहरुलाई युरोप मञ्चको व्यवस्थापन गराउनुका साथै नेपाली संस्कृति र संस्कारको युरोपमा प्रचार प्रसार गर्ने गरेको छ ।

प्रमुख कार्यालय अमेरिकामा रहेको मञ्चका शाखाहरु र महाशाखाहरु संसारभरि फैलिएका छन् । मञ्चले पहिलो पटक आगामी २७ सेप्टेम्बर २०१५ युरोपको बेल्जियममा ‘आई ए अफ आर्टिस्ट अवार्ड २०१५’ आयोजना गर्ने र उक्त कार्यक्रमलाई प्रत्येक वर्ष विभिन्न राष्ट्रमा नेपाली कला, संगीत, चलचित्रको प्रचार प्रसार र बजार सृजनार्थ तथा नेपाली कला, संगीत, चलचित्र र समाजसेवीको सम्मानार्थ अन्तर्राष्ट्रिय कलाकार मञ्च सम्मानको आयोजना गरिने मञ्चका महासचिव दयाराम पौडेलले बताएका छन् ।

उक्त कार्यक्रमको जुरीमा नेपालमा कलाकारितामा प्रसिद्धि कमाई सक्नु भएका नेपाली कला संगीत र चलत्रि विधाका सम्मानित व्यक्तित्व र बरिष्ठ बिज्ञ व्यक्तिहरु सम्मिलित विशेष कमिटिद्धारा अवार्ड छनौट हुनेछ । विदेशमा बसेर विदेशी भूमिबाट नेपाललाई योगदान पु¥याउने समाजसेवीलाई विशेष समाजसेवा पुरस्कार बापत सम्मान गरी कुल १५ विधामा सम्मान प्रदान गरिने कार्यक्रम रहेको छ ।

उक्त अवसरमा विविध नेपाली सांस्कृतिक कार्यक्रमको प्रस्तुति रहने तथा कार्यक्रमको दोस्रो र तेश्रो दिन हल्याण्ड र जर्मनीमा सम्मानित कलाकारहरुको साथ विविध सांस्कृतिक कार्यक्रम गरिनेछ । उक्त कार्यक्रमबाट आउने नाफा अन्तर्राष्ट्रिय कलाकार मञ्च युरोपले घोषणा गरेको अन्तर्राष्ट्रिय कलाकार मञ्च अक्षय कोषमा जम्मा हुने जनाइएको छ । अक्षय कोष एक करोड नेपाली रुपैंया बराबरको हुनेछ ।

जसबाट प्राप्त ब्याज रकम कुनै पनि कलाकर्मीलाई आपतविपद पर्दा आर्थिक सहयोग गरिनेछ । उक्त रकम खर्च नभएको अवस्थामा आवश्यक क्षेत्र छनोट गरी विशेषतः शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरिने बताइएको छ । अक्षय कोष कलाकर्मीका निम्ति मात्र नभएर समग्र राष्ट्रका निम्ति हुने बताइएको छ ।

अक्षयकोष संकलन अभियानमा नेपालका चर्चित कलाकार कृष्ण मल्ल, रविन्द्र खड्का, सरोज खनाल, रमेश उप्रेती, उज्ज्वल के.सी., संगम भण्डारी, प्रदिप उदय, आकाश अधिकारी, किरण के.सी., शिवहरी पौडेल, रामप्रसाद खनाल, देवेन युवराज, बेल गुरुङ, रमेश कार्की, लक्ष्मण जोशी, जोगिन्दर शिवसंकर, गायक रामकृष्ण ढकाल, गायक स्वरुप आचार्य, गायक रेश आचार्य, आश्विन दाहाल लगायतका कलकार सक्रिय छन् ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive