newsone

तालमेल इमान्दारिपूर्वक कार्यान्वयन हुने चितवन कांग्रेस नेताको प्रतिबद्धता

newstwo तालमेल इमान्दारिपूर्वक कार्यान्वयन हुने चितवन कांग्रेस नेताको प्रतिबद्धता

ःभरतपुर र पोखरा महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । त्यस्तै काठमाडौं र ललितपुरमा तालमेल हुन सकेन । भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री रेणु दाहाललाई मेयरमा कांग्रेसले समर्थन दिदै उम्मेदवारी फिर्ता लिएको समाचारले हिजो सो क्षेत्रका कांग्रेस कार्यकर्ताहरु असन्तुष्टि जनाउँदै विरोधमा उत्रिएको समाचार बाहिर आयो । कांग्रेस उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेको अवस्था छ । तर कार्यकर्ताहरुमा असन्तुष्टि छ । यसलाई कसरी व्यवस्थापन गरेर लाने भन्ने सम्बन्धी चितवनका कांग्रेसका सांसद रामकृष्ण घिमिरेसँग गरिएको टेलिफोन वार्ताको अंश –

प्रश्न ः नेपाली कांग्रेस र नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र) को बीचमा चुनावी तालमेल भएसंगै भरतपुर महानगरपालिकामा कांग्रेसमा चर्को असन्तुष्टि देखियो । यसले  ‘ब्याक फायर’ हुने खतरा त छैन ? 

प्रारम्भमा यो ढंगको असन्तुष्टि हुन अस्वाभाविका होइन । यो नेपाली कांग्रेसको गढ हो । कुनै समयमा विविध कारणले कांग्रेसले हारे पनि यो कांग्रेसको विशेष पकड रहेको जिल्ला हो । 

पञ्चायतकालमा कांग्रेसले जोखिम मोलेर संघर्ष ग¥यो । २०१८ सालको सालको सशस्त्र संघर्षमा कांग्रेस सक्रियतापूर्वक लाग्यो । त्यसपछिका संघर्षमा यहाँका नेता तथा कार्यकर्ता समर्पित भएर लागे । 

राजनीतिमा यस्तो तालमेल गर्नुपर्ने बाध्यता होला तर यहाँ कांग्रेसलाई छाडेर माओवादी केन्द्रलाई अन्त लिए पनि हुन्थ्यो । यही कुरा गरेको भए पनि अलि अगाडि गरेको भए हुन्थ्यो भन्ने थियो । उमेदवारी दर्ता भइसकेपछि फिर्ता लिंदा असन्तुष्टि बढ्यो । केन्द्रीय नेतृत्वको निर्देशन र भावना भन्दा बाहिर चितवनमा कांग्रेसका नेता कार्यकर्ता जाँदैनन् ।

प्रश्नः  यसले निर्वाचनमा असर गर्ला कि नगर्ला ? समय छोटो भएकोले समस्या पार्लाकी ? 

चाँडै गरेको भए गठबन्धनले अत्याधिक मतले जित्थ्यो । असहज पक्कै बनाएको छ । तर पनि मेहनत गर्दा जित्छ । 

प्रश्नः पार्टीभित्रको असन्तुष्टिको ब्यवस्थापन कसरी गर्नुहुन्छ ?

आज नै सिनियर नेताहरु उपस्थित हुनुहुन्छ । पार्टी सभापति, सांसद, पूर्व सांसद पनि असन्तुष्टिलाई ब्यवस्थापनमा लागिरहनु भएको छ । संसदमा ह्विप लगाएकोले म काठमाडौंमा आएको हुँ । जिल्ला, क्षेत्रीय र तल्ला कमिटीसम्म छलफल र अन्तरक्रिया गर्छौ । गठवन्धनलाई जसरी पनि जिताउने गरी हामी लाग्नुपर्छ । कमजोरीको समीक्षा गर्दै जाउँला, गठवन्धनले हार्दा ठूलो क्षति हुन्छ । 

प्रश्न ः निश्चिन्त हुने वातावरण कसरी बन्ला ?

हिजो जे भयो त्यो पीडादायक घटना भयो, आकस्मिक निर्णयले त्यस्तो भयो । समय छोटो छ । माथिको निर्णय कार्यान्वयन गर्नैपर्छ । सम्हालिएर जानु छ, हामीसँग अरु विकल्प नै के छ त ? चितवनमा समझदार कार्यकर्ताहरुले पीडाका बीचबाट नै यसको कार्यान्वयन गर्छन् । गर्नुपर्छ ।  
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive