newsone

 अर्थमन्त्री अपरिपक्व !

newstwo  अर्थमन्त्री अपरिपक्व !

 

लोककृष्ण भट्टराई

वाम गठबन्धन सरकार बनेको धेरै भएको छैन । यसका अर्थमन्त्री डा. युवराज खतिवडाले राज्य टाट पल्टिएको भनेर पत्रकार सम्मेलन नै गरे । यसलाई कसरी सुधार्ने, राजस्व संकलनको श्रोत के हो, उत्पादनमुलक अर्थतन्त्र कसरी निर्माण गर्ने भन्ने कुरा उनले उल्लेख गर्न बिर्सिए । कुनै पनि सरकारले पारदर्शिताका नाममा राज्यको ढुकुटी रित्तियो भनेर बाहिर ल्याउँदैन । 

दोश्रो विश्वयुद्धमा युद्धबाट जर्जर भएको चारैतिरबाट हमला गरिएको जर्मनले पनि ढुकुटी रित्तिएको भनेर बाहिर ल्याएन । बाराक ओवामाका पालामा मन्दीले राष्ट्र फेल हुने अवस्थामा पुगेको संयुक्त राज्य अमेरिकाले गुपचुप रुपमै चीनबाट २२ खर्ब डलर सापट ऋण लिएर बैंक र वित्तीय संस्थाको सुधार ग¥यो । हाम्रोमा  पनि यसरी पत्रकार सम्मेलन गरेर ढुकुटी रित्तियो भन्नु हुन्थेन । यसमा गोपनियताको सपथग्रहण गरेको सरकारले र यसका अर्थमन्त्रीले गल्ती गरेकै छन । 

किनकि राज्यको सुरक्षा र ढुकुटीबारे गोप्यता राख्ने संसारकै नियम हो । यो एउटा अवस्था भयो । अर्को अवस्था भनेको प्रधानमन्त्री के पी शर्मा ओली निकट भविष्यमा भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतसँग बराबरीको सम्बन्ध कायम गर्नुपर्दछ भन्ने आमनेपाली जनताको भावना उहाँले व्यक्त गर्नु नै हुनेछ । सिमाना मिचिएका कुरा र भारतले नेपालका आयोजनामा लगानी, अनुदान र सापट ऋण दिने कुरामा पनि नेपालको हित हेर्ने आमअपेक्षा त छदैंछ ।

 भारतको दादागिरी अहिले पनि छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसारमा बोलेका कुरा कुनै पनि लागू भएका छैनन् । यहाँसम्म कि भारतबाट नेपालमा संचार सम्पर्क गर्दा र नेपालबाट भारतमा संचार सम्पर्क गर्दा लाग्ने रकम घटाएर देशीय जस्तै बनाउने कुरामा नेपालले घटाएर स्थानीय जस्तै गराइ सक्यो । 

हाल भारतमा फोन गर्दा मात्र एक रुपैयाँ पचास पैसा प्रति कल लाग्दछ तर भारतबाट नेपालमा फोन संचार सम्पर्क गर्दा अझै पनि भारतीय मुद्रा नेरु. (१३) रुपैयाँ लाग्दछ । यो त एउटा नमूना मात्र हो । नेपालका राजा वा नेताहरुले बेलायतले भारत छाडेर जाने बेलामा नेपालले पारवहन भूभाग पूर्वमा टिस्टा नदीसम्म डुवर्स भ्याली पूरा र हाल बंगलादेशको चटगाउँ वन्दरगाहसम्म र पश्चिममा हालको भारतको हिमाञ्चल प्रदेशको काँगडासम्म र दक्षिणमा गंगा नदीसम्म नेपालले दाबी गरेको खण्डमा छोड्न सक्ने बनाएको थियो । त्यसबेलाका राणा प्रधानमन्त्री वा राजा वा विद्रोही नेता कसैले पनि यो कुरा उठाएनन् । र, आजको अवस्थासम्म हामी खुम्चनु प¥यो । र, आज हामीलाई बेलायतकै शैलीमा भारतले हेपिराखेको छ । 

यसलाई चिर्न हामीले पारवहन सन्धि चीनसँग ग¥यौं, यो राम्रो भयो । यसको श्रेय बाम गठबन्धनका नेता के.पी. ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैलाई जान्छ । अब यो सरकारले चिनियाँ नेता शी–जीन–पीङलाई नेपाल भ्रमण गराउने र सिगात्से–काठमाडौं–पोखरा–लुम्बिनी रेल निर्माणको सम्झौता तुरुन्त गरी हाल्नु पर्दछ र यसपछि भारतलाई पनि बनारस–काठमाडौं रेल निर्माण गर्न प्रस्ताव यसपालीको भ्रमणमा प्रधानमन्त्री ओलीले स्पष्ट राख्नु पर्दछ । र, कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनीलाई दिने निर्णय खारेज गरेर नेपालकै पुँजी सेनाको कल्याणकारी कोष, संचयकोष, दूरसंचार कोष र आमजनतालाई शेयर वितरण गरेर कोष सिर्जना गरी बनाउनु पर्दछ । पारदर्थिताका नाममा राष्ट्रको ढुकुटी रित्तियो भन्ने अर्थमन्त्रीले माफी माग्नु पर्दछ । समयबद्ध


 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive